1परमप्रभुले अब्रामलाई भन्नुभयो, “तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा।
2
3
4यसैकारण परमप्रभुले भन्नुभएबमोजिम अब्राम गइहाले, र लोत पनि तिनीसँग गए। हारानबाट निस्केर जाँदा अब्राम पचहत्तर वर्षका थिए।
5अब्राम, तिनकी पत्नी साराई र तिनका भतिजा लोत र तिनीहरूले जम्मा गरेका सबै धन-सम्पत्ति र हारानमा प्राप्त गरेका मानिसहरूलाई लिएर कनान देशमा जानलाई निस्के, अनि त्यहाँ पुगे।
6अब्राम त्यस देशबाट भएर शकेममा भएको मोरेका फलाँटको रूख भएको ठाउँसम्म पुगे। त्यस बेला त्यस ठाउँमा कनानीहरू बस्थे।
7परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्नुभयो, “म तेरा सन्तानलाई यो देश दिनेछु।” यसैले तिनीकहाँ देखा पर्नुभएको परमप्रभुको निम्ति तिनले त्यहाँ एउटा वेदी बनाए।
8त्यहाँबाट तिनी हिँड़ेर बेथेलको पूर्वपट्टि भएको पहाड़मा सरे, र बेथेललाई पश्चिम र ऐ सहरलाई पूर्वपट्टि पारेर आफ्नो पाल टाँगे। तिनले परमप्रभुको निम्ति एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे।
9अनि अब्राम अझै यात्रा गर्दै नेगेव भनिने दक्षिण देशतिर गए।
10अनि त्यस देशमा अनिकाल पर्यो। अनिकाल तीव्र भएको हुनाले अब्राम मिश्रदेशमा प्रवास गर्नलाई गए।
11तिनी मिश्रमा पस्नै लाग्दा तिनले आफ्नी पत्नी साराईलाई भने, “हेर, तिमी हेर्नमा सुन्दरी छ्यौ भन्ने मलाई थाहा छ।
12जब मिश्रीहरूले तिमीलाई देख्छन्, ‘यो त त्यसकी पत्नी रहिछ’ भन्नेछन्। र मलाई मारेर तिमीलाई चाहिँ जीवित राख्नेछन्।
13‘म तिनकी बहिनी हुँ’ भनी तिमीले भनिदेऊ, र तिम्रो कारण मलाई भलो हुनेछ, र तिम्रै कारण मेरो ज्यान जोगिनेछ।”
14जब अब्राम मिश्रमा पसे तब मिश्रीहरूले त्यस स्त्रीलाई अत्यन्त सुन्दरी रहिछन् भनी देखे।
15अनि फारोका अधिकारीहरूले तिनलाई देखेर फारोकहाँ तिनको तारीफ गरे, र तिनलाई फारोको महलमा लगे।
16तिनको खातिर फारोले अब्रामसँग राम्रो व्यवहार गरे, र अब्रामलाई भेड़ा, गाईबस्तु, कमारा-कमारी, गधा र ऊँटहरू दिए।
17तर परमप्रभुले अब्रामकी पत्नी साराईको कारणले फारो र उनको परिवारमाथि भयानक विपत्तिहरू पठाउनुभयो।
18यसकारण फारोले अब्रामलाई बोलाएर भने, “यो तिमीले मलाई के गर्यौ? तिनी तिम्री पत्नी हुन् भनेर तिमीले मलाई किन भनेनौ?
19‘तिनी मेरी बहिनी हुन्,’ भनेर तिमीले किन भन्यौ? यसैले मैले तिनलाई मेरी पत्नी तुल्याउन लगेको हुँ। अब हेर, तिम्री पत्नी यहीँ छिन्। तिनलाई लिएर जाऊ।”
20अनि फारोले आफ्ना मानिसहरूलाई तिनको विषयमा हुकुम गरे, र तिनीहरूले अब्रामलाई तिनकी पत्नी र तिनीसँग भएका सबै थोकहरूसमेत पठाइदिए।