1“त्यस समयमा तिम्रा मानिसहरूलाई रक्षा गर्ने प्रधान राजकुमार मिखाएल देखा पर्नेछन्। यस्तो सङ्कष्टको समय आउनेछ कि जातिहरू सुरु भएदेखि त्यस बेलासम्म त्यस्तो कहिल्यै भएको छैन। तर त्यस बेला तिम्रा मानिसहरू— जीवनको पुस्तकमा नाम लेखिएका सबै— बचाइनेछन्।
2पृथ्वीको धूलोमा सुतेका भीड़हरू उठ्नेछन्, केही अनन्त जीवनको लागि र अरूहरूचाहिँ शर्म र अनन्त तिरस्कारको लागि।
3बुद्धिमान्हरू आकाशको चमकजस्तै र धेरैलाई धार्मिकतामा डोर्याउनेहरूचाहिँ ताराहरूजस्तै सदासर्वदै चम्किरहनेछन्।
4तर तिमीचाहिँ, हे दानिएल, यस चर्मपत्रका मुट्ठाका वचनहरू अन्तको समयसम्म बन्द गरी मोहोर लगाएर राख। धेरै जना ज्ञान बढ़ाउनलाई यता र उता जानेछन्।”
5तब म, दानिएलले हेरें र मेरो सामु अरू दुई जना उभिए, एक जना नदीको यतापट्टि किनारमा र एक जना अर्कोपट्टि किनारमा।
6तीमध्ये एक जनाले नदीको पानीमाथि हुने मलमलको लुगा लगाउनेलाई भने, “यी अचम्मका कुराहरू पूरा हुन अघि कति समय लाग्ला?”
7त्यस नदीका पानीमाथि हुने मलमलको लुगा लगाएका मानिसले आफ्नो दायाँ हात र बायाँ हात स्वर्गतिर उठाए, र सदासर्वदा रहनुहुनेको नाममा यसो भनेर तिनले शपथ खाएका मैले सुनें, “यो साढ़े तीन वर्षका
8मैले सुन्न त सुनें, तर बुझिनँ। यसकारण मैले सोधें, “मेरा प्रभु, यी सबै कुराको परिणाम के हुनेछ?”
9तिनले जवाफ दिए, “हे दानिएल, तिम्रो आफ्नो बाटो लाग, किनभने यी वचनहरू अन्तको समयसम्मको लागि बन्द गरी मोहोर लगाइएका छन्।
10धेरै जना शुद्ध पारिनेछन्, दागरहित
11“दैनिक बलिदानको काम हटाएर विनाशकारी घृणित थोकको स्थापना गरिएको समयदेखि जम्मा एक हजार दुई सय नब्बे दिन हुनेछन्।
12त्यो मानिस धन्य हो, जो पर्खन्छ र एक हजार तीन सय पैँतीस दिनको अन्तसम्म पुग्छ।
13“तिमीचाहिँ अन्तसम्मै आफ्नो बाटो लाग। तिमीले विश्राम गर्नेछौ, र त्यसपछि तोकिएको उत्तराधिकार प्राप्त गर्नलाई तिमी दिनहरूको अन्तमा खड़ा हुनेछौ।”