1येशू ख्रीष्टको प्रकाश, जो परमेश्वरले चाँड़ै हुन आउने कुराहरू आफ्ना सेवकहरूलाई देखाउन उहाँलाई दिनुभयो। उहाँले आफ्नो दूत पठाउनुभएर यो कुरा आफ्नो सेवक यूहन्नालाई प्रकट गरिदिनुभयो।
2यूहन्नाले देखेका सबै कुराहरूको, अर्थात् परमेश्वरको वचन र येशू ख्रीष्टको साक्षीको गवाही दिए।
3त्यो धन्य हो, जसले अगमवाणीका यी वचनहरू उच्च स्वरले पाठ गर्दछ, र धन्य हुन् तिनीहरू, जसले सुन्दछन् र त्यहाँ लेखिएका कुरा पालन गर्दछन्, किनकि समय नजिक छ।
4यूहन्नाबाट एशियामा भएका सात वटा मण्डलीहरूलाई:
5विश्वासयोग्य साक्षी येशू ख्रीष्टदेखि, मृतकबाट प्रथम जीवित हुनुभएको, तथा पृथ्वीका राजाहरूका शासकको तर्फबाट।
6हामीलाई एउटा राज्य, उहाँका पिता र परमेश्वरका पूजाहारीहरू तुल्याउनुहुने, उहाँलाई महिमा र पराक्रम सदासर्वदा होस्। आमेन।
7हेर, उहाँ बादलहरूसाथ आउँदैहुनुहुन्छ, र हरेक आँखाले उहाँलाई देख्नेछ। तिनीहरूले पनि, जसले उहाँलाई घोचे, र पृथ्वीका सबै कुलहरूले उहाँको कारण विलाप गर्नेछन्। यसै होस्। आमेन।
8
9म यूहन्ना, तिमीहरूका दाजु, तिमीहरूका साथसाथै येशूमा भएका कष्ट, राज्य र सहनशीलतामा सहभागी छु। परमेश्वरको वचन र येशू ख्रीष्टको गवाहीको खातिर म पत्मोस भन्ने टापूमा थिएँ।
10प्रभुको दिनमा म आत्मामा थिएँ, र तुरहीको जस्तो एउटा चर्को आवाज मेरो पछाडि यसो भनिरहेको मैले सुनें,
11
12मसँग बोल्नेलाई हेरौं भनेर म पछि फर्के। फर्केर हेर्दा सात वटा सुनका सामदान
13र सामदानहरूका माझमा मानिसको पुत्रजस्तै पाउसम्मै पोशाक लाउनुभएको र छातीमा सुनौला चौडा फित्ता लाउनुभएको एक जनालाई मैले देखें।
14उहाँका शिर र केश ऊनजस्तो सेता र हिउँजस्तै सेता, र उहाँका आँखा आगोका ज्वालाजस्तै थिए।
15उहाँका पाउहरू आगोको भट्टीमा खारेर टल्काएका काँसाजस्ता थिए, र उहाँको सोरचाहिँ उर्लिंदो पानीहरूको आवाजजस्तै थियो।
16उहाँको दाहिने बाहुलीले सात वटा ताराहरू पक्रिराखेको थियो, र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो। उहाँको मुहारचाहिँ पूरा तेजमा चम्केको सूर्यजस्तै थियो।
17जब मैले उहाँलाई देखें, तब म मरेतुल्य भएर उहाँका पाउमा परें। तर उहाँले आफ्नो दाहिने बाहुली यसो भनेर ममाथि राख्नुभयो,
18
19
20