1ऊज देशमा अय्यूब नाउँ भएका एक जना मानिस बस्दथे। तिनी निर्दोष र सोझो जीवन बिताउँथे। तिनी परमेश्वरसँग डराउँथे र दुष्टताबाट अलग बस्थे।
2तिनका सात छोरा र तीन छोरी थिए।
3तिनका सात हजार भेड़ा, तीन हजार ऊँट, पाँच सय हल गोरु र पाँच सय गधाबाहेक धेरै कमारा-कमारीहरू पनि थिए। पूर्वका सबै मानिसहरूमध्ये अय्यूब सबैभन्दा महान् थिए।
4तिनका छोराहरूले पालैसित आफ्नो घरमा भोज लाउँथे र आफ्ना तीन बहिनीहरूलाई खानपिनका लागि निम्त्याउँथे।
5भोज दिने क्रम सिद्धिएपछि अय्यूबले आफ्ना छोराछोरीहरूलाई बोलाएर शुद्ध बनाउने गर्थे। तिनी बिहान सबेरै उठी तिनीहरू प्रत्येकको निम्ति यो विचारले एउटा-एउटा होमबलि चढाउथे, “शायद मेरा छोराछोरीले पाप गरे होलान् र परमेश्वरलाई आफ्ना हृदयमा सरापे होलान्।” अय्यूबले सधैँ यसै गर्थे।
6एक दिन स्वर्गीय दूतहरू
7परमप्रभुले शैतानलाई सोध्नुभयो, “तँ कहाँबाट आईस्?” त्यसले भन्यो, “पृथ्वीमा चारैतिर घुमफिर गर्दै आएको हुँ।”
8तब परमप्रभुले शैतानलाई सोध्नुभयो, “के तैंले मेरो दास अय्यूबलाई याद गरिस्? परमेश्वरको डर राख्ने र दुष्ट कामबाट अलग रहने त्यो जस्तो निर्दोष र सोझो मानिस पृथ्वीमा अरू कोही छैन।”
9शैतानले परमप्रभुलाई यसो भनेर जवाफ दियो, “अय्यूबले त्यसै परमेश्वरको डर राखेका हुन् त?”
10के तिनलाई, तिनका घराना र तिनका सबै धन-सम्पत्तिलाई तपाईंले चारैतिरबाट बार हालेर रक्षा गर्नुभएको छैन? तिनका सबै काममा तपाईंले आशिष् दिनुभएको छ, अनि तिनका गाईबस्तुहरू देशभरि अनगन्ती बढ़ेका छन्।
11तर आफ्नो हात पसारेर तिनका सबै चीजमाथि प्रहार गर्नुहोस्, र तिनले तपाईंलाई तपाईंकै मुखको सामुन्ने सराप्नेछन्।
12तब परमप्रभुले शैतानलाई भन्नुभयो, “लौ त, त्यसकहाँ जे-जति छन्, सबै तेरै हातमा भयो। केवल अय्यूबको शरीरलाई चाहिँ नछो।” तब शैतान परमप्रभुको उपस्थितिबाट निस्केर गयो।
13एक दिन अय्यूबका छोराछोरीहरू आफ्ना जेठा दाजुको घरमा खानपिन गर्दैथिए।
14एउटा समाचारवाहक कुदेर अय्यूबकहाँ आएर भन्यो,
15“गोरुहरू जोतिरहेका र गधाहरू तिनीहरूका नजिकै चरिरहेकै बेला शबीहरूले गोठालाहरूलाई आक्रमण गरेर मारे, र ती सबै लगे। अनि तपाईंलाई समाचार दिन म मात्र उम्कें।”
16त्यो बोल्दाबोल्दै अर्को समाचारवाहक आइपुग्यो। त्यसले भन्यो, “परमेश्वरको अग्नि स्वर्गबाट झरेर भेड़ाहरू र गोठालाहरूलाई भस्म पार्यो। अनि तपाईंलाई समाचार दिन म मात्र उम्कें।”
17त्यो बोल्दाबोल्दै अर्को एक जना आएर भन्यो, “कल्दीहरूले छापा मार्ने तीन दल बनाए र तपाईंका ऊँटहरू आक्रमण गरी लगे। तिनीहरूले नोकरहरूलाई मारे र तपाईंलाई समाचार दिनलाई म मात्र उम्कें।”
18त्यो मानिस बोल्दाबोल्दै एक जना आइपुग्यो र भन्यो, “तपाईंका छोराछोरीहरू आफ्ना जेठा दाजुको घरमा खानपान गर्दैथिए।
19त्यसै बेला मरुभूमिबाट अचानक आँधीबेहरी आएर घरको चारै कुनामा हान्यो र त्यो घर ती जवान मानिसहरूमाथि ढलेर तिनीहरू सबैलाई थिचेर मार्यो। अनि समाचार दिन म मात्र उम्कें।”
20यो सुनेर अय्यूब उठे, र तिनले आफ्नो लुगा च्याते। तिनले आफ्नो कपाल खौरे,
21र भूइँमा घोप्टो परेर दण्डवत् गरी भने,
22यी सबै कुरामा अय्यूबले परमेश्वरलाई गलत कामको दोष लगाएर पाप गरेनन्।