1मोशाकी कूशी पत्नीको कारणले मिरियम र हारून मोशाको विरुद्धमा बोल्न लागे, किनभने तिनले कूशी पत्नी ल्याएका थिए।
2तिनीहरूले भने, “के परमप्रभुले केवल मोशाद्वारा मात्र कुरा गर्नुभएको छ र? के उहाँले हामीद्वारा पनि कुरा गर्नुभएको छैन र?” अनि परमप्रभुले यो कुरा सुन्नभयो।
3मोशाचाहिँ पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्ति थिए।
4परमप्रभुले तुरुन्तै मोशा, हारून र मिरियमलाई भन्नुभयो, “तिमीहरू तीनै जना भेट हुने पालमा आओ।” अनि ती तीनै जना आए।
5तब परमप्रभु बादलको खामोमा आई भेट हुने पालको ढोकामा उभिएर हारून र मिरियमलाई बोलाउनुभयो। जब ती दुवै अगि आए,
6तब उहाँले भन्नुभयो, “अब मेरो कुरा सुन:
7
8
9अनि तिनीहरूका विरुद्धमा परमप्रभुको क्रोध दन्क्यो, र उहाँ त्यहाँबाट गइहाल्नुभयो।
10पालमाथिबाट बादल हट्दा मिरियम कुष्ठरोग लागेर हिउँजस्तै सेती भइसकेकी थिइन्। हारूनले मिरियमलाई हेर्दा तिनी कुष्ठरोगी भइसकेकी देखे।
11हारूनले मोशालाई भने, “मेरा प्रभु, बिन्ती छ, हामीले मूर्खता गरेर पाप गरेका छौं, तर यसको दण्ड हामीले भोग्नु नपरोस्।
12आमाको गर्भबाट निस्कँदै आधा कुहेर मरिसकेको जस्तो यसलाई हुन नदिनुहोस्।”
13तब मोशाले यसो भनेर परमप्रभुमा पुकारा गरे, “हे परमेश्वर, म आग्रहपूर्वक बिन्ती गर्दछु, त्यसलाई निको पारिदिनुहोस्।”
14तब परमप्रभुले मोशालाई भन्नुभयो, “त्यसको बुबाले त्यसको मुखमा थुकिदिएको भए, के त्यो सात दिनसम्म शर्ममा पर्ने थिइन र? त्यसलाई सात दिनसम्म छाउनीबाहिरै थुनिराख्, त्यसपछि मात्र त्यसलाई भित्र ल्याउनू।”
15तब मिरियम सात दिनसम्म छाउनीबाहिर थुनिइन्, र मिरियमलाई भित्र नल्याउञ्जेल मानिसहरू पनि अगाड़ि बढ़ेनन्।
16त्यसपछि हसेरोतबाट बढ़ेर तिनीहरूले पारानको मरुभूमिमा पाल टाँगे।