1प्रजाका अगुवाहरू यरूशलेममा बसोबास गरे, र बाँकी मानिसहरूले चाहिँ दश जनामध्ये एक जना पवित्र सहर यरूशलेममा बस्नलाई चिट्ठा हाले, र बाँकी नौ जनालाई चाहिँ आफ्नै सहरमा बस्नुपर्नेथियो।
2मानिसहरूले यरूशलेममा बस्न राजी हुनेहरूलाई आशीर्वाद दिए।
3यरूशलेममा बस्ने प्रदेशका अगुवाहरू यिनै थिए। कोही इस्राएलीहरू, पूजाहारीहरू, लेवीहरू, मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानहरूचाहिँ यहूदाका सहरहरूमा भएका आफ्नै निजी जग्गाजमिनमा बसे।
4यहूदा र बेन्यामीनका कुलका अरू मानिसहरूचाहिँ यरूशलेममा बसे।
5शेलहको परिवारका मासेयाह, जो बारूकका छोरा, जो कोल-होजेका छोरा, जो हजायाहका छोरा, जो अदायाहका छोरा, जो योयारीबका छोरा, जो जकरियाका छोरा थिए।
6फारेसको परिवारका यरूशलेमा बस्ने जम्मा सबै ४६८ जना वीर-वीर मानिसहरू थिए।
7बेन्यामीनका सन्तानहरू:
8
9
10पूजाहारीहरू:
11सरायाह, जो हिल्कियाहका छोरा, जो मशुल्लामका छोरा, जो सादोकका छोरा, जो मरायोतका छोरा, जो परमेश्वरका भवनको रेखदेख गर्ने अहीतूबका छोरा थिए,
12र मन्दिरको निम्ति काम गर्ने तिनीहरूका सहयोगीहरू सबै जम्मा ८२२ मानिसहरू थिए। अदायाह, जो यरोहामका छोरा, जो पेलाल्याहका छोरा, जो अम्सीका छोरा, जो जकरियाका छोरा, जो पशहूरका छोरा, जो मल्कियाहका छोरा थिए,
13र तिनका सहयोगीहरू जो परिवारका मुखियाहरू थिए— सबै जम्मा २४२ जना थिए। अमाश्शै, जो अज्रेलका छोरा, जो अहजैका छोरा, जो मशिल्लेमोतका छोरा, जो इम्मेरका छोरा थिए,
14र तिनका सहयोगीहरू जो योग्य मानिसहरू थिए— सबै जम्मा १२८ जना थिए। तिनीहरूका प्रमुख अधिकृतचाहिँ हग्गदोलीमका छोरा जब्दीएल थिए।
15लेवीहरू: शमायाह, जो हश्शूबका छोरा, जो अज्रीकामका छोरा, जो हशब्याहका छोरा, जो बुन्नीका छोरा थिए।
16लेवीहरूका दुई जना मुखियाहरू सब्बतै र योजाबाद थिए। तिनीहरू परमप्रभुका भवनको बाहिरका कामका जिम्मावाल थिए।
17मत्तन्याह, जो मीयकाका छोरा, जो जब्दीका छोरा, जो आसापका छोरा थिए। तिनी स्तुति-प्रशंसा र प्रार्थनाको सेवाका निर्देशक थिए। तिनका सहयोगीहरूमध्ये दोस्रो स्थान लिने बक्बुक्याह थिए। अब्दा, जो शम्मूअका छोरा, जो गालालका छोरा, जो यदूतूनका छोरा थिए।
18पवित्र सहरमा लेवीहरूको संख्या जम्मा २८४ थियो।
19द्वारपालहरू:
20बाँकी इस्राएलीहरूचाहिँ, पूजाहारीहरू र लेवीहरूका साथ, हरेक आ-आफ्नै पुर्खाका अधिकारको जग्गामा यहूदाका सबै सहरहरूमा थिए।
21ओफेल डाँड़ामा मन्दिरका सेवकहरू बसे। सीहा र गिश्पा तिनीहरूका जिम्मावाल थिए।
22यरूशलेममा भएका लेवीहरूका प्रमुख अधिकृतचाहिँ उज्जी थिए, जो बानीका छोरा, जो हशब्याहका छोरा, जो मत्तन्याहका छोरा, जो मीयकाका छोरा थिए। उज्जीचाहिँ आसापका सन्तान थिए। ती आसापका सन्तानहरू परमेश्वरको भवनका सेवाको निम्ति गाउने जिम्मा लिएकाहरू थिए।
23ती गवैयाहरू राजाका हुकुममुनि थिए, जसले तिनीहरूको दैनिक कार्यको निर्देशन गर्दथ्यो।
24मानिसहरूका कारोबारको सम्बन्धमा राजाका सेवक पतहियाह थिए, जो यहूदाका छोरा जेरहका परिवारका मशेजेबेलका छोरा थिए।
25खेतबारी भएका गाउँहरूमा यहूदाका कोही मानिसहरू किर्यत-अर्बा र त्यसका बस्तीहरू, दीबोन र त्यसका बस्तीहरू, यकब्सेल र त्यसका गाउँहरू,
26येशूअ, मोलादा, बेथ-पालेत,
27हसरशूआल, बेर्शेबा र त्यसका बस्तीहरू,
28सिक्लग, मकोना र त्यसका बस्तीहरू,
29एन-रिम्मोन, सोरा, यर्मूत,
30जानोह, अदुल्लाम र त्यसका बस्तीहरू, लाकीश र त्यसका खेतहरू, र आजेका र त्यसका बस्तीहरूमा बस्थे। यसरी तिनीहरूले बेर्शेबादेखि हिन्नोमको बेँसीसम्मको देश ओगटे।
31बेन्यामीनका गेबाबाटका सन्तानहरूचाहिँ मिकमाश, अय्या, बेथेल र त्यसका बस्तीहरू,
32अनातोत, नोब र हननिया,
33हासोर, रामा, गित्तैम,
34हादीद, सबोयीम, नबलत,
35लोद, ओनो र कारीगरहरूको बेँसीमा बसे।
36यहूदामा भएका लेवीहरूका कुनै-कुनै भागचाहिँ बेन्यामीनमा बसोबास गरे।