1बालामले बालाकलाई भने, “मेरो निम्ति सात वटा वेदी बनाइदिनुहोस्, अनि सात वटा साँढ़े र सात वटा भेड़ा तयार पारिदिनुहोस्।”
2बालामले भनेझैँ बालाकले गरे। बालाक र बालामले प्रत्येक वेदीमा एक-एक वटा साँढ़े र एक-एक वटा भेड़ा चढ़ाए।
3बालामले बालाकलाई भने, “आफ्नो बलिनेर उभिनुहोस्। अब मचाहिँ उतातिर जानेछु, र शायद परमप्रभुले मलाई भेट गर्न आउनुहुन्छ होला। उहाँले मलाई जे-जस्तो देखाउनुहुन्छ, त्यो म तपाईंलाई बताउनेछु।” अनि तिनी उजाड़-स्थानतिर गए।
4परमेश्वरले बालामसित भेट गर्नुभयो। अनि बालामले उहाँलाई भने, “मैले सात वटा वेदी बनाएर तिनमा एउटा साँढ़े र एउटा भेड़ा चढ़ाएको छु।”
5परमप्रभुले बालामको मुखमा वचन हालिदिनुभयो, र भन्नुभयो, “बालाककहाँ फर्किगएर तैंले भन्नुपर्ने कुरा यही हो।”
6अनि तिनी बालाककहाँ फर्केर गए। यस बेला बालाकचाहिँ मोआबका सारा मुख्य व्यक्तिहरूका साथ उनका बलिको सामुन्ने उभिरहेका थिए।
7तब बालामले यसरी आफ्नो ईश्वरवाणी दिए:
8
9
10
11तब बालाकले बालामलाई भने, “तपाईंले मलाई के गर्नुभयो? मेरा शत्रुहरूलाई सराप दिनलाई मैले तपाईंलाई ल्याएँ, तर तपाईंले त तिनीहरूलाई उल्टा आशिष् पो दिनुभयो।”
12तिनले जवाफमा भने, “परमप्रभुले मलाई दिनुभएको वचन नै मैले बोल्नुपर्दैन र?”
13तब बालाकले तिनलाई भने, “कृपा गरी मसित अर्को ठाउँमा आउनुहोस्। त्यहाँदेखि तपाईंले तिनीहरूलाई देख्नुहुनेछ। तपाईं तिनीहरूको केही भाग मात्र देख्नुहुन्छ, तर तिनीहरू सबैलाई देख्नुहुन्न। तिनीहरूलाई त्यहीँबाट मेरो निम्ति सराप दिनुहोस्।”
14तब उनले तिनलाई पिसगाको टाकुरामा भएको सोफीमको खेतमा लगे, र सात वटा वेदी बनाएर प्रत्येक वेदीमा एक-एक वटा साँढ़े र एक-एक वटा भेड़ा चढ़ाए।
15बालामले बालाकलाई भने, “म परमप्रभुलाई भेट गर्न जाँदा तपाईंचाहिँ यहाँ आफ्ना बलिनेर उभिरहनुहोस्।”
16परमप्रभुले बालामलाई भेट गर्नुभयो, र तिनको मुखमा वचन हालिदिनुभयो, र भन्नुभयो, “बालाककहाँ फर्केर तैंले भन्नुपर्ने कुरा यही हो।”
17तब तिनी बालाककहाँ गए। बालाक र उनीसँग भएका मोआबका मुख्य व्यक्तिहरू उनका बलिको नजिक उभिरहेका थिए। बालाकले तिनलाई सोधे, “परमप्रभुले के भन्नुभयो?”
18तब बालामले यसरी आफ्नो ईश्वरवाणी दिए:
19
20
21
22
23
24
25तब बालाकले बालामलाई भने, “तिनीहरूलाई सराप पनि नदिनुहोस्, र आशिष् पनि नदिनुहोस्।”
26तर बालामले बालाकलाई भने, “परमप्रभु जे भन्नुहुन्छ त्यो मैले अवश्य गर्नुपर्छ भनेर मैले तपाईंलाई अघि नै भनेको थिइनँ?”
27तब बालाकले बालामलाई भने, “आउनुहोस्, अब म तपाईंलाई अर्को ठाउँमा लैजानेछु। शायद त्यहाँबाट मेरो निम्ति तपाईंले तिनीहरूलाई सराप दिने परमेश्वरको इच्छा हुन्छ कि?”
28अनि बालाकले बालामलाई पोरको टाकुरामा लगे, जहाँबाट उजाड़-स्थान देखियो।
29तब बालामले बालाकलाई भने, “मेरो निम्ति यहाँ सात वटा वेदी बनाएर सात वटा साँढ़े र सात वटा भेड़ाहरू तयार गरिदिनुहोस्।”
30बालामले भनेझैँ बालाकले गरे, र प्रत्येक वेदीमा एक-एक वटा साँढ़े र एक-एक वटा भेड़ा उनले चढ़ाए।