1परमप्रभु परमेश्वरले मलाई यो देखाउनुभयो: पाकेका फलले भरिएको एउटा डालो।
2उहाँले मलाई सोध्नुभयो, “आमोस, तँ के देख्छस्?”
3परमप्रभु परमेश्वर भन्नुहुन्छ, “त्यस दिन मन्दिरका गीतहरू रुवाबासीमा परिवर्तित हुनेछन्। लाशहरू चारैतिर फालिनेछन्! चूप लाग्!”
4हे कङ्गालीहरूलाई खुट्टाले कुल्चनेहरू र देशका गरीबहरूलाई हटाउनेहरू हो सुन,
5तिमीहरू जसले भन्छौ, “औंसी कहिले बित्छ र हामी अन्न बेच्न सकौं? अनि शबाथ कहिले समाप्त हुन्छ र हामी गहूँ बेच्न सकौं? माना सानो र ढक गह्रौँ बनाई झूटो तराजू चलाएर ठग्न सकौंला।
6गरीबलाई रुपियाँमा र दरिद्रलाई एक जोर जुत्तामा किन्न सकौंला, कसिङ्गरसहित गहूँ बेच्न सकौंला?”
7याकूबको गर्वमा परमप्रभुले यसो भनेर शपथ खानुभएको छ: “म तिनीहरूले गरेका कुनै पनि कामलाई कहिल्यै बिर्सनेछैनँ।
8के यसैको कारण जमिन काम्नेछैन र? त्यसमा बस्ने सबैले विलाप गर्नेछैनन् र? सम्पूर्ण देश नील नदीझैँ बढ्नेछ, र मिश्रको नदी उर्लेर घटेझैँ घटेर जानेछ।”
9परमप्रभु परमेश्वर भन्नुहुन्छ, “त्यस दिन म सूर्यलाई मध्यदिनमा अस्ताइदिनेछु, र उज्यालो हुँदै पृथ्वीलाई अँध्यारो पारिदिनेछु।
10म तिमीहरूका धार्मिक चाड़हरूलाई विलापमा र तिमीहरूका सबै गीतहरूलाई रुवाइमा परिवर्तन गरिदिनेछु। म तिमीहरू सबैलाई भाङ्ग्रा लाउन र कपाल खौरन लगाउनेछु। एउटै मात्र छोराको निम्ति विलाप गरेझैँ त्यस समयलाई तुल्याउनेछु। त्यसको अन्त्य तीतो हुनेछ।”
11परमप्रभु परमेश्वर भन्नुहुन्छ, “यस्ता दिनहरू आउँदैछन्, जब म देशमा अनिकाल ल्याउनेछु— जुनचाहिँ न त अन्नको अनिकाल न पानीको तिर्खा हो, तर परमप्रभुको वचन सुन्ने तृष्णाको अनिकाल हुनेछ।
12मानिसहरू परमप्रभुका वचनको खोजीमा एक समुद्रदेखि अर्को समुद्रसम्म, र उत्तरदेखि पूर्वसम्म धरमरिँदै हिँड्नेछन्। तर तिनीहरूले त्यो पाउनेछैनन्।
13“त्यस दिन, सुन्दरी तरुणीहरू र बलिष्ठ जवानहरू तिर्खाले मूर्च्छा खानेछन्।
14सामरियाको शर्मको नाउँमा शपथ खाने अथवा ‘हे दान, तेरो देवता जीवित भएझैँ,” वा “बेर्शेबाको देवता जीवित भएझैँ’ भन्नेहरू सबै लोट्नेछन्, र फेरि कहिल्यै उठ्नेछैनन्।”