3किनकि जस्तो जिब्रोले भोजनको स्वाद लिन्छ, ⓨ त्यसरी नै शब्दहरूलाई कानले जाँच गर्छ।
4यसैले जे कुरो ठीक छ, सो हामी आफै जाँच गरौं र कुन कुरो साँचो र असल छ सो हामी मिलेर निर्णय गरौं।
5“अय्यूब भन्नुहुन्छ, ‘म निर्दोष छु, तर परमेश्वरले मेरो न्याय नै गरिदिनुभएको छैन।
6म सत्य भएता पनि मलाई झूटा साबित गर्नुभयो, म निर्दोष छु तापनि उहाँको काँड़ले निको नहुने चोट पुर्याएको छ’।
7गिल्लालाई पानी झैँ पिउने अय्यूबजस्तै के कुनै मानिस छ र?
8जो खराब सङ्गत छान्छ, उसले दुष्ट मानिसहरूलाई आफ्ना साथी बनाउँछ।
9किनभने तिनी भन्छन्, ‘परमेश्वरको निगाह प्राप्त गर्नमा, मानिसलाई केही फाइदा छैन,’
10यसर्थ हे असल विवेकका मानिस हो, मेरो कुरा सुन्नुहोस्, परमेश्वरले कहिल्यै खराबी गर्नुहुन्न, र सर्वशक्तिमान्ले कहिल्यै छल गर्नुहुन्न।
11किनभने उहाँले ता मानिसलाई त्यसको कामअनुसारको प्रतिफल दिनुहुन्छ, ⓩ त्यसको चरित्रअनुसारको फल त्यसलाई दिनुहुन्छ।
12साँचो कुरो ता यो हो कि परमेश्वरले कहिल्यै खराबी गर्नुहुन्न, सर्वशक्तिमान्ले न्याय बिगार्नुहुन्न।
13कसले पृथ्वी उहाँको जिम्मामा दियो, कसले उहाँलाई सारा संसारमाथि अधिकार दियो?
14यदि यी उहाँका विचार थिए र जीवन दिने उहाँको आत्मा र सास फर्काइलानुभयो भने,
15क्षणभरमा नै सबै जीवित प्राणीहरू नष्ट हुनेछन्, र मानिस फेरि माटामा नै फर्किजानेछ।
16“यसैले अय्यूब, यदि तपाईंको बुद्धि छ भने, यस कुरालाई विचार गर्नुहोस्, मैले बोलेका कुरालाई ध्यानसित सुन्नुहोस्।
17न्यायलाई घृणा गर्नेले शासन थाम्न सक्छ र? के अति असल शासन चलाउनुहुने यस्ता सर्वाधिकारीलाई तपाईं तुच्छ ठान्नुहुन्छ?
18के उहाँ नै हुनुहुन्न र? जसले राजालाई ‘निकम्मा’ भन्नुहुनेछ, र तिनका भारदारहरूलाई तिनीहरूका मुखकै सामुन्ने ‘तिमीहरू दुष्ट’ भन्नुहुन्छ?
19जसले राजकुमारहरूको पक्ष लिनुहुन्न, जसले धनी र गरीब दुवैलाई समान दृष्टिले हेर्नुहुन्छ। तिनीहरू सबै परमेश्वरले सृष्टि गर्नुभएका प्राणी हुन्,
20तिनीहरू क्षणभरमा नै, मध्यरातमा मरिजान सक्छन्। उहाँले छुनुभएपछि मानिसहरू फेरि जीवित रहँदैनन्। कसैको हात नपरे तापनि शक्तिशालीहरू लोप भइहाल्छन्।
21“उहाँको दृष्टि मानिसहरूको चालमाथि रहेको हुन्छ, र तिनीहरू हिँड़ेको हरेक कदमलाई उहाँले देख्नुहुन्छ।
22कुनै यस्तो अँध्यारो, घोर अँध्यारो स्थान छैन, जहाँ दुष्टहरू उहाँदेखि लुक्न सक्छन्।
23परमेश्वरको सामुन्ने न्यायको लागि आउनलाई, मानिसलाई जाँचिरहनुपर्ने आवश्यकता छैन।
24उहाँले सोधपूछविना नै शक्तिशालीहरूलाई नाश गर्नुहुन्छ, र तिनीहरूका सट्टामा अरूहरूलाई बसाल्नुहुन्छ।
25किनकि तिनीहरूले गरेका सबै काम उहाँ जान्नुहुन्छ, उहाँले तिनीहरूलाई राती पल्टाइदिनुहुन्छ, र तिनीहरू धूलोपीठो हुन्छन्।
26तिनीहरूका अपराधहरूका कारण उहाँले तिनीहरूलाई दण्ड दिनुहुन्छ, जहाँ सबैले तिनीहरूलाई देख्न सक्छन्।
27किनभने तिनीहरूले उहाँको आज्ञा पालन गर्न छोड़े, र उहाँका मार्गहरूको वास्ता गरेनन्।
28गरीबहरूको रोदन उहाँको कानमा पुग्ने तिनीहरूले तुल्याए, यसरी आवश्यकतामा भएकाहरूको दुहाई उहाँले सुन्नुभयो।
29तर यदि उहाँ चूप लाग्नुभयो भने कसले उहाँलाई दोष दिन सक्छ? यदि उहाँले आफ्नो अनुहार लुकाउनुभयो भने कसले उहाँलाई देख्न सक्छ? तापनि उहाँ मानिस र राष्ट्र दुवैमाथि हुनुहुन्छ,
30ईश्वरहीन मानिसलाई शासक बन्नबाट र मानिस जातिको लागि पासो थाप्नबाट रोक्नलाई।
31“सम्झनुहोस् कुनै मानिसले परमेश्वरलाई यसो भन्यो भने, ‘म दोषी छु, म अझै दुष्ट काम गर्नेछैनँ।
32मैले देख्न नसकेका कुरा मलाई सिकाउनुहोस्, मैले जतिसुकै अपराध गरे तापनि अब म फेरि अपराध गर्नेछैनँ’।
33के परमेश्वरले तपाईंका शर्तअनुसार तपाईंलाई पुरस्कार दिनुपर्छ र, जब कि तपाईं पश्चात्ताप गर्न इन्कार गर्नुहुन्छ? यो त तपाईंले निर्णय गर्नुपर्छ मैले होइन, यसकारण तपाईं के जान्नुहुन्छ मलाई भन्नुहोस्।
34“असल बुद्धि भएकाहरूले घोषणा गर्छन्, कुनै पनि बुद्धिमान् श्रोताले यसो भनेर मलाई बताउँछन्,
35‘अय्यूब त बुद्धिविनाको कुरा गर्छन्, र तिनले भनेका कुराको केही मतलब हुँदैन’।
36दुष्टले झैँ दिएका जवाफहरूका निम्ति यदि अय्यूबलाई सकेसम्म जाँच गर्न सकिए त!
37तिनी आफ्ना पापका विद्रोह थप्छन्, तिनले ता हामी सबैको बीचमा हेलासाथ ताली बजाउँछन्, र परमेश्वरको विरोधका कुरा गर्छन्।”