इजकिएल 15:1-8 NNRV2012 - Bible AI

1परमप्रभुको यो वचन मकहाँ आयो:

2“हे मानिसको छोरो, दाखका बोटको काठ वनका अरू कुनै रूखहरूको हाँगाभन्‍दा असल छ र?

3के केही चीज बनाउन त्‍यसबाट काठ कहिल्‍यै निकालिन्‍छ र? के मानिसहरूले कुनै थोक झुण्‍ड्याउनलाई त्‍यसबाट कीला बनाउँछन्‌ र?

4अनि त्‍यो त दाउराको लागि आगोमा हालेपछि, र त्‍यसका दुई छेउ आगोले भस्‍म भएर र त्‍यसको बीचको भाग कोइला भएपछि, के त्‍यो कुनै कामको हुन्‍छ र?

5यदि त्‍यो सिङ्गै हुँदा पनि केही कामको थिएन भने, आगोले भस्‍म भएर कोइला भएपछि त्‍यो झन्‌ के कामको योग्‍य हुन्‍छ र?

6“यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, जसरी वनका रूखहरूमध्‍ये दाखका बोटको काम मैले आगोको लागि दाउरा हुनलाई दिएँ, त्‍यसै गरी म यरूशलेमका मानिसहरूसित पनि व्‍यवहार गर्नेछु।

7म मेरो अनुहार तिनीहरूका विरुद्धमा उतातिर फर्काउनेछु। तिनीहरू आगोबाट उम्‍के तापनि तिनीहरूलाई आगोले नै भस्‍म गर्नेछ। जब म मेरो अनुहार तिनीहरूका विरुद्धमा फर्काउनेछु, तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ।

8तिनीहरूले विश्‍वासघात गरेका हुनाले म तिनीहरूको देशलाई उजाड़ पार्नेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>