1परमप्रभुको यो वचन मकहाँ आयो:
2“हे मानिसको छोरो, तेरो मोहड़ा यरूशलेमको विरुद्धमा फर्काएर पवित्रस्थानको विरुद्धमा प्रचार गर्। इस्राएल देशको विरुद्धमा अगमवाणी गर्,
3र त्यसलाई भन्: ‘परमप्रभु यसो भन्नुहुन्छ: म तेरो विरुद्धमा छु। म मेरो तरवार म्यानबाट थुतेर तेरा धर्मी र दुष्ट दुवैलाई तिमीहरूबाट बहिष्कार गर्नेछु।
4धर्मी र दुष्ट दुवैलाई म खतम गर्नेछु, यसैकारण दक्षिणदेखि उत्तरसम्म हरेकको विरुद्ध मेरो तरवार म्यानबाट निस्कनेछ।
5तब सबैले थाहा पाउनेछन्, कि म परमप्रभुले नै मेरो तरवार म्यानबाट झिकेको छु, र त्यो फेरि म्यानमा हालिनेछैन’।
6“यसकारण हे मानिसको छोरो, सुस्केरा हाल्। टुटेको हृदयमा साह्रै दु:खित हुँदै तिनीहरूका सामुन्ने सुस्केरा हाल्।
7यदि तिनीहरूले तँलाई ‘तिमी किन सुस्केरा हाल्दैछौ?’ भनी सोधे भने, यस्तो जवाफ दे, ‘समाचार आइरहेको कारणले, हरेकको हृदय गलिजानेछ र हरेकको हात शिथिल हुनेछ, हरेकको आत्मा निरुत्साहित हुनेछ र हरेकको घुँड़ा पानीजस्तै कमजोर हुनेछ’। त्यो आउँदैछ! त्यो निश्चय नै पूरा हुनेछ, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
8परमप्रभुको यो वचन मकहाँ आयो:
9“हे मानिसको छोरो, अगमवाणी कहेर भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ:
10
11
12
13“‘जाँच निश्चय नै आउनेछ। अनि यदि यहूदाको राजदण्ड, जसलाई तरवारले तिरस्कार गर्छ, त्यो रहिरहेन भने? सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ’।
14
15
16
17
18परमप्रभुको यो वचन मकहाँ आयो:
19“हे मानिसको छोरो, बेबिलोनका राजाको तरवार लिनलाई एउटै देशबाट आएका दोबाटो पहिल्या। सहरतिर जाने दोबाटोको मुखमा बाटो देखाउने एउटा मार्ग-दर्शक बना।
20अम्मोनीहरूको रब्बा सहरमा र यहूदा र किल्ला भएको यरूशलेम सहरमा आउनलाई त्यस तरवारको निम्ति एउटा बाटो देखा।
21किनभने बेबिलोनका राजा जोखना हेर्नलाई दोबाटोमा, अर्थात् ती दुवै बाटोका मुखमा उभिनेछ, त्यसले काँड़हरूको चिट्ठा हाल्नेछ। त्यसले आफ्ना मूर्तिहरूसित सल्लाह लिनेछ, र कलेजो जाँच्नेछ।
22भत्काउने मूढ़ा राख्नलाई, गला खोलेर ध्वंस गर्ने हुकुम दिनलाई, युद्ध-ध्वनिको पुकारा दिनलाई, मूल ढोका भत्काउने ठूला-ठूला मूढ़ाहरू लाउनलाई, घेरा-मचान खड़ा गर्नलाई त्यसको दाहिने हातमा यरूशलेमको चिट्ठा पर्नेछ।
23युद्धको निम्ति राजासित मित्रताको शपथ खानेहरूलाई त्यो झूटो जोखना हेरेजस्तो देखिनेछ, तर त्यसले तिनीहरूको दोषको सम्झना गराइदिनेछ, र तिनीहरूलाई कैद गर्नेछ।
24“यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ‘तिमीहरूको खुलस्त बागीपनद्वारा तिमीहरूले आफ्नो दोष मलाई सम्झना गराएकाले, र तिमीहरूका पाप सबै काममा प्रकट गरेका हुनाले— तिमीहरूले यो गरेका हुनाले, तिमीहरू कैदमा पर्नेछौ।
25“‘हे अपवित्र र दुष्ट जन, इस्राएलको राजकुमार हो, जसको दिन आइपुगेको छ, जसको आखिरी दण्डको सजाय आइपुगेको छ,
26परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: फेटा उतार् र मुकुट उतारिदे, त्यो भएजस्तो अब हुनेछैन। जो विनम्र छ त्यो उच्च पारिनेछ, र जो उच्च छ त्यो तल खसालिनेछ।
27भग्नावशेष! भग्नावशेष!! म त्यसलाई भग्नावशेष बनाउनेछु। जसको त्यसमाथि न्यायपूर्ण अधिकार छ, जसलाई म यो सुम्पिदिनेछु, ऊ नआउञ्जेल त्यो फेरि पुनर्निर्माण गरिनेछैन’।
28“हे मानिसको छोरो, तैंले चाहिँ अगमवाणी कहेर भन्, ‘अम्मोनीहरू र उनीहरूले गरेको निन्दाको विषयमा परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ:
29
30
31
32