1त्यस रात राजालाई निद्रै लागेन। उनले आफ्नो राज्यकालका विवरण भएको इतिहासको पुस्तक ल्याएर पढ़िसुनाउने हुकुम गरे, र त्यो राजालाई पढ़ेर सुनाइयो।
2त्यसमा दुई जना ढोके, बिग्थाना र तेरेशले राजा अहासूरसलाई मार्ने षड्यन्त्र गरेका र मोर्दकैले त्यो जाहेर गरिदिएका विषयमा लेखिएको थियो।
3तब राजाले भने, “यसको निम्ति मोर्दकैले कुन सम्मान अथवा पद पाए त?”
4राजाले सोधे, “त्यहाँ चोकमा को छ?” त्यस बेला हामान भर्खरै आफूले तयार गरेको फाँसीको काठमा मोर्दकैलाई झुण्ड्याउन भनी राजासित बिन्ती गर्न महलको बाहिर चोकमा आइपुगेका थिए।
5राजाका सेवकहरूले जवाफ दिए, “हामान चोकमा उभिरहेका छन्।”
6जब हामान भित्र आए, तब राजाले तिनलाई सोधे, “राजा आफैले सम्मान दिन इच्छा गरेको मानिसलाई के गर्नुपर्छ?”
7यसकारण तिनले राजालाई भने, “जुन मानिसलाई राजाले सम्मान दिने इच्छा गरिबक्सिन्छ,
8त्यसको निम्ति राजा आफैले लाउने पोशाक र राजाले सवार गर्ने घोड़ा ल्याईओस्, जसको शिरमा राजसी चिन्ह लगाइएको छ।
9त्यो पोशाक र घोड़ा राजाका सबैभन्दा माननीय पदाधिकारीहरूमा एक जनाको हातमा सुम्पिओस्, अनि राजाले सम्मान गर्न इच्छा गर्नुभएको त्यस मानिसलाई तिनीहरूले पहिराइदेऊन्, र त्यही घोड़ामा सवार गराएर सहरका सड़कहरूमा तिनीहरू जाँदा यसो भन्दै कराऊन्, ‘राजाले सम्मान गर्न इच्छा गर्नुभएको मानिसको निम्ति के गरिएको छ, सो हेर’।”
10तब राजाले हामानलाई भने, “झट्टै गएर तिमीले भनेझैँ पोशाक र घोड़ा ल्याऊ, र यहूदी मोर्दकैको निम्ति त्यसै गर। उनी दरबारको मूल ढोकामा रहन्छन्। तिमीले भनेबमोजिम सबै कुरामध्ये केही नछुटोस्।”
11यसकारण हामानले त्यो पोशाक मोर्दकैलाई पहिराइदिए, र घोड़ा लिएर उनलाई चढ़ाई सहरका सड़कहरूमा यसो भन्दै तिनी कराए, “राजाले सम्मान गर्न खुशी हुनुभएका मानिसलाई के गरिन्छ, हेर।”
12त्यसपछि मोर्दकै राजदरबारको मूल ढोकामा फर्किआए। हामानचाहिँ मुख छोपेर अफसोस गर्दै हतार-हतार आफ्नो घर गए।
13तिनले आफ्नी पत्नी जेरेश र आफ्ना सबै मित्रहरूलाई तिनीमाथि भएका सबै कुरा बताए।
14हामानसित तिनीहरू कुरा गरिरहँदा राजाका नपुंसकहरू आइपुगे, र तिनलाई एस्तरले तयार गरेको भोजमा लगिहाले।