1शिमशोन तिम्नामा झरे, र त्यहाँ तिनले एउटी पलिश्ती स्त्रीलाई देखे।
2जब तिनी फर्केर आए तब तिनले आफ्ना बुबा र आमालाई भने, “मैले तिम्नामा एउटी पलिश्ती स्त्री देखेको छु, र मलाई तिनीसँग विवाह गरिदिनुहोस्।”
3तिनका आमा-बुबाले तिनलाई भने, “के हाम्रो आफ्नै कुटुम्बमा अथवा हाम्रै आफ्नो जातिमा कोही स्त्री छैन, र खतना नभएका पलिश्तीहरूकी स्त्रीलाई तैंले विवाह गर्नुपर्छ?”
4पलिश्तीहरू, जो त्यस बेला इस्राएलका शासक थिए, उनीहरूका विरुद्धमा परमप्रभुले मौका हेर्दैहुनुहुन्छ र यसमा परमप्रभुको हात छ भनी तिनका आमा-बुबालाई थाहा थिएन।
5शिमशोन आफ्ना आमा-बुबासँग तिम्नामा झरे, र जब तिनीहरू त्यहाँका दाखबारीहरूमा पुगे तब एउटा जवान सिंहले गर्जंदै शिमशोनलाई झम्ट्यो।
6तब परमप्रभुका आत्मा झट्टै शिमशोनमा आउनुभयो, र तिनको हातमा केही हतियार नभए तापनि तिनले त्यस सिंहलाई एउटा पाठालाई झैँ च्यातचुत गरिदिए। तर आफूले गरेको कुरो तिनले आफ्ना आमा-बुबालाई भनेनन्।
7त्यसपछि तिनी तल झरेर त्यस स्त्रीसँग बातचीत गरे, र त्यस स्त्रीले तिनलाई रिझाई।
8केही समयपछि त्यसलाई विवाह गर्नलाई तिनी फेरि तल झरे। त्यस सिंहको सिनु हेर्नलाई तिनी त्यतातिर लागे, र त्यसमा मौरीसमेतको चाका देखे।
9तिनले मह काढ़ेर हात चाट्दै गए। जब तिनी आफ्ना आमा-बुबाकहाँ आइपुगे तब तिनीहरूलाई पनि केही मह दिए, र तिनीहरूले पनि खाए। तर आफूले त्यो मह सिंहको सिनुबाट काढ़ेको कुरो तिनले तिनीहरूलाई बताएनन्।
10तिनका बुबा त्यो स्त्री हेर्नलाई गए, र दुलहाहरूको दस्तूरअनुसार शिमशोनले त्यहाँ एउटा भोज दिए।
11जब तिनी त्यहाँका मानिसहरूका सामु देखा परे, तब उनीहरूले तीस जना मानिसहरूलाई तिनका साथ जानलाई ल्याए।
12शिमशोनले तिनीहरूलाई भने, “म तिमीहरूलाई एउटा अड्को थाप्छु। यी सात दिनको भोजको समयमा तिमीहरूले त्यो अड्को फुकाउन सक्यौ भने म तिमीहरूलाई तीस थान कपड़ा र तीस जोर लाउने लुगा दिनेछु।
13तर तिमीहरूले त्यो अड्को फुकाउन सकेनौ भने तिमीहरूले मलाई तीस थान कपड़ा र तीस जोर लाउने लुगा दिनुपर्छ।”
14तब तिनले तिनीहरूलाई भने,
15चौथो दिन तिनीहरूले शिमशोनकी पत्नीलाई भने, “तिम्रा पतिलाई फकाऊ र तिनले तिमीलाई त्यो अड्को फुकाइदेऊन्, नत्रता हामी तिमीलाई र तिम्रा बाबाको घरलाई आगो लगाइदिनेछौं। के तिमीले हामीलाई कङ्गाली तुल्याउनलाई निम्तो दियौ?”
16तब शिमशोनकी पत्नीले तिनको सामु रोई-रोईकन भनी, “तपाईं मलाई घृणा गर्नुहुन्छ। तपाईं मलाई प्रेम गर्नुहुन्न। तपाईंले मेरा भाइबन्धुहरूलाई एउटा अड्को थाप्नुभएको छ, तर त्यो मलाई बताउनुभएको छैन।”
17तर भोजको सात दिन समाप्त नहोउञ्जेल त्यो तिनको सामुन्ने रोइबसी। यसैले सातौँ दिनमा त्यसले साह्रै जिद्दी गरेकी हुनाले तिनले त्यसलाई बताइदिए, र त्यसले त्यो अड्को आफ्ना भाइबन्धुहरूलाई बताइदिई।
18त्यसै दिन सूर्य अस्ताउन अघि सहरका मानिसहरूले शिमशोनलाई भने,
19तब परमप्रभुका आत्मा झट्टै शिमशोनमा आउनुभयो। तिनी तल अश्कलोनमा गए, र त्यहाँ तिनले तीस जना मान्छे मारे, र उनीहरूका चीजबीज उतारेर उनीहरूका लुगाहरू ती अड्को फुकाउने मानिसहरूलाई दिए। तर तिनलाई साह्रै रीस उठ्यो, र तिनी आफ्ना बुबाको घरमा गइहाले।
20शिमशोनकी पत्नी लोकन्त हुने मानिसलाई दिइयो।