1नेगेवमा बस्ने आरादका कनानी राजाले इस्राएलीहरू अटारीमको बाटो आउँदैछन् भन्ने जब खबर पाए, तब उनले इस्राएलीहरूसँग लड़ाइँ गरे, र तिनीहरूका कति जनालाई कैद गरेर ल्याए।
2तब इस्राएलीहरूले परमप्रभुमा यो भाकल गरेर भने, “यदि तपाईंले यी मानिसहरूलाई हाम्रा हातमा सुम्पिदिनुभयो भने हामी उनीहरूका सहरहरू बिलकुलै नाश गरिदिनेछौं।”
3परमप्रभुले इस्राएलीहरूको बिन्ती सुन्नुभयो, र कनानीहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो। इस्राएलीहरूले उनीहरू र उनीहरूका सहरहरूलाई पनि बिलकुलै नष्ट गरिदिए। यसकारण त्यस ठाउँको नाउँ होर्मा
4तिनीहरू एदोम देशलाई फेरो मारेर जान भनी होर पर्वतबाट लाल समुद्रको बाटो भएर गए। तर यात्राको कारण मानिसहरू साह्रै अधीर बने।
5तब तिनीहरूले परमेश्वर र मोशाको विरुद्धमा यसो भन्न लागे, “यस उजाड़-स्थानमा मर्न हामीलाई तपाईंहरूले किन मिश्रदेशबाट ल्याउनुभयो? यहाँ रोटी छैन, यहाँ पानी पनि छैन। यस तुच्छ खानेकुरादेखि त हामीलाई वाक्कै लागिसक्यो।”
6तब परमप्रभुले ती मानिसहरूका बीचमा विषालु सर्पहरू पठाइदिनुभयो, र सर्पले मानिसहरूलाई डसे, र इस्राएलीहरूका धेरै जना मरे।
7अनि मोशाकहाँ आएर मानिसहरूले भने, “परमप्रभु र तपाईंको विरुद्धमा बोलेर हामीले पाप गरेका छौं। उहाँले हामीबाट यी सर्पहरू हटाइदेऊन् भनी परमप्रभुलाई प्रार्थना गर्नुहोस्।” तब मोशाले ती मानिसहरूका निम्ति प्रार्थना गरे।
8परमप्रभुले मोशालाई भन्नुभयो, “तैंले विषालु सर्पको एउटा प्रतिमा बनाएर त्यसलाई एउटा खामामा झुण्ड्या। सर्पले डसेकाहरूले त्यसलाई हेरेपछि तिनीहरू बाँच्नेछन्।”
9तब मोशाले एउटा काँसाको सर्प बनाएर त्यसलाई एउटा खामामा झुण्ड्याए। सर्पले डसेका सबैले काँसाको सर्पलाई हेरेपछि बाँचे।
10इस्राएलीहरूले यात्रा गरेर ओबोतमा पाल टाँगे।
11अनि ओबोतबाट यात्रा गरेर मोआबको सामुन्ने पूर्वतिर इये-अबारीमको उजाड़-स्थानमा तिनीहरूले पाल टाँगे।
12त्यहाँबाट तिनीहरू यात्रा गरेर जेरेदको बेँसीमा पाल टाँगे।
13त्यहाँबाट तिनीहरू यात्रा गरेर एमोरीहरूको सिमानाबाट निस्कने उजाड़-स्थानमा भएको अर्नोन खोलाको पारिपट्टि पाल टाँगे। अर्नोन खोला मोआबको सिमाना हो, जो मोआबी र एमोरीहरूका बीचमा पर्छ।
14यसकारण परमप्रभुका युद्धको पुस्तकमा यस्तो लेखिएको छ:
15
16त्यहाँबाट तिनीहरू बेओरमा गए। परमप्रभुले मोशालाई “मानिसहरू जम्मा गर्, र म तिनीहरूलाई पानी दिनेछु” भन्नुभएको कूवा त्यहीँ थियो।
17तब इस्राएलीहरूले यो स्तुतिगान गरे,
18
19र मत्तानाबाट नहलीएलमा, नहलीएलबाट बमोतमा,
20अनि बमोतबाट मोआबको मैदान भएको बेँसीसम्म, अर्थात् उजाड़-स्थान देखिने पिसगाको फेदीसम्म यात्रा गरे।
21इस्राएलीहरूले एमोरीहरूका राजा सीहोनकहाँ यसो भनेर दूतहरू पठाए,
22“हामीलाई तपाईंको देश भएर जान दिनुहोस्। हामी खेत कि दाखबारीतिर लाग्नेछैनौं। हामी तपाईंको कुनै कूवाबाट पानी पिउनेछैनौं। तपाईंका सिमाना नकाटेसम्म हामी मूलबाटो भएर मात्र जानेछौं।”
23तर सीहोनले इस्राएलीहरूलाई आफ्नो सिमाना नाघेर जान दिएनन्। उनले आफ्ना सेना जम्मा गरे, र उजाड़-स्थानको यहसासम्म आएर इस्राएलीहरूका विरुद्धमा लड़ाइँ गरे।
24तर इस्राएलीहरूले उनलाई तरवारले मारे, र अर्नोन खोलादेखि यब्बोक नदीसम्म उनको देश कब्जा गरे। तर अम्मोनीहरूको सिमानासम्म मात्र तिनीहरूले कब्जा गरे, किनकि अम्मोनीहरूको सिमाना बलियो थियो।
25इस्राएलीहरूले यी सबै सहरहरू लिए, र तिनीहरू एमोरीहरूका समस्त सहरहरूमा, हेश्बोन र त्यसका वरिपरिका सबै बस्तीहरूमा समेत वास गरे।
26हेश्बोन एमोरीहरूका राजा सीहोनको राजधानी थियो। सीहोनले मोआबका पहिलेका राजाको विरुद्धमा लड़ाइँ गरेर उनको देश अर्नोन खोलासम्मै उनको अधिकारबाट खोसेका थिए।
27यसैकारण कविहरूले यसो भनेर गाएका छन्,
28
29
30
31यसरी इस्राएलीहरू एमोरीहरूको देशमा वास गर्न लागे।
32मोशाले याजेरको भेद लिन मानिसहरू पठाएपछि इस्राएलीहरूले त्यसका वरिपरिका बस्तीहरू कब्जा गरेर त्यहाँका एमोरीहरूलाई धपाए।
33त्यसपछि तिनीहरू घुमेर बाशानको बाटो भएर उक्ले। बाशानका राजा ओग र उनका मानिसहरू तिनीहरूका विरुद्धमा लड़ाइँ गर्नलाई एद्रईमा निस्केर आए।
34परमप्रभुले मोशालाई भन्नुभयो, “त्यससँग नडरा, किनकि त्यो, त्यसका सबै मानिसहरू र त्यसको देशसमेत मैले तेरो हातमा सुम्पेको छु। तैंले हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोनलाई गरेझैँ यसलाई पनि गर्नू।”
35यसकारण उनलाई, उनका छोराहरूलाई र उनका सबै मानिसहरू कसैलाई बाँकी नछोड़ी सबैलाई मारेर इस्राएलीहरूले उनको देश कब्जा गरे।