1शालतिएलका छोरा यरुबाबेल र येशूअसँग फर्किआएका पूजाहारीहरू र लेवीहरू यिनै हुन्:
2सरायाह, यर्मिया, एज्रा, अमर्याह, मल्लूक, हत्तूश,
3शकन्याह, रेहूम, मरेमोत,
4इद्दो, गिन्नतोन, अबिया,
5मियामीन, मदाहा, बिल्गा,
6शमायाह, योयारीब, यदायाह,
7सल्लू, अमोक, हिल्कियाह र यदायाह। येशूअको पालोमा पूजाहारीका अगुवाहरू र तिनीहरूका सहयोगीहरू यिनै थिए।
8लेवीहरू:
9
10येशूअ योयाकीमका पिता थिए। योयाकीम एल्यासीबका पिता थिए। एल्यासीब योयादाका पिता थिए।
11योयादा जोनाथनका पिता थिए, र जोनाथन यद्दूअका पिता थिए।
12योयाकीमको पालोमा यी पूजाहारीहरू आ-आफ्ना परिवारका मुखिया थिए:
13
14
15
16
17
18
19
20
21
22एल्यासीब, योयादा, योहानान र यद्दूअका पालाका लेवीहरूका परिवारहरूका तथा पूजाहारीका मुखियाहरूका नाउँ फारसी राजा दाराको शासनकालमा लेखिएका थिए।
23लेवी परिवारहरूका मुखियाहरूका नाउँचाहिँ एल्यासीबका छोरा योहानानको पालासम्मै इतिहासको पुस्तकमा लेखिएका थिए।
24लेवीहरूका अगुवाहरू हशब्याह, शरेबियाह, कादमीएलका छोरा येशूअ, र तिनीहरूका सहयोगीहरू, जो तिनीहरूका सामुन्ने खड़ा हुन्थे र आ-आफ्नो पालोमा परमेश्वरका मानिस दाऊदले तोकेअनुसार पालैपालो स्तुति गर्ने र धन्यवाद चढ़ाउने गर्थे।
25मत्तन्याह, बक्बुक्याह, ओबदिया, मशुल्लाम, तल्मोन र अक्कूबचाहिँ मूल ढोकाका भण्डार-कोठाहरूमा रक्षा दिने द्वारपालहरू थिए।
26येशूअका छोरा, योसादाकका नाति योयाकीमको पालोमा र राज्यपाल नहेम्याह र पूजाहारी-शास्त्री एज्राका पालामा तिनीहरूले सेवा गरेका थिए।
27यरूशलेमका पर्खालको समर्पण गर्दा यरूशलेममा रमाहट गरेर धन्यवादका भजन गाउँदै, झ्याली, सारङ्गी र वीणाका साथमा समर्पणको उत्सव मनाउन तिनीहरूले लेवीहरूलाई आफू बसेका सबै निवास-स्थानहरूबाट खोजेर ल्याए।
28गवैयाहरू यरूशलेमको चारैतिरका ठाउँहरूबाट, अर्थात् नतोपातीहरूका गाउँहरूबाट,
29बेथ-गिलगालबाट, अनि गेबा र अज्मावेतका इलाकाहरूबाट ल्याइएका थिए, किनभने ती गवैयाहरूले यरूशलेमका चारैतिर आफ्ना निम्ति गाउँहरू बनाएका थिए।
30पूजाहारीहरू र लेवीहरूले विधिअनुसार आफू-आफूलाई पवित्र गरे। त्यसपछि तिनीहरूले मानिसहरू, मूल ढोकाहरू र पर्खाललाई शुद्ध पारे।
31तब मैले यहूदाका अगुवाहरूलाई सहरको पर्खालमाथि जान लाएँ। साथै धन्यवाद दिन दुई वटा ठूला स्तुति गाउनेहरूका दल नियुक्त गरें। एक दल दाहिनेतिर पर्खालमा फोहोर ढोकासम्म जानुपर्थ्यो।
32त्यस दलको पछिपछि होशयाह र यहूदाका आधा अगुवाहरूका साथमा
33अजर्याह, एज्रा, मशुल्लाम,
