1
2
3
4
5
6
7जब परमप्रभु अय्यूबसित बोलिसक्नुभयो तब उहाँले एलीपज तेमानीलाई भन्नुभयो, “तँ र तेरा दुई मित्रहरूसँग म क्रोधित भएको छु, किनभने मेरो दास अय्यूबले मेरो विषयमा भनेझैँ तिमीहरूले भन्नुपर्ने ठीक कुरा भनेनौ।
8यसैले अब सात वटा साँढ़े र सात वटा भेड़ा लिएर मेरो दास अय्यूबकहाँ जाऊ, र तिमीहरू आफ्ना निम्ति होमबलि चढ़ाऊ, र त्यसले तिमीहरूका निम्ति अन्तर्बिन्ती चढ़ाउनेछ। म त्यसको प्रार्थना सुन्नेछु अनि तिमीहरूको मूर्खताअनुसार तिमीहरूसित व्यवहार गर्नेछैन, किनभने अय्यूबले झैँ मेरो विषयमा भन्नुपर्ने कुरा तिमीहरूले बोलेनौं।”
9तब एलीपज तेमानी, बिल्दद शुही र सोपर नमातीले परमप्रभुको आज्ञाअनुसार गरे, र आफ्ना मित्रहरूका निम्ति अय्यूबले अन्तर्बिन्ती गरिदिँदा परमप्रभुले अय्यूबको प्रार्थना ग्रहण गर्नुभयो।
10यसरी अय्यूबले आफ्ना मित्रहरूका निम्ति प्रार्थना गरेपछि परमप्रभुले अय्यूबको सुदिन फर्काइदिनुभयो, र तिनका सबै धन-सम्पत्ति पहिलेको भन्दा दुई गुणा बढ़ाइदिनुभयो।
11त्यसपछि अय्यूबका सबै दाजुभाइ, दिदी-बहिनीहरू र तिनका अघिका परिचित मानिसहरू आएर तिनीसित तिनको घरमा भोज गरे, र परमप्रभुले तिनीमाथि ल्याउनुभएका सबै दुर्दशाहरूका निम्ति तिनीहरूले तिनलाई समवेदना र सान्त्वना प्रकट गरे। अनि हरेकले तिनलाई एक-एक टुक्रा चाँदी र एउटा-एउटा सुनको औँठी दिए।
12त्यसबाहेक परमप्रभुले अय्यूबको जीवनको पछिल्लो समयलाई अघिल्लो समयभन्दा बढ़ी आशिष् दिनुभयो। तिनका चौध हजार भेड़ा, छ हजार ऊँट, हजार हल गोरु र एक हजार गधा थिए।
13तिनका सात छोरा र तीन छोरी भए।
14तिनले जेठीको नाउँ यमीमा, माहिलीको नाउँ कसीआ र कान्छीको नाउँ केरेन-हप्पूक राखे।
15सारा देशमा अय्यूबका छोरीहरू जत्तिकै सुन्दरी अरू कोही थिएनन् अनि तिनका पिताले तिनीहरूलाई तिनीहरूका दाजुभाइसरह पैतृक-अधिकारको हिस्सा दिए।
16त्यसपछि अय्यूब अरू एक सय चालीस वर्षसम्म बाँचे। तिनले आफ्ना छोराहरू, र चार पुस्ता र खनातिसम्म देखे।
17आखिरमा तिनी पूरा बुढ़ेसकालमा दीर्घायु भएर मरे।