1परमप्रभुले मोशासँग सीनै पर्वतमा कुरा गर्नुभएको समयमा हारून र मोशाका परिवारका विवरण यही हो।
2हारूनका छोराहरूका नाउँ यी नै हुन्: जेठा नादाब, अबीहू, एलाजार र ईतामार।
3हारूनका अभिषेक गरिएका पूजाहारी छोराहरू, जो पूजाहारी भएर सेवा गर्नलाई नियुक्ति भएका थिए, तिनीहरूका नाउँ यी नै हुन्।
4तर नादाब र अबीहू सीनैको उजाड़-स्थानमा परमप्रभुको सामुन्ने अपवित्र आगोले बलि चढ़ाउँदा उहाँकै सामुन्ने मरे, अनि तिनीहरूका सन्तान थिएन। त्यसैले एलाजार र ईतामार मात्र आफ्ना बुबा हारूनको जीवनकालमा पूजाहारीको सेवा गर्थे।
5परमप्रभुले मोशालाई भन्नुभयो,
6“लेवीको कुललाई यहाँ नजिकै ले। अनि तिनीहरूलाई हारून पूजाहारीको सामु खड़ा गर्, र तिनीहरूले त्यसलाई सहायता गरून्।
7पवित्र वासस्थानको सेवा गर्दा तिनीहरूले हारून र सारा समुदायको निम्ति भेट हुने पालमा कामकाज गर्नेछन्।
8भेट हुने पालको सबै सामानको जिम्मा तिनीहरूले लिनेछन्, र पवित्र वासस्थानको काम गरेर इस्राएलीहरूको दायित्व पूरा गर्नेछन्।
9इस्राएलीहरूबाट विशेष रूपले छुट्ट्याइएका हुनाले लेवीहरू हारून र त्यसका छोराहरूलाई दिइहाल्नू।
10तैंले हारून र त्यसका छोराहरूलाई पूजाहारी पदमा सेवा गर्न नियुक्त गर्। तिनीहरूबाहेक अन्य कोही पवित्रस्थानको नजिक आए त्यो मानिस मारिओस्।”
11फेरि परमप्रभुले मोशालाई भन्नुभयो,
12“इस्राएलीहरूमा पहिले जन्मेर गर्भ खोल्ने पुरुषहरू सबैका सट्टामा मैले लेवीहरूलाई इस्राएलीहरूका बीचबाट लिएको छु। यसैले लेवीहरू मेरै हुन्,
13किनकि सबै पहिले जन्मने मेरा हुन्। मिश्रका पहिले जन्मेका सबैलाई मारेको दिन मैले इस्राएलका मान्छे र पशु दुवैका पहिले जन्मेका र बियाएकाहरूलाई मेरै निम्ति अलग गरेको थिएँ। तिनीहरू मेरा हुन्। म परमप्रभु हुँ।”
14सीनैको उजाड़-स्थानमा परमप्रभुले मोशालाई भन्नुभयो,
15“लेवीहरूलाई आ-आफ्ना परिवार र वंश गरी गन्ती गर्। एक महिना र त्यसदेखि बढ़ी उमेरको हरेक पुरुष तैंले गन्नू।”
16यसरी आफूले आज्ञा पाएझैँ परमप्रभुको वचनअनुसार मोशाले तिनीहरूको गन्ती गरे।
17
18
19
20
21गेर्शोनबाट लिब्नी र शिमीहरूका वंश भए। गेर्शोनका वंशहरू यी नै हुन्।
22एक महिना र उँभोका पुरुषहरूको गन्तीअनुसार ती ७,५०० थिए।
23गेर्शोनका वंशहरूले आफ्ना पाल पवित्र वासस्थानको पछि पश्चिमपट्टि टाँग्नुपर्थ्यो।
24गेर्शोनीहरूका परिवारहरूका मुखिया लाएलका छोरा एल्यासाप थिए।
25भेट हुने पालमा गेर्शोनीहरूलाई पवित्र वासस्थान, पाल, त्यसको छत, भेट हुने पालको ढोकामा भएको पर्दा,
26चोकका पर्दाहरू पवित्र वासस्थान र वेदीको वरिपरि भएको चोकको ढोकाको पर्दा, डोरीहरू, र यिनीहरूको प्रयोगसम्बन्धी सबै कुराहरूको जिम्मा थियो।
27कहातबाट अम्रामी, यिसहारी, हेब्रोनी र उज्जीएलीहरूका वंश भए। कहातका वंशहरू यी नै हुन्।
28एक महिना र उँभोका पुरुषहरूको गन्तीअनुसार ती ८,६०० थिए। कहातीहरूलाई पवित्रस्थानको जिम्मा थियो।
