1त्यसपछि नाप्ने टाँगोजस्तै एउटा निगालो मलाई दिइयो, र यसो भनियो, “उठ, र परमेश्वरको मन्दिर र वेदीको नाप लेऊ, र त्यहाँ आराधना गर्नेहरूको गन्ती लेऊ।
2तर मन्दिरबाहिर रहेका आँगनलाई चाहिँ छोड र ननाप, किनकि त्योचाहिँ जाति-जातिहरूलाई दिइएको छ, र बयालीस महिनासम्म पवित्र सहरलाई तिनीहरूले कुल्चीमिल्ची गर्नेछन्।
3मेरा दुई साक्षीहरूलाई एक हजार दुई सय साठी दिनसम्म भाङ्ग्राको वस्त्र लाएर अगमवाणी बोल्ने शक्ति म दिनेछु।”
4पृथ्वीका प्रभुको सामुन्ने खड़ा रहेका जैतूनका दुई रूखहरू र दुई सामदानहरू यी नै हुन्।
5यदि कुनै मानिसले तिनीहरूलाई हानि गर्ने इच्छा गर्यो भने, तिनीहरूका मुखबाट निस्केको आगोले तिनीहरूका शत्रुहरूलाई नाश पार्नेछ। कुनै मानिसले तिनीहरूलाई हानि गर्ने इच्छा गर्यो भने त्यो त्यही किसिमले मारिनेछ।
6तिनीहरूले अगमवाणी बोलेका दिनहरूमा पानी नपरोस् भनी आकाश बन्द गर्ने तिनीहरूसित शक्ति छ, र पानीहरूलाई रगत तुल्याउने र तिनीहरूलाई इच्छा लागेