1इस्राएलीहरू मिश्रबाट आएका दोस्रो वर्षको दोस्रो महिनाको पहिलो दिनमा सीनैको मरुभूमिमा भेट हुने पालमा परमप्रभु मोशासित बोल्नुभयो।
2उहाँले भन्नुभयो, “समस्त इस्राएली समुदायमा पुरुषहरूको गणना तिनीहरूका वंश-वंश र परिवार-परिवारअनुसार हरेकको नाउँ लेखेर गर्।
3इस्राएलमा बीस वर्ष र उँभोका लड़ाइँमा जान सक्ने सबै पुरुषलाई हारून र तैंले दल-दल गरी गन्ती गर्।
4सबै कुलहरूबाट एक-एक व्यक्ति, प्रत्येक आफ्नो परिवारको मुखियाले तिमीहरूलाई सहयोग गरून्।
5तिमीहरूलाई सहयोग दिनेहरूका नाउँ यी नै हुन्:
6
7
8
9
10
11
12
13
14
15
16इस्राएलको समुदायबाट छानिएका आ-आफ्नो पैतृक कुलका नायकहरू यी नै हुन्।
17माथि नाउँ तोकिएका यी मानिसहरूलाई मोशा र हारूनले लिए,
18अनि दोस्रो महिनाको पहिलो दिनमा जम्मै समुदायलाई तिनीहरूले एकसाथ भेला गरे। मानिसहरूले आ-आफ्ना पुर्खाको कुल र परिवार जनाए, र बीस वर्ष र त्यसभन्दा उँभोको हरेकको नाउँ दर्ता गरे।
19परमप्रभुले आज्ञा गर्नुभएबमोजिम मोशाले सीनैको उजाड़-स्थानमा तिनीहरूको गणना गरे।
20इस्राएलका जेठा छोरा रूबेनका सन्तानबाट:
21
22शिमियोनको सन्तानबाट:
23
24गादका सन्तानबाट:
25
26यहूदाका सन्तानबाट:
27
28इस्साखारको सन्तानबाट:
29
30जबूलूनका सन्तानबाट:
31
32योसेफका छोराहरूबाट:
33
34मनश्शेका सन्तानबाट:
35
36बेन्यामीनका सन्तानबाट:
37
38दानका सन्तानबाट:
39
40आशेरका सन्तानबाट:
41
42नप्तालीका सन्तानबाट:
43
44आ-आफ्नो परिवारका इस्राएलका बाह्र कुलनायकहरू तथा मोशा र हारूनले गन्ती गरेका समस्त मानिसहरूका जनसंख्या यही हो।
45बीस वर्ष र त्यसभन्दा उँभोका लड़ाइँमा जान सक्ने सबै पुरुषहरू आ-आफ्नो परिवारअनुसार गन्ती गरियो।
46तिनीहरूको संख्या जम्मा ६,०३,५५० थियो।
47लेवीका परिवारहरूचाहिँ अरूहरूसित गनिएनन्।
48किनभने परमप्रभुले मोशालाई भन्नुभएको थियो,
49“लेवीको कुलचाहिँ तैंले नगन्नू, र इस्राएलीहरूसँगसँगै तिनीहरूको जनसंख्या नलिनू।
50तर तैंले लेवीहरूलाई गवाहीको मण्डप र त्यसका सबै सरसामानमाथि नियुक्त गर्नू। मण्डप त्यसका सबै सरसामानसमेत तिनीहरूले नै बोकून्। तिनीहरूले त्यसको रेखदेख गरून्। तिनीहरूले आफ्नो पाल मण्डपकै वरिपरि लगाऊन्।
51मण्डप अगि लाँदा लेवीहरूले त्यो उखेलून्, र मण्डप खड़ा गर्ने बेलामा लेवीहरूले नै त्यो खड़ा गरून्। मण्डपको नजिक आउने अन्य मानिस मारिओस्।
52इस्राएलीहरूले आ-आफ्नो दलको समूहभित्र र आफ्नै झन्डाको छेउछाउमा आफ्नो शिविर लगाऊन्।
53तर लेवीहरूले चाहिँ गवाहीको मण्डपको वरिपरि आफ्नो शिविर लगाऊन्, ताकि इस्राएलीहरूको समुदायमाथि क्रोध नपरोस्। लेवीहरूले नै गवाहीको मण्डपको सेवा-टहलको जिम्मा लिऊन्।”
54परमप्रभुले मोशालाई दिनुभएका सबै आज्ञाबमोजिम नै इस्राएलीहरूले गरे।