29कहातका वंशहरूले पवित्र वासस्थानको दक्षिणपट्टि पाल टाँग्नुपर्थ्यो।
30कहातीहरूका परिवारहरूका मुखिया उज्जीएलका छोरा एलीजापान थिए।
31सन्दूक, टेबिल, सामदान, वेदीहरू र तिनीहरूले सेवा गर्दा पवित्रस्थानका चाहिने सामानहरू, पर्दा, अनि यिनीहरूको प्रयोगसम्बन्धी सबै सरसामानहरू तिनीहरूको जिम्मामा थिए।
32हारून पूजाहारीका छोरा एलाजारचाहिँ लेवी कुलका प्रधान नायक थिए। पवित्रस्थानको रेखदेख गर्ने सबै जनामाथि अधिकार गर्न तिनी नियुक्त भए।
33मरारीबाट महली र मूशीहरूका वंश भए। मरारीका वंशहरू यी नै हुन्।
34एक महिना र त्यसभन्दा उँभोका पुरुषहरूको गन्तीअनुसार ती ६,२०० थिए।
35मरारीहरूका परिवारहरूका मुखिया अबीहेलका छोरा सूरीएल थिए। तिनीहरूले पवित्र वासस्थानको उत्तरपट्टि पाल टाँग्नुपर्थ्यो।
36मरारीहरूलाई पवित्र वासस्थानका फल्याकहरू, बारहरू, खामाहरू, आधारहरू र त्यसका सबै सरसामान, अनि यिनीहरूको प्रयोगसम्बन्धी सबै कुराहरू,
37चारैतिरका चोकका खामाहरू तिनका आधारहरू, कीलाहरू र डोरीहरूको जिम्मा थियो।
38पवित्र वासस्थानको पूर्वतिर, भेट हुने पालको अगि घाम झुल्कनेपट्टि मोशा, हारून र तिनका छोराहरूले पाल टाँग्नुपर्थ्यो। तिनीहरूलाई इस्राएलीहरूका निम्ति पवित्रस्थानको जिम्मा थियो। त्यसको नजिक आउने अन्य मानिस मारिओस्।
39मोशा र हारूनले परमप्रभुको आज्ञाबमोजिम गनेका एक महिना र उँभोका उमेरका लेवीहरूको जम्मै संख्या २२,००० थियो।
40तब परमप्रभुले मोशालाई भन्नुभयो, “एक महिना र उँभोका इस्राएलीहरूका सबै जेठो-जेठो छोराहरूलाई तिनीहरूका नाउँसमेत गन्ती गर्।
41इस्राएलीहरूका जेठाहरूका सट्टामा तैंले लेवीहरूलाई ले। यसरी नै इस्राएलीहरूका गाईबस्तुका पहिले बियाएकाहरूका सट्टामा लेवीहरूका गाईबस्तु ले। म परमप्रभु हुँ।”
42यसकारण परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनले इस्राएलीहरूका जेठा-जेठाहरूको गन्ती गरे।
43एक महिना र बढ़ी उमेरका जेठा-जेठाको नाउँअनुसारको जम्मै संख्या २२,२७३ थियो।
44फेरि परमप्रभुले मोशालाई भन्नुभयो,
45“इस्राएलीहरूका जेठा छोराहरूका सट्टामा लेवीहरू र तिनीहरूका गाईबस्तुहरूका सट्टा लेवीहरूका गाईबस्तुहरू ले। लेवीहरूचाहिँ मेरा हुनेछन्। म परमप्रभु हुँ।
46अनि लेवीहरूको गन्तीबाट बेसी भएका इस्राएलीहरूका दुई सय त्रिहत्तर जना जेठा छोराहरूका छुटकाराको निम्ति,
47पवित्रस्थानको शेकेलबमोजिम
48अनि थप गरिएका इस्राएलीहरूका छुटकाराको दामचाहिँ तैंले हारून र त्यसका छोराहरूलाई दिनू।”
49यसरी लेवीहरूद्वारा छुटकारा दिइएकाहरूका उब्रेका जनहरूबाट मोशाले छुटकाराको पैसा लिए।
50तिनले इस्राएलीहरूका जेठा-जेठाहरूका चाँदी जम्मा गरे, जो पवित्रस्थानको शेकेलबमोजिम एक हजार तीन सय पैँसट्ठी शेकेल
51परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ त्यो छुटकाराको पैसा तिनले हारून र तिनका छोराहरूलाई दिए।