1जब एज्रा परमप्रभुका भवनको अगि लम्पसार पर्दै, प्रार्थना गर्दै, पश्चात्ताप गर्दै र रुँदैथिए, तब इस्राएलको एउटा ठूलो भीड़— पुरुष, स्त्री र केटाकेटीहरू— तिनको चारैतिर भेला भए। तिनीहरू पनि धुरुधुरु रोए।
2तब एलामका परिवारका एक जना यहीएलका छोरा शकन्याहले एज्रालाई भने, “हाम्रा चारैतिरका विदेशी मानिसहरूका छोरीहरूबाट पत्नीहरू ल्याएर हामीले आफ्ना परमेश्वरको विरुद्धमा अपराध गरेका छौं। तर यसो भए तापनि इस्राएलको निम्ति अझै केही आशा छ।
3यसकारण मेरा प्रभुको र हाम्रा परमेश्वरका आज्ञादेखि डराउनेहरूको सल्लाहअनुसार अब यी सबै स्त्रीहरू र तिनीहरूका छोराछोरी सबैलाई त्यागिदिने हामी आफै हाम्रा परमेश्वरसित बाचा बाँधौं। र व्यवस्थाले दिएबमोजिम काम गरौं।
4अब उठ्नुहोस्, यो काम तपाईंको हातमा छ। हामी तपाईंलाई साथ दिनेछौं। साहस गरेर काम गर्नुहोस्।”
5तब एज्रा खड़ा भएर मुख्य पूजाहारीहरू र लेवीहरू र सबै इस्राएलीहरूलाई सुझाव गरिएका कुरा पूरा गर्न शपथ खान लाए। अनि तिनीहरूले शपथ खाए।
6त्यसपछि एज्रा परमेश्वरका भवनको अगिबाट एल्यासीबका छोरा येहोहानानको कोठामा गएर बसे। तिनले केही खानपान गरेनन्, किनभने कैदबाट फर्केर आएकाहरूका अपराधका निम्ति तिनी विलाप गर्दैथिए।
7त्यसपछि निर्वासनबाट फर्केकाहरू सबै यरूशलेममा भेला होऊन् भनेर यहूदा र यरूशलेमभरि एउटा घोषणा गरियो।
8यदि तीन दिनभित्रमा कोही नआएको खण्डमा अधिकारीहरू र धर्म-गुरुहरूको फैसलाअनुसार त्यसको सबै धन-सम्पत्ति जफत गरिनेछ, र कैदबाट आएकाहरूको समुदायबाट त्यो अलग गरिनेछ।
9यहूदा र बेन्यामीनका सबै मानिसहरू तीन दिनभित्रै यरूशलेममा भेला भए। र नवौँ महिनाको बीसौँ दिनमा यो घटना र ठूलो वर्षाको कारणले सबै मानिसहरू दु:खित भई परमप्रभुका भवनको सामुन्ने चोकमा बसे।
10तब खड़ा भएर पूजाहारी एज्राले भने, “तिमीहरूले विदेशी स्त्रीहरूसित विवाह गरेर अपराध गरेका छौ, र इस्राएलको दोष बढ़ाएका छौ।
11अब परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्वरको सामुन्ने आफ्ना पाप स्वीकार गर, र उहाँको इच्छाअनुसार काम गर। तिमीहरू विदेशी मानिसहरू र तिमीहरूका विदेशी पत्नीहरूबाट अलग होओ।”
12तब भेला भएका सम्पूर्ण समुदायले कराएर जवाफ दिए, “हो, तपाईंले भन्नुभएबमोजिम हामीले गर्नैपर्छ।
13तर हामी एउटा ठूलो भीड़ छौं, र यो वर्षा ऋतुको समय छ। हामी यहाँ खुला ठाउँमा उभिरहन सक्दैनौं। यसबाहेक यो काम एक-दुई दिनमा खतम हुनेछैन, किनभने यस विषयमा हामीले घोर अपराध गरेका छौं।
14हाम्रा मुख्य पदाधिकारीहरूले हामी जम्मै समुदायको निम्ति काम गरिदेऊन्। यस विषयमा परमप्रभुको भयङ्कर क्रोध शान्त नहोउञ्जेल हाम्रा सहरमा हुने विदेशी स्त्रीसित विवाह गरेकाहरू सबै तोकिएको समयमा हाजिर होऊन्, अर्थात् हरेक मानिस आफ्नो सहरका धर्म-गुरु र न्यायकर्ताहरूका साथमा हाजिर होऊन्।”
15केवल असाहेलका छोरा जोनाथन र तिक्भाका छोरा याजयाहले मशुल्लाम र लेवी सब्बतैको समर्थन पाएर यस कुराको विरोध गरे।
16यसकारण निर्वासनबाट फर्केर आएकाहरूले सुझाव गरेअनुसार काम गरे। पूजाहारी एज्राले आ-आफ्नो परिवारका घराना-घरानालाई प्रतिनिधित्व गर्न नाउँ तोकेकाहरूलाई छाने। तिनीहरूले दशौँ महिनाको पहिलो दिन यस विषयमा जाँच सुरु गरे,
17र पहिलो महिनाको पहिलो दिन विदेशी स्त्रीहरूसित विवाह गरेका सबैको खोजतलाश गरिसिद्ध्याए।
18विदेशी स्त्री विवाह गर्नेहरू पूजाहारी परिवारहरूका:
19
20इम्मेरका परिवारका: हनानी र जबदियाह।
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44यी सबैले विदेशी स्त्रीहरूलाई विवाह गरेका थिए। अनि तिनीहरूले उनीहरूलाई तिनीहरूका छोराछोरीहरूसमेत त्यागिदिए।