1फारसका राजा कोरेसको पहिलो वर्षमा यर्मियाद्वारा भनिएको परमप्रभुको वचन पूरा हुन परमप्रभुले फारसका राजा कोरेसको हृदयलाई उत्तेजित पार्नुभयो। फलस्वरूप उनले आफ्ना राज्यभरि मौखिक अनि लिखित रूपमा यस्तो घोषणा गरे:
2“फारसका राजा कोरेस यसो भन्छन्, ‘परमप्रभु, स्वर्गका परमेश्वरले पृथ्वीका सबै राज्य मलाई दिनुभएको छ। उहाँले नै मलाई यहूदाको यरूशलेममा उहाँको निम्ति एउटा मन्दिर बनाउन आज्ञा गर्नुभएको छ।
3तिमीहरूका बीचमा हुने उहाँका प्रजाको प्रत्येक मानिससँग परमेश्वर रहून्। सो यहूदाको यरूशलेममा उक्लेर जाओस्, र यरूशलेममा हुनुहुने परमेश्वर, इस्राएलका परमेश्वर, परमप्रभुको मन्दिर त्यसले पुनर्निर्माण गरोस्।
4बाँचेको प्रत्येक यहूदी जहाँ-जहाँ छ त्यस ठाउँका बासिन्दाहरूले यरूशलेम स्थित परमेश्वरका मन्दिरको निम्ति त्यसलाई सुन, चाँदी, धन-सम्पत्ति र गाईबस्तुहरू तथा राजीखुशीको भेटी जुटाउनुपर्नेछ’।”
5त्यसपछि यरूशलेममा परमप्रभुका भवनको पुनर्निर्माण गर्न परमेश्वरले उत्तेजित पार्नुभएका यहूदा र बेन्यामीनका परिवारका मुख्य मानिसहरू अनि पूजाहारीहरू र लेवीहरू सबै नै जानलाई तयार भए।
6तिनीहरूका छिमेकीहरू सबैले राजीखुशीले दिएका भेटीका साथ सुन र चाँदीका वस्तुहरू, धन-सम्पत्ति, गाईबस्तु र बहुमूल्य पदार्थहरू दिएर तिनीहरूलाई सहायता गरे।
7त्यसबाहेक नबूकदनेसरले यरूशलेमबाट ल्याएर आफ्नो देवताको मन्दिरमा राखेका परमप्रभुको भवनका भाँड़ाहरू राजा कोरेसले निकाले।
8अनि फारसका राजा कोरेसले ती भण्डारका जिम्मावाल मित्रेताको जिम्मामा दिए। तिनले यहूदाका राजकुमार शेशबस्सरको निम्ति ती चीजहरूको एउटा तालिका बनाइदिए।
9तालिका यही थियो:
10सुनका कचौरा ३०
11सुन र चाँदीका भाँड़ाहरू सबैको जम्मा संख्या ५,४०० थियो। कैदमा लगिएकाहरू बेबिलोनबाट यरूशलेम फर्कंदा शेशबस्सरले ती सबै यरूशलेममा ल्याए।