1तब इस्राएल आफूसँग भएका सबै थोक लिएर हिँड़े, र बेर्शेबामा आएर आफ्ना बुबा इसहाकका परमेश्वरको निम्ति बलिदान चढ़ाए।
2अनि राती दर्शनमा परमेश्वरले इस्राएलसँग बोल्नुभयो, र “याकूब, याकूब” भनी तिनलाई बोलाउनुभयो।
3उहाँले भन्नुभयो, “म परमेश्वर, तेरा बुबाका परमेश्वर हुँ। मिश्रमा जान नडरा, किनकि त्यहाँ म तँबाट एउटा ठूलो जाति बनाउनेछु।
4म तँसँग मिश्रमा जानेछु, र म तँलाई निश्चय नै फेरि फर्काइल्याउनेछु, अनि तेरो मृत्यु हुँदा योसेफकै हातले तेरा आँखा छोपिदिनेछ।” आफ्नो हात तेरो आँखामाथि राख्नेछ।
5त्यसपछि याकूब बेर्शेबाबाट हिँड़े। इस्राएलका छोराहरूले आफ्ना बुबा याकूब, आफ्ना बालबच्चा र आफ्ना परिवारहरूलाई फारोले तिनलाई ल्याउन पठाएका गाड़ाहरूमा चढ़ाएर लगे।
6आफ्ना गाईबस्तु र कनान देशमा जम्मा गरेका मालसामानहरू लिएर याकूब र तिनका जम्मै परिवार मिश्रमा गए।
7याकूबले आफ्नो साथमा आफ्ना छोराहरू, नातिहरू, छोरीहरू र नातिनीहरू, तिनका सबै सन्तानलाई मिश्रमा लगे।
8मिश्रमा जाने इस्राएलका छोराहरू, अर्थात् याकूब र तिनका सन्तानहरूका नाउँ यी नै हुन्:
9
10
11
12
13
14
15यिनीहरूचाहिँ याकूबबाट लेआले पद्दन-आराममा जन्माएका छोराहरू, तिनकी छोरी दीनासमेत हुन्। लेआबाट याकूबका छोराछोरी जम्मा तेत्तीस जना थिए।
16
17
18लाबानले आफ्नी छोरी लेआलाई दिएकी कमारी जिल्पापट्टिका याकूबका छोराछोरी यी नै हुन्। यिनीहरू जम्मा सोह्र जना थिए।
19
20
21
22राहेलबाट जन्मेका याकूबका छोराहरू यी नै हुन्। यिनीहरू जम्मा चौध जना थिए।
23
24
25लाबानले आफ्नी छोरी राहेललाई दिएको कमारी बिल्हाले याकूबबाट जन्माएका छोराहरू यी नै हुन्। यिनीहरू जम्मा सात जना थिए।
26याकूबका साथमा मिश्रमा गएका तिनका बुहारीहरूबाहेक आफ्ना निज सन्तान जम्मा छयसट्ठी जना थिए।
27मिश्रमा जन्मेका योसेफका छोराहरूचाहिँ दुई जना थिए। मिश्रमा आउने याकूबका घरका सबै जम्मा सत्तरी जना थिए।
28गोशेनमा तिनलाई भेट्न आइदेऊन् भनी याकूबले यहूदालाई योसेफकहाँ खबर दिन आफ्नो अगि पठाए।
29योसेफले आफ्नो रथ तयार गर्न लगाए र गोशेनसम्म आफ्ना बुबा इस्राएललाई भेट गर्न आए। तिनको अगि योसेफ देखा पर्ने बित्तिकै तिनले आफ्ना बुबालाई अँगालो हालेर धेरै बेरसम्म रोए।
30इस्राएलले योसेफलाई भने, “मैले तेरो मुख देखेर तँ जीवितै रहेको जान्न पाएकोले अब म सन्तोषसित मर्छु।”
31योसेफले आफ्ना दाजुभाइहरू र आफ्ना बुबाका परिवारहरूलाई भने, “अब म गएर फारोलाई खबर दिन्छु र उनलाई भन्नेछु, ‘कनान देशका मेरा दाजुभाइहरू र मेरा बुबाका घरानाहरू मकहाँ आएका छन्।
32उनीहरू सबै गाईबस्तु पाल्ने भएकाले गोठाला हुन्। उनीहरूले आफ्ना सबै बगाल र बथान, र उनीहरूसँग भएका सबै थोक लिएर आएका छन्।’
33जब फारोले तपाईंहरूलाई बोलाएर ‘तिमीहरूका कामधन्दा के हो?’ भनी सोध्छन्,
34तब तपाईंहरूले भन्नुहोस्, ‘हजूरका दासहरू हामी बाबु-छोराहरू हाम्रा बाल्यावस्थादेखि अहिलेसम्म गाईबस्तु पाल्ने हौं।’ अनि तपाईंहरूले गोशेनमा बसोबास गर्न पाउनुहुनेछ, किनभने मिश्रीहरू सबै गोठालाहरूलाई घृणा गर्छन्।”