एस्‍तर 10:1-3 NNRV2012 - Bible AI

1राजा अहासूरसले आफ्‍ना साम्राज्‍यभरि समुद्रको किनारका देशहरूसम्‍म कर तिर्न लगाए।

2राजाका अधिकार र शक्तिका कार्यहरू र तिनले मोर्दकैमाथि बक्‍सेका सम्‍मानहरू मादी र फारसका राजाहरूका इतिहासमा लेखिएका छन्‌।

3यहूदी मोर्दकै राजादेखि दोस्रो दर्जामुनि थिए। उनी यहूदीहरूमा एक अति गौरवशाली मानिस भए, र आफ्‍ना स्‍वदेशी यहूदी दाजुभाइहरूका बीचमा उनी लोकप्रिय भए, किनभने उनले आफ्‍ना मानिसहरूको हित गरे, र सारा यहूदीहरूका भलाइको निम्‍ति बोले।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>