34यहूदा, बेन्यामीन, शमायाह र यर्मिया लागे।
35तुरहीको साथमा कति जना पूजाहारीहरू, र जकरिया, जो जोनाथनका छोरा, जो शमायाहका छोरा, जो मत्तन्याहका छोरा, जो मीकायाका छोरा, जो जक्कूरका छोरा,
36जो आसापका छोरा थिए, र तिनका सहयोगीहरू— शमायाह, अज्रेल, मिललै, गिललै, माऐ, नतनेल, यहूदा र हनानी— परमेश्वरका जन दाऊदले तोकेका बाजाहरूका साथमा थिए। शास्त्री एज्राचाहिँ जुलूसका अगुवा थिए।
37तिनीहरू फुहारा ढोकाबाट भएर दाऊदको सहरका सिँढ़ीहरूबाट सोझै पर्खालमा उकालो चढ्ने बाटो भएर दाऊदको घर नाघेर पूर्वतिर भएको पानी ढोकासम्म गए।
38भजन गाउँदै हिँड्ने दोस्रो दलचाहिँ देब्रेतिर लाग्यो। तिनीहरूका पछिपछि मानिसको आधा भागसँग म हिँडें। यो दल पर्खाल माथिमाथि भट्टीको बुर्जा भएर,
39चौड़ा पर्खालसम्म र एफ्राइमको ढोका, येशना ढोका, माछा ढोका, हननेलको बुर्जा र सयको बुर्जादेखि भेड़ा ढोकासम्म गएपछि तिनीहरू गारदको ढोकामा अड़िए।
40ती दुई भजन गाउने दल परमप्रभुको भवनमा आ-आफ्नै स्थानमा बसे। म पनि अधिकृतहरूको आधा दलसँग बसें।
41यसै गरी पूजाहारीहरू एल्याकीम, मासेयाह, मिन्यामीन, मीकाया, एल्योएनै, जकरिया र हनन्याह तुरहीका साथमा थिए।
42र मासेयाह, शमायाह, एलाजार, उज्जी, येहोहानान, मल्कियाह, एलाम र एसेर पनि थिए। यिज्रहियाहको निर्देशनमा गवैयाहरूले गाए।
43र त्यस दिन तिनीहरूले आनन्द गरेर ठूला बलिदानहरू चढ़ाए, किनकि परमप्रभु परमेश्वरले तिनीहरूलाई रमाहट गर्ने अवसर दिनुभएको थियो। स्त्रीहरू र बाल-बालिकाहरूले पनि आनन्द मनाए। यरूशलेमको आनन्दउत्सव टाढ़ा-टाढ़ासम्म पनि सुनियो।
44त्यस बेला भेटीहरू अगौटे फलहरू र दशांशका निम्ति भण्डारको जिम्मा लिन, र सहरहरूका वरिपरि बस्तीहरूबाट पूजाहारीहरू र लेवीहरूका निम्ति व्यवस्थाले तोकेबमोजिम हिस्सा बटुल्न मानिसहरू नियुक्त गरिए। किनभने पूजाहारीहरू र लेवीहरूको सेवाबाट सबै यहूदा साह्रै प्रसन्न थिए।
45दाऊद र तिनका छोरा सोलोमनले दिएका नियमअनुसार आफ्ना परमेश्वरको सेवा र शुद्धिको सेवा तिनीहरूले गरे, र यसै गरी गवैयाहरू र द्वारपालहरूले पनि सेवा गरे।
46किनकि उहिले नै दाऊद र आसापको पालोमा गवैयाहरू परमेश्वरको प्रशंसा र धन्यवादका भजनका निम्ति निर्देशकहरू भएका थिए।
47यसैले यरुबाबेल र नहेम्याहका पालामा गवैयाहरू र द्वारपालहरूलाई सबै इस्राएलले प्रतिदिनको चाहिएको भाग दिन्थे। तिनीहरूले अरू लेवीहरूका भाग पनि छुट्ट्याएर राख्थे। अनि लेवीहरूले चाहिँ हारूनका सन्तानको भाग छुट्ट्याएर राख्थे।