1आफ्नी पत्नी साराईबाट अब्रामको कोही सन्तान भएको थिएन। तर हागार नाउँ भएकी तिनकी एउटी मिश्री कमारी थिई।
2साराईले अब्रामलाई भनिन्, “हेर्नुहोस्, परमप्रभुले मेरो कोख बन्द गरिदिनुभएको छ। यसकारण मेरी कमारीकहाँ जानुहोस्। शायद त्यसबाट मेरो निम्ति सन्तान हुन सक्छ।”
3अब्राम कनानमा बसेका दश वर्षपछि तिनकी पत्नी साराईले आफ्नी कमारी मिश्री हागारलाई आफ्ना पति अब्रामलाई तिनकी पत्नी हुनलाई दिइन्।
4अनि तिनी हागारकहाँ गए, र त्यो गर्भवती भई।
5साराईले अब्रामलाई भनिन्, “ममाथिको अन्याय तपाईंकै शिरमाथि परोस्। मैले आफ्नी कमारी तपाईंकै काखमा दिएँ, र त्यो गर्भवती हुने बित्तिकै मलाई तुच्छ दृष्टिले हेर्न लागी। परमप्रभुले तपाईं र मेरो बीचमा इन्साफ गरिदेऊन्।”
6तर अब्रामले साराईलाई भने, “हेर, तिम्री कमारी तिम्रै हातमा छे। त्यसलाई जे गर्न मन लाग्छ त्यही गर।” तब साराईले त्यससित कठोर व्यवहार गर्न लागिन्, र त्यो तिनको सामुन्नेबाट भागेर गई।
7परमप्रभुका दूतले त्यसलाई उजाड़-स्थानमा शूरतिर जाने बाटोकै पानीको मूलनेर भेट्टाए।
8र तिनले सोधे, “ए साराईकी दासी हागार, कहाँबाट आइस् र कता जाँदैछेस्?”
9परमप्रभुका दूतले त्यसलाई भने, “तेरी मालिक्नीकहाँ फर्केर जा, र तिनकै अधीनमा बस्।”
10परमप्रभुका दूतले फेरि त्यसलाई भने, “म तेरो वंशलाई यति औधी बढ़ाउनेछु कि त्यो धेरै भएकोले गन्न सकिनेछैन।”
11परमप्रभुका दूतले त्यसलाई भने,
12
13हागारले आफूसित कुरा गर्नुहुने परमप्रभुलाई यस्तो नाउँ दिई, “मलाई देख्नुहुने परमेश्वर तपाईं हुनुहुन्छ।” किनभने त्यसले भनी, “मैले साँच्ची नै परमेश्वरलाई देखेकी छु, र उहाँलाई देखेर पनि म जीवितै छु।”
14यसकारण त्यस पँधेरोको नाउँ बेअर-लहै-रोइ राखियो। कादेश र बेरेदको बीचमा त्यो पर्छ।
15अनि हागारले अब्रामको एक जना छोरो जन्माई। हागारले जन्माएको आफ्नो छोराको नाउँ अब्रामले इश्माएल राखे।
16हागारले अब्रामको निम्ति इश्माएल जन्माउँदा अब्राम छयासी वर्ष पुगेका थिए।