2“हे मानिसको छोरो, यो अगमवाणी गरेर भन्: ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ:
2“‘विलाप गर्, र भन्, “हाय! त्यो दिन।”
3किनकि त्यो दिन नजिकै छ, परमप्रभुको दिन नजिकै छ— बादल लागेको दिन, जाति-जातिहरूका अन्त्यको दिन त्यो हुनेछ।
4मिश्रदेशमाथि एउटा तरवार आउनेछ, र कूश देशमा पनि सङ्कष्ट आइपर्नेछ। जब मिश्रदेशमा मारिएका मानिसहरू जमिनमा ढल्नेछन्, तब त्यसका धन-सम्पत्तिहरू लगिनेछन्, र त्यसका जगहरू भत्काइनेछन्।
5कूश, पूत, लूद र सारा अरब देश, लिबिया, र करार गरिएका देशका मानिसहरू, मिश्रदेशसँगसँगै तरवारले ढालिनेछन्।
7उजाड़ भएका देशहरूका माझमा तिनीहरू उजाड़ हुनेछन्, र त्यसका सहरहरू भग्नावशेष भएका सहरहरूका बीचमा पड़िरहनेछन्।
8जब म मिश्रदेशमा आगो लगाइदिनेछु, र त्यसका सबै सहायकहरू चकनाचूर हुनेछन्, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्।
9“‘त्यस दिन सन्तुष्टसँग बसेका कूशीहरूलाई तर्साउने खबर दिनलाई मकहाँबाट समाचारवाहकहरू जानेछन्। मिश्रदेशको अन्त्यको दिनमा तिनीहरूलाई त्रास हुनेछ, किनभने त्यो निश्चय नै आइपर्नेछ।
11त्यो र त्यसको सेना जाति-जातिहरूमा सबैभन्दा क्रूर तिनीहरू सर्वनाश गर्नलाई ल्याइनेछन्। तिनीहरूले आफ्ना तरवार मिश्रदेशको विरुद्धमा थुत्नेछन्, र तिनीहरूले मृतकहरूले देश भरिदिनेछन्।
12म नील नदीका पानीहरू सुकाइदिनेछु, र म त्यस देशलाई दुष्ट मानिसहरूका हातमा बेचिदिनेछु। त्यो देश र त्यसमा भएका सारा थोकहरूलाई म विदेशीहरूका हातद्वारा उजाड़ पारिदिनेछु।
12म परमप्रभुले यो भनेको हुँ।
13“‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “‘म मूर्तिहरूको सर्वनाश गरिदिनेछु, र नोपमा भएका प्रतिमाहरूको अन्त्य गरिदिनेछु। मिश्रदेशमा फेरि कहिल्यै राजकुमार हुनेछैन, र यसरी म देशमा डर फैलाइदिनेछु।
14माथिल्लो मिश्रलाई म उजाड़ पारिदिनेछु, सोअनमा आगो लगाइदिनेछु, नो सहरलाई म दण्ड दिनेछु।
15म मिश्रदेशको किल्ला, पेलुसियममाथि मेरो क्रोध खन्याउनेछु, र नो सहरका सैन्य-दलहरूलाई नष्ट पार्नेछु।
17हेलीओपोलिस र बुबास्तीसका जवान मानिसहरू तरवारद्वारा मारिनेछन्, र सहरहरू स्वयम् कैदमा पर्नेछन्,
18तहपनेसमा जब म मिश्रदेशको जुवा भाँचिदिनेछु, तब त्यो दिन अँध्यारो हुनेछ, र त्यसको घमण्डी शक्तिको अन्त्य हुनेछ। त्यो बादलहरूले ढाकिनेछ, र त्यसका गाउँहरू कैदमा पर्नेछन्।
19यसरी म मिश्रदेशलाई दण्ड दिनेछु, र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्’।”
20एघारौँ वर्षको पहिलो महिनाको सातौँ दिनमा परमप्रभुको यो वचन मकहाँ आयो:
21“हे मानिसको छोरा, मैले मिश्रदेशको राजा फारोको हात भाँचिदिएको छु। निको भई बलियो भएर फेरि तरवार चलाउनलाई मलहमपट्टीले त्यो बाँधिएको छैन।
22यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: म मिश्रदेशको राजा फारोको विरुद्धमा छु। म त्यसका हातहरू भाँचिदिनेछु, राम्रो र भाँचिएको दुवै, अनि म त्यसको तरवार त्यसको हातबाट खसाइदिनेछु।
23म मिश्रीहरूलाई जाति-जातिहरूका बीचमा छरपष्ट पारिदिनेछु, र तिनीहरूलाई देश-देशमा तितरबितर पारिदिनेछु।
24म बेबिलोनको राजाका हात शक्तिशाली बनाइदिनेछु, र मेरो तरवार त्यसको हातमा दिनेछु। तर म फारोका हात भाँचिदिनेछु, र त्योचाहिँ त्यसको अगि मरणान्त चोट लागेको मानिसझैँ पीडाले कराउनेछ।
25म बेबिलोनको राजाका हात शक्तिशाली बनाइदिनेछु, तर फारोका हात निर्बल हुनेछन्। जब म बेबिलोनका राजाको हातमा मेरो तरवार दिनेछु, र त्यसले त्यो मिश्रदेशको विरुद्धमा चलाउनेछ, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्।
26म मिश्रीहरूलाई जाति-जातिहरूका बीचमा छरपष्ट पारिदिनेछु, र तिनीहरूलाई देश-देशहरूमा तितरबितर पारिदिनेछु। तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्।”