7तेरो जहाजको पाल मिश्रदेशको मिहीन बुट्टादार सूती कपड़ाको थियो। त्यसैले तेरो झन्डाको काम दियो। एलीशाहको समुद्र-किनारका नीलो र बैजनी रङ्गका कपड़ाको तेरो चँदुवा थियो।
8सीदोन र अर्वादका मानिसहरू तेरा पतवार चलाउनेहरू थिए। हे टुरोस, तेरा निपुण मानिसहरू तेरा नावीहरू थिए।
9गबालका अनुभवी कारीगरहरू तँसित जहाजमा थिए। तिनीहरू नै जहाजका छेड़हरू मरम्मत गर्ने तेरा मानिसहरू थिए। तेरा मालसामानहरू व्यापार गर्नलाई समुद्रका सबै जहाज र तिनका नावीहरू तेरै छेउमा आउँथे।
10“‘फारस, लूद र पूतका मानिसहरू तेरो सेनामा सिपाहीका काम गर्थे, तिनीहरूले आ-आफ्ना ढाल र टोप तँभित्रै टाँगेर तेरो गौरव बढ़ाइदिए।
11अर्वाद र हेलेकका मानिसहरू तेरा चारैतिरका पर्खालमाथि खड़ा भई गस्ती लाउँथे। गमादका मानिसहरू तेरा धरहरामा थिए। तिनीहरूले आ-आफ्ना ढाल तेरा चारैतिरका पर्खालमा टाँग्थे, र तिनीहरूले तेरो सुन्दरतालाई बढ़ाइदिन्थे।
12“‘तँसँग सरसामानका ठूलो धनसम्पत्ति भएको कारण तर्शीशले तँसित व्यापार गर्यो। तिनीहरूले तेरा व्यापारका मालसामानसित चाँदी, फलाम, जस्ता र सीसा साटे।
13“‘ग्रीस, तूबल र मेशेकले तँसित व्यापार गरे। तिनीहरूले आफ्ना कमारा-कमारीहरू र काँसाका भाँड़ाहरू तेरा व्यापारका मालसामानसित साटे।
15“‘रोडसका मानिसहरूले तँसित व्यापार गरे, र समुद्र-किनारका धेरै देशहरू तेरा आफ्नै ग्राहक भए। तिनीहरूले तँलाई हात्तीका दाँत र अब्नुसको काठ दाम स्वरूप दिए।
16“‘धेरै उत्पादनको कारण अरामले तँसित व्यापार गर्यो। तेरा व्यापारका मालसामानको सट्टा तिनीहरूले तँलाई फिरोजा, बैजनी रङ्गले बुनेका लुगा र बुट्टा भरिएका कपड़ा, मलमलका कपड़ा, मूगा-मोती र मानिक दिए।
17“‘यहूदा र इस्राएलले तँसित व्यापार गरे। तेरा व्यापारका मालसामानहरूका सट्टामा तिनीहरूले तँलाई मिन्नीतको गहूँ, रोटी, मह, तेल र लेप दिए।
18“‘तेरा हरकिसिमका मालसामान र धेरै धन-सम्पत्तिको कारण दमस्कसले तँसित व्यापार गर्यो। तिनीहरूले तेरा मालसामानको सट्टा हेलबोनको दाखमद्य र जाहारको ऊन साटे।
19“‘ऊजालका दानवंशी र ग्रीकहरूले तेरा व्यापारका सामानहरू ल्याउँथे। तिनीहरूले तिनका सट्टामा फलाम, तेजपात र बोझो साट्थे।
21“‘अरब देश र केदारका सबै राजकुमारहरू तेरा ग्राहक थिए। तिनीहरूले थुमा, भेड़ा र बाख्राका व्यापार तँसित गर्थे।
22“‘शेबा र रामाहका व्यापारीहरूले तँसित व्यापार गर्थे। तिनीहरूले तेरा मालसामानहरूका सट्टामा सबै किसिमका असल-असल मसला, सबै किसिमका बहुमूल्य रत्नहरू र सुन साट्थे।
23“‘हारान, कन्नेह र अदन, अनि शेबा, अश्शूर र किल्मदका व्यापारीहरूले तँसित व्यापार गर्थे।
25“‘तर्शीशका जहाजहरू तेरा व्यापार गर्ने सेवकहरूजस्तै छन्। ⓣ समुद्रका बीचमा गह्रौँ-गह्रौँ व्यापारका मालसामानले तँ भरिपूर्ण र खचाखच भएका छस्।
26तेरा नाविकहरूले तँलाई मध्य-समुद्रमा लान्छन्, तर पूर्वीय बतासले तँलाई समुद्रकै बीचमा ध्वंस पार्नेछ।
27तेरा धन-सम्पत्ति, तेरा व्यापारका मालसामान, तेरा माझीहरू र तेरा नावीहरू, जहाजका छेड़ टालटुल गर्नेहरू, तेरा व्यापारीहरू र तेरा योद्धाहरू, र जहाजमा हुने अरू सबै जना तेरो जहाजका सर्वनाशको दिनमा मध्य-समुद्रमा डुब्नेछन्।