1एघारौँ वर्षको तेस्रो महिनाको पहिलो दिनमा परमप्रभुको यो वचन मकहाँ आयो:
2“हे मानिसको छोरो, मिश्रदेशको राजा फारो र त्यसका सैन्य-दलहरूलाई भन्:
3
4
5
6
7
8
9
10“‘यसैकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: त्यो त्यति अल्गो भएको, र त्यसको टुप्पालाई त्यसले हाँगाबिँगाका बीचबाट छिचलेर गएको कारण आफ्नो अल्गाइमा त्यो घमण्डले फुल्यो।
11यसैकारण त्यसको दुष्ट्याइँअनुसारको उचित व्यवहार गरोस् भनेर मैले त्यसलाई जातिहरूको शासकका हातमा दिएँ। मैले त्यसलाई एकातिर फालिदिएँ।
12अनि सबैभन्दा क्रूर विदेशी जातिहरूले त्यसलाई ढालेर छोड़िदिए। त्यसका हाँगाबिँगा पहाड़हरू र सबै बेँसीहरूमा ढले, र त्यसका हाँगाहरू देशका सबै खोलाहरूमा भाँचिएर पड़िरहे। पृथ्वीका सबै जातिहरू त्यसका छायाबाट निस्के र त्यसलाई छोड़े।
13ढलेको त्यस रूखमा आकाशका सबै पक्षीहरू बसे, र त्यसका हाँगाहरूका माझमा वनका सबै पशुहरू थिए।
14यसकारण फेरि कहिल्यै पानीको छेउमा उम्रेका कुनै पनि रूखहरू यति अल्गा घमण्डसाथ बढ्नेछैनन्। बाक्ला हाँगाबिँगाका बीचबाट छिचलेर तिनीहरूका टुप्पाहरू बढ़ेर माथि निस्कनेछैनन्। प्रशस्त पानी पाएका अरू कुनै रूखहरू यति अल्गो उचाइसम्म पुग्न पाउनेछैनन्? तिनीहरू सबै मृत्युकै लागि, तल पृथ्वीको लागि नियुक्त गरिएका छन्। मरणशील मानिसहरूजस्तै, तिनीहरू मृत-लोकमा जानेहरूसित जानेछन्।
15“‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: जुन दिन त्यो चिहानमा
16जब मैले त्यसलाई मृत-लोकमा जानेहरूसँग चिहानमा झारिदिएँ, तब मैले जाति-जातिहरूलाई त्यो लोटेको आवाजले थर्काएँ। तब अदनका सबै रूखहरू, लेबनानका सबैभन्दा मन पर्ने र असल रूखहरू प्रशस्त पानी पाएका सबै रूखहरूले पृथ्वीमुनि सान्त्वना पाए।
17त्यसका छायामा बस्नेहरू, अर्थात् जाति-जातिहरूमध्येका मित्रराष्ट्रहरू पनि तरवारले मारिएकाहरूसँगसँगै चिहानमा मिल्न गएका थिए।
18“ऐश्वर्य र वैभवमा अदनका रूखहरूमा अरू कुन रूख तँसित तुलना गर्न सकिन्छ? तापनि तँ पनि अदनका रूखहरूसितै पृथ्वीको तलतिर झारिनेछस्। तँ पनि खतना नभएकाहरूसित, तरवारले मारिएकाहरूसँग पड़िरहनेछस्।