1इस्राएलीहरूका सारा समुदाय पहिलो महिनामा जीनको उजाड़-स्थानमा आइपुगे, र कादेशमा वास बसे। अनि मिरियम त्यहीँ मरिन्, र तिनीहरूले तिनलाई त्यहीँ नै गाड़े।
2समुदायको निम्ति त्यहाँ पानी थिएन, अनि मानिसहरू मोशा र हारूनका विरुद्धमा जम्मा भए।
3तिनीहरूले मोशासित झगड़ा गरेर यसो भने, “हाम्रा दाजुभाइहरू परमप्रभुको सामु मर्दा हामी पनि मरेको भए असल हुनेथियो,
4किनभने अब हाम्रा गाईबस्तुसमेत हामी सब यहाँ मर्नेछौं। किन परमप्रभुको समुदायलाई तपाईंले यस उजाड़-स्थानमा ल्याउनुभयो?
5मिश्रबाट किन हामीलाई यस खराब ठाउँमा ल्याउनुभयो? यस ठाउँमा अन्न, अथवा नेभारा वा दाख वा अनारहरू केही छैनन्। यहाँ पिउने पानी पनि छैन।”
6तब मोशा र हारून समुदायको सामुबाट भेट हुने पालको ढोकामा गएर घोप्टो परे, र परमप्रभुको महिमा तिनीहरूकहाँ देखा पर्यो।
7परमप्रभुले मोशालाई भन्नुभयो,
8“यो लहुरो लिएर तँ र तेरो दाजु हारून गएर समुदायलाई जम्मा गर। तिनीहरूका आँखाकै सामुन्ने यस चट्टानलाई हुकुम गर् र चट्टानबाट पानी निस्कनेछ, र तैंले यस चट्टानबाट तिनीहरूका निम्ति पानी निकाल्नेछस्। यसरी तैंले समुदाय र तिनका गाईबस्तुहरूलाई पानी दिनेछस्।”
9तब परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा लहुरो लिएर उहाँको सामुन्नेबाट गए,
10अनि मोशा र हारूनले चट्टानको सामुन्ने समुदायलाई जम्मा गरे। तब मोशाले तिनीहरूलाई भने, “सुन, ए विद्रोही मानिस हो! के यही चट्टानबाट हामी तिमीहरूका निम्ति पानी निकालिदिऔँ?”
11अनि मोशाले आफ्नो हात उठाएर दुई पल्ट आफ्नो लहुरोले चट्टान हिर्काए। तब त्यहाँबाट प्रशस्त पानी फुटेर निस्क्यो, अनि समुदाय र तिनीहरूका गाईबस्तुले पिए।
12तर परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “मलाई इस्राएलीहरूका सामु पवित्र तुल्याउनलाई तिमीहरूले ममाथि विश्वास नगरेको हुनाले मैले तिनीहरूलाई दिने देशमा तिमीहरूले यस समुदायलाई पुर्याउन पाउनेछैनौ।”
13यसैलाई मेरीबाका
14मोशाले कादेशबाट एदोमका राजाकहाँ यसो भनेर दूतहरू पठाए:
15हाम्रा पुर्खाहरू मिश्रदेशमा गएका थिए, र हामी धेरै समयसम्म मिश्रदेशमा रह्यौं, अनि मिश्रीहरूले हामी र हाम्रा पुर्खाहरूलाई कुव्यवहार गरे।
16जब हामीले परमप्रभुमा पुकारा गर्यौं, तब उहाँले हाम्रो बिन्ती सुन्नुभयो, र एउटा स्वर्गदूत पठाउनु भएर हामीलाई मिश्रदेशबाट निकालेर ल्याउनुभयो।
17बिन्ती छ, हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्। हामी खेत अथवा दाखबारी भएर जानेछैनौं। हामी तपाईंको कुनै कूवाबाट पानी खानेछैनौं। हामी मूलबाटो भएर जानेछौं। तपाईंको सिमाना नकाटेसम्म हामी दाहिने-देब्रे लाग्नेछैनौं।”
18तर एदोमले तिनीहरूलाई भने,
19इस्राएलीहरूले उत्तर दिए,
20फेरि एदोमले भने,
21यसरी इस्राएलीहरूलाई आफ्नो सिमाना छिचलेर जान दिन एदोमले इन्कार गरे। यसकारण इस्राएलीहरू त्यहाँबाट फर्के।
22सारा समुदाय कादेशबाट यात्रा गरेर होर पर्वतमा आइपुगे।
23परमप्रभुले एदोम देशको सिमानानेर होर पर्वतमा मोशा र हारूनलाई यसो भन्नुभयो,
24“हारून आफ्ना पुर्खाहरूकहाँ गएर मिल्नेछ। तिमीहरू दुवै मेरीबाका पानीमा मेरो वचनको विरुद्धमा गएका हुनाले, मैले इस्राएलीहरूलाई दिने देशमा त्यो पस्न पाउनेछैन।
25हारून र त्यसको छोरा एलाजारलाई होर पर्वतमा लिएर जा।
26हारूनका पोशाक फुकालेर त्यसको छोरा एलाजारलाई लगाइदे। त्यसपछि हारून आफ्ना पुर्खाहरूकहाँ गएर मिल्नेछ, र त्यहीँ मर्नेछ।”
27परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशाले गरे, र सबै समुदायका आँखाको अगि तिनीहरू होर पर्वतमा उक्ले।
28मोशाले हारूनका पोशाक फुकालेर तिनको छोरा एलाजारलाई लगाइदिए, र त्यहीँ नै पर्वतको टाकुरामा हारूनको देहान्त भयो। तब मोशा र एलाजार पर्वतबाट तल ओर्ले।
29जब समुदायलाई हारूनको मृत्यु भएको थाहा भयो, तब सबै इस्राएलीहरूले तीस दिनसम्म शोक मनाए।