1नवौँ वर्षको दशौँ महिनाको दशौँ दिनमा परमप्रभुको यो वचन मकहाँ आयो:
2“हे मानिसको छोरो, आजको दिन, आजकै मिति लेखिराख्, किनभने आजकै दिन बेबिलोनको राजाले यरूशलेमलाई घेरा हालेको छ।
3यस बागी घरानालाई यो उखान कहेर तिनीहरूलाई भन्: ‘परमप्रभु परमेश्वर भन्नुहुन्छ:
4
5
6“किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ:
7
8
9“‘यसैकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ:
10
11
12
13“‘तेरो थिग्रोचाहिँ कामवासना हो। मैले त तँलाई शुद्ध गर्ने कोशिश गरें, तर तेरो अशुद्धताबाट शुद्ध हुन तैंले मानिनस्। यसकारण जबसम्म म आफ्नो क्रोध तेरो विरुद्धमा पोखाएर सन्तुष्ट हुन्नँ, तबसम्म तँ फेरि शुद्ध पारिनेछैनस्।
14“‘म परमप्रभुले यो कुरा बोलेको हुँ। मैले काम गर्ने समय आएको छ। म पछि हट्नेछैनँ। म दया देखाउनेछैनँ। न त म पछितो गर्नेछु। तेरै चालचलन र तेरै कामअनुसार म तेरो न्याय गर्नेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
15परमप्रभुको यो वचन मकहाँ आयो:
16“हे मानिसको छोरो, एकै प्रहारमा म तँबाट तेरो आँखाको नानीलाई लैजान लागेको छु। तापनि तैंले शोक नगर्। नरो, र तेरा आँखाबाट केही आँसु नझार्।
17चूपचाप बसेर सुस्केरा हाल्। मृतकको निम्ति शोक नगर्। टाउकोमा फेटा र खुट्टामा जुत्ता लगा। तेरो मुख नछोप्। मलामीहरूको खाने कुरा नखा।”
18यसैले बिहानै मैले यो कुरा मानिसहरूलाई भनें, र त्यही बेलुकी मेरी पत्नीको मृत्यु भयो। भोलि बिहान मैले जे आज्ञा पाएको थिएँ, त्यसै गरें।
19तब मानिसहरूले मलाई सोधे, “यी कामहरूसँग हाम्रो के सम्बन्ध? के तपाईं हामीलाई बताउनुहुन्न?”
20तब मैले तिनीहरूलाई भनें, “परमप्रभुको यो वचन मकहाँ आयो:
21इस्राएलको घरानालाई भन्: “परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: म मेरो पवित्रस्थान, त्यो किल्ला, जसमा तिमीहरू गर्व गर्दछौ, तिमीहरूका आँखाको प्यारो, तिमीहरूका प्रेमको पात्रलाई अपवित्र तुल्याउन लागेको छु। अनि तिमीहरूले छोड़िराखेका तिमीहरूका छोराछोरीहरू तरवारले मारिनेछन्।
22अनि मैले गरेझैँ तिमीहरूले पनि गर्नेछौ। तिमीहरूले आफ्नो मुख छोप्नेछैनौ, अथवा मलामीहरूको खानेकुरा तिमीहरूले खानेछैनौ।
23तिमीहरूले आफ्नो फेटा टाउकोमा र तिमीहरूका जुत्ता तिमीहरूका खुट्टामा लगाउनेछौ। तिमीहरूले शोक गर्नेछैनौ न त रुनेछौ, तर तिमीहरू आफ्ना पापहरूको कारण सुकेर जानेछौ, र आ-आफ्ना बीचमा सुस्केरा हाल्नेछौ।
24यसरी इजकिएल तिमीहरूका निम्ति एउटा चिन्ह हुनेछ। उसले गरेजस्तै तिमीहरूले पनि गर्नेछौ। जब यो कुरा हुन्छ, तब परमप्रभु परमेश्वर म नै हुँ भनी तिमीहरूले जान्नेछौ।”
25“हे मानिसको छोरो, त्यस दिन जब म तिनीहरूबाट तिनीहरूको किल्ला, तिनीहरूको आनन्द र गौरव, तिनीहरूका आँखाको अति प्रिय कुरा, तिनीहरूका हृदयको इच्छा र तिनीहरूका छोराछोरीहरू पनि लानेछु,
26त्यस दिन तँलाई यो समाचार सुनाउनलाई एउटा भागेर आएको मानिस तँकहाँ आउनेछ।
27त्यस बेला तेरो मुख खोलिनेछ। तँ त्यससँग कुरा गर्नेछस्, र तँ चूपचाप रहनेछैनस्। यसरी तँ तिनीहरूका निम्ति एउटा चिन्ह हुनेछस्, र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्।”