1दशौँ वर्षको दशौँ महिनाको बाह्रौँ दिनमा परमप्रभुको यो वचन मकहाँ आयो:
2“हे मानिसको छोरो तेरो, मुख मिश्रदेशको राजा फारोतिर फर्काएर त्यसको र सारा मिश्रदेशको विरुद्धमा अगमवाणी भन्।
3त्योसँग कुरा गर् र त्यसलाई भन्: ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ:
4
5
6तब मिश्रदेशमा बस्नेहरू सबैले म नै परमप्रभु हुँ भनी जान्नेछन्।
7जब तिनीहरूले तँलाई समात्थे, तब तँ भाँचिन्थिस्, र तिनीहरूका काँधमा चोटै-चोट हुन्थ्यो। तिनीहरू तँमा आड़ लिँदा, तँ भाँचिन्थिस्, र तिनीहरूका ढाड़ मर्किन्थ्यो।
8“‘यसैकारण परमप्रभु परमेश्वर भन्नुहुन्छ: म तेरो विरुद्धमा तरवार चलाउनेछु, तेरा मानिसहरू र पशुहरू दुवैलाई म मार्नेछु।
9मिश्रदेश शून्य र उजाड़ हुनेछ। तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्।
10यसैकारण म तेरो विरुद्धमा र तेरा खोलाहरूका विरुद्धमा छु, र मिग्दोलदेखि आश्वानसम्म, मिश्रदेशलाई कूश देशको सिमानासम्मै बिलकुल शून्य र भग्नावशेष तुल्याइदिनेछु।
11कुनै मानिस वा पशुको खुट्टाले त्यहाँ टेक्नेछैन। चालीस वर्षसम्म त्यहाँ कोही बस्नेछैन।
12म मिश्रदेशलाई नष्ट भएका देशहरूका बीचमा उजाड़ पारिदिनेछु, र त्यसका सहरहरू भग्नावशेष भएका सहरहरूका बीचमा चालीस वर्षसम्मै उजाड़ रहनेछन्। अनि म मिश्रीहरूलाई जाति-जातिहरूका बीचमा छरपष्ट र देश-देशमा तितरबितर पारिदिनेछु।
13“‘तापनि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: चालीस वर्षको अन्तमा म मिश्रीहरूलाई तिनीहरू छरपष्ट भएका जाति-जातिहरूका बीचबाट भेला गर्नेछु।
14म तिनीहरूलाई कैदबाट फर्काई ल्याउनेछु, र तिनीहरूका पिता-पुर्खाहरूको देश, माथिल्लो मिश्रमा तिनीहरूलाई ल्याउनेछु। तिनीहरू त्यहाँ एक तुच्छ राज्य भएर बस्नेछन्।
15त्यो सारा राज्यहरूमा सबैभन्दा तुच्छ राज्य हुनेछ। अरू जातिहरूमाथि त्यो फेरि कहिल्यै उच्च हुनेछैन। म त्यसलाई यति कमजोर तुल्याइदिनेछु, कि फेरि कहिल्यै अरू जातिहरूमाथि त्यसले राज्य गर्नेछैन।
16इस्राएलका मानिसहरूका निम्ति मिश्रदेश फेरि कहिल्यै भरोसाको स्रोत बन्नेछैन। तर त्यहाँ तिनीहरू सहायता माग्न गएर तिनीहरूले गरेको आफ्नो पापको सम्झना त्यसले तिनीहरूलाई गराउनेछ। तब तिनीहरूले म नै परमप्रभु परमेश्वर हुँ भनी जान्नेछन्’।”
17सत्ताईसौँ वर्षको पहिलो महिनाको पहिलो दिनमा परमप्रभुको यो वचन मकहाँ आयो:
18“हे मानिसको छोरो, बेबिलोनको राजा नबूकदनेसरले टुरोसको विरुद्धमा आफ्नो सेनालाई युद्धको धावा गर्यो। हरेकको तालु खुइलियो, र हरेकको काँध दलिँदा-दलिँदा पिल्सियो। तापनि टुरोसको विरुद्धमा गरेको परिश्रमको सट्टा त्यसले र त्यसको सेनाले केही इनाम पाउन सकेनन्।
19यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ‘म मिश्रदेशलाई बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पिदिनेछु, र त्यसले त्यसका धन-सम्पत्ति लैजानेछ। लूटपीट गरेर त्यसले देशलाई सखाप पार्नेछ, र लूटेको त्यो धन त्यसको सेनाको ज्याला हुनेछ।
20त्यसले गरेको परिश्रमको निम्ति मिश्रदेश नै मैले त्यसलाई इनाम स्वरूप दिएको छु, किनभने त्यसले र त्यसका सेनाले मेरै निम्ति परिश्रम गरे, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ।
21“त्यस दिन म इस्राएलका घरानाको निम्ति एउटा सीङ उमार्नेछु, र तिनीहरूका बीचमा म तेरो मुख खोलिदिनेछु। तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्।”