1मेरो आत्मा व्याकुल भएको छ, मेरो दिनको अन्त आइपुगेको छ, चिहान मेरो निम्ति तयार छ।
2म जता फर्के पनि मानिसहरू मलाई ठट्टा गर्दछन्, मेरा आँखाले तिनीहरूको विरोधलाई मात्र हेर्नुपर्छ,
3“हे परमेश्वर तपाईंले माग गर्नुभएको धरौटी मलाई दिनुहोस्, किनभने अरू को मेरो निम्ति जमानी बसिदिन्छ र?
4तपाईंले ती मानिसहरूलाई विजयी तुल्याउनुहुनेछैन, जसका मनको सम्झने शक्ति तपाईंले बन्द गरिदिनुभएको छ।
5यदि पुरस्कारको निम्ति मानिसले आफ्ना मित्रहरूको बदनामी गर्छ भने, त्यसका छोराहरूका आँखा कमजोर हुनेछन्।
6“म ता सबै देशमा एउटा उखानको पात्र बनेको छु, एक जना मानिस जसको अनुहारमा सबैले थुक्छन्।
7मेरा आँखा अफसोसले धमिला भएका छन्, मेरा सम्पूर्ण शरीर नै छायाजस्तै सुकिगएका छन्।
8यसले गर्दा ईमानदार मानिसहरू अलमल्ल परेका छन्, अनि निर्दोष मानिसहरू डराएर थरथर भएका छन्।
9यी सबै भए तापनि धर्मी मानिस आफ्नै बाटोमा हिँड़िरहन्छन्, अनि जसका हात निर्दोष छन्, तिनीहरू बलिया हुनेछन्।
10“तर आऊ, सबै फेरि कोशिश गर! तिमीहरूका बीचमा त म एउटै बुद्धिमानी मानिस पाउनेछैनँ।
11मेरा दिन बितिसके, मेरा युक्तिहरू विफल भए, र मेरो हृदयको इच्छा खतम भयो।
12यी मानिसहरू दिनचाहिँ रातमा परिवर्तन गर्छन्, अन्धकार हुन लाग्दा यिनीहरू भन्छन्, ‘उज्यालो नजिक छ’।
13यदि मैले आशा गरेको घर चिहान हो भने, यदि मैले मेरो ओछ्यान अन्धकारमा बनाएँ भने,
14यदि मैले भ्रष्टतालाई ‘तपाईं मेरा बुबा’, र कीरालाई ‘तपाईं मेरी आमा’ अथवा ‘मेरा दिदी-बहिनीहरू’ भनी पुकारें भने
15मेरो आशा कहाँ गयो त? र कसले मेरो निम्ति केही आशा देख्न सक्ला?
16के यो मृत्युको ढोकामा जान्छ? के हामी सँगै धूलोमा मर्नेछौं?”