1त्यस बेला जम्मै पृथ्वीमा एउटै भाषा र एकै खालको बोली थिए।
2मानिसहरू पूर्वतिर सर्दैजाँदा शिनार देशमा एउटा मैदान भेट्टाएर त्यहीँ बसोबास गरे।
3तिनीहरूले आपसमा भने, “लौ, हामीहरू इँट बनाएर पोलौं।” ढुङ्गाको सट्टा इँट र हिलोको सट्टा अलकत्रा तिनीहरूले प्रयोग गरे।
4तब तिनीहरूले भने, “लौ, हामी आफ्नो निम्ति एउटा सहर र स्वर्गैसम्म पुग्ने एउटा धरहरा बनाऔं, अनि आफ्नो नाउँ राखौं र हामी पृथ्वीभरि जताततै नछरिऔं।”
5मानिसहरूका सन्तानले बनाइरहेका सहर र धरहरा हेर्नलाई परमप्रभु तल ओर्लनुभयो।
6अनि परमप्रभुले भन्नुभयो, “यदि एउटै भाषा बोल्ने एउटै जातिको स्थानमा अहिले यिनीहरूले यो गरे भने, अब तिनीहरूले योजना गरेको कुनै पनि कुरा असम्भव हुनेछैन।
7आओ, तल ओर्लेर गई तिनीहरूको भाषा खलबल पारिदिऔं, र तिनीहरूले एक-अर्काको बोली नबुझून्।”
8तब परमप्रभुले त्यहीँबाट तिनीहरूलाई जम्मै पृथ्वीभरि तितरबितर पारिदिनुभयो, र तिनीहरूले त्यो सहर बनाउन छोड़िदिए।
9यसकारण त्यसको नाउँ बाबेल
10शेमको वृत्तान्त यही हो।
11अर्पक्षद जन्मेपछि शेम पाँच सय वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।
12अर्पक्षदको उमेर पैँतीस वर्षको हुँदा उनी शेलहका पिता भए।
13शेलह जन्मेपछि अर्पक्षद चार सय तीन वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।
14शेलहको उमेर तीस वर्षको हुँदा उनी एबेरका पिता भए।
15एबेर जन्मेपछि शेलह चार सय तीन वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।
16एबेरको उमेर चौतीस वर्षको हुँदा उनी पेलेगका पिता भए।
17पेलेग जन्मेपछि एबेर चार सय तीस वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।
18पेलेगको उमेर तीस वर्षको हुँदा उनी रऊका पिता भए।
19रऊ जन्मेपछि पेलेग दुई सय नौ वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।
20रऊको उमेर बत्तीस वर्षको हुँदा उनी सरूगका पिता भए।
21सरूग जन्मेपछि रऊ दुई सय सात वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।
22सरूगको उमेर तीस वर्षको हुँदा उनी नाहोरका पिता भए।
23नाहोर जन्मेपछि सरूग दुई सय वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।
24नाहोरको उमेर उनन्तीस वर्षको हुँदा उनी तेरहका पिता भए।
25तेरह जन्मेपछि नाहोर एक सय उन्नाईस वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।
26तेरहको उमेर सत्तरी वर्षको हुँदा उनी अब्राम, नाहोर र हारानका पिता भए।
27तेरहको वृत्तान्त यही हो।
28हारान उनका बुबा तेरहकै जीवनकालमा आफ्नो जन्म देश कल्दीहरूको ऊरमा मरे।
29अब्राम र नाहोरले विवाह गरेर पत्नी ल्याए। अब्रामकी पत्नीको नाउँ साराई र नाहोरकी पत्नीको नाउँ मिल्का थियो। तिनी हारानकी छोरी थिइन्। हारानचाहिँ मिल्का र यिस्काका पिता थिए।
30साराई बाँझी थिइन्, र तिनका कोही छोराछोरी थिएनन्।
31तेरहले आफ्ना छोरा अब्राम र हारानको छोरो आफ्नो नाति लोत र अब्रामकी पत्नी आफ्नी बुहारी साराईलाई साथमा लिएर कल्दीहरूको ऊरबाट कनान देशमा जान तिनीहरूसँगै निस्के। तर तिनीहरू हारानमा पुगेपछि त्यहीँ नै बसोबास गरे।
32तेरहको उमेर दुई सय पाँच वर्ष पुगेपछि उनी हारानमा मरे।