1तब बिल्दद शुहीले जवाफ दिए:
2“अधिकार र भय परमेश्वरसँग छन्, उहाँले आफ्नो उच्च राज्यमा शान्ति कायम गर्नुभएको छ।
3के उहाँका फौज गन्न सकिन्छ? कसमाथि उहाँको ज्योति उदाउँदैन र?
4परमेश्वरको दृष्टिमा मानिस कसरी धर्मी हुन सक्छ र? अथवा स्त्रीबाट जन्मेको मानिस कसरी निर्दोष हुन सक्छ र?
5उहाँको दृष्टिमा जून पनि चहकिलो छैन, अथवा ताराहरू पनि निर्मल छैनन् भने,
6झन् मानिस, जो कीरा मात्र हो, त्यो परमेश्वरको दृष्टिमा के मोलको छ र?”