गन्ती 34:1-29 NNRV2012 - Bible AI

1परमप्रभुले मोशालाई भन्‍नुभयो,

2“इस्राएलीहरूलाई भन्, ‘जब तिमीहरू कनान देश प्रवेश गर्छौ, तिमीहरूलाई सम्‍पत्तिको रूपमा दिएको भूमिको सिमाना यस प्रकार हुनेछ:

3“‘तिमीहरूको दक्षिण प्रान्‍तमा एदोमनेरका सीनको उजाड़-स्‍थानको केही भाग होस्‌। तिमीहरूको दक्षिण सिमाना पूर्वतिर खारा समुद्रको [1] टुङ्गोदेखि लागेर

4अक्रब्‍बीमको उकालोको दक्षिणतिर निस्‍केर जीनसम्‍म र कादेश-बर्नेको दक्षिणतिर पुगोस्‌। त्‍यहाँबाट हसर-अद्दर भएर अज्‍मोनसम्‍म पुगोस्‌।

5तब सिमाना अज्‍मोनबाट घुमेर मिश्रका खोलासम्‍म पुगी महासमुद्रमा [2] टुँगिओस्‌।

6“‘फेरि पश्‍चिमी सिमानाचाहिँ महासमुद्र र त्‍यसको किनारै-किनार होस्‌। तिमीहरूको पश्‍चिमी सिमाना यही होस्‌।

7“‘तिमीहरूको उत्तरको सिमाना यो होस्‌: महासमुद्रबाट होर पर्वतसम्‍म तिमीहरूले सिमाना बाँध्‍नू,

8र होर पर्वतबाट लेबो-हमातसम्‍म सिमाना बाँध्‍नू। तब त्‍यस सिमाना सदाद भएर

9सिप्रोनसम्‍म पुगोस्‌। त्‍यसको टुङ्गोचाहिँ हसर-एनान होस्‌। तिमीहरूको उत्तरको सिमाना यही होस्‌।

10“‘तिमीहरूले आफ्‍नो पूर्वीय सिमानाचाहिँ हसर-एनानदेखि सपामसम्‍म बाँध्‍नू,

11र त्‍यो सिमाना सपामदेखि तल झरेर ऐनको पूर्वपट्टिको रिब्‍लासम्‍म पुगोस्‌। त्‍यो सिमाना फेरि तल झरेर किन्‍नरेत झीलको [3] किनारसम्‍म पुगोस्‌।

12तब त्‍यो सिमाना यर्दन नदीको किनारै-किनार भएर खारा समुद्रमा निस्‍कोस्‌।

12“ ‘चारैतिरका सिमानासमेत तिमीहरूको देश यही हो’।”

13मोशाले इस्राएलीहरूलाई यसो भनेर आज्ञा गरे, “परमप्रभुको आज्ञाबमोजिम चिट्ठा हालेर साढ़े नौ कुलले अधिकार गर्ने देश यही हो,

14किनकि रूबेन र गादका कुलहरू र मनश्‍शेको आधा कुलका परिवारहरूले आफ्‍ना हिस्‍सा पाइसकेका छन्‌।

15ती अढ़ाइ कुलले यरीहोका नजिकको यर्दन नदीको पूर्वपट्टि आ-आफ्‍नो अधिकार पाइसकेका छन्‌।”

16परमप्रभुले मोशालाई भन्‍नुभयो,

17“तिमीहरूलाई अधिकारको निम्‍ति देश बाँड़िदिने मानिसहरूका नाउँ यी नै हुन्‌: एलाजार पूजाहारी र नूनको छोरो यहोशू।

18अधिकारको निम्‍ति देश बाँड्‌नलाई तिमीहरूका कुलैपिच्‍छे एक-एक वटा नायक छुट्ट्याउनू।

19तिनीहरूका नाउँ यस प्रकार छन्‌:

19यहूदाको कुलका, यपुन्‍नेको छोरो कालेब

20शिमियोनको कुलका, अम्‍मीहूदको छोरो शेमुएल

21बेन्‍यामीनको कुलका किसलोनको छोरो एलीदाद,

22दानको कुलका नायक योगलीको छोरो बुक्‍की,

23योसेफको छोरो मनश्‍शेको कुलका नायक एपोदको छोरो हन्‍नीएल,

24योसेफको छोरो एफ्राइमको कुलका नायक शिप्‍तानको छोरो कमूएल,

25जबूलूनको कुलका नायक पर्नाकको छोरो एलीजापान,

26इस्‍साखारको कुलका नायक अजानको छोरो पल्‍तिएल,

27आशेरको कुलका नायक शलोमीको छोरो अहीहूद,

28नप्‍तालीको कुलका नायक अम्‍मीहूदको छोरा पदहेल।”

29कनान देशमा इस्राएलीहरूका बीच तिनीहरूका हिस्‍सा बाँड़िदिनलाई परमप्रभुले नियुक्त गर्नुभएका मानिसहरू यी नै हुन्‌।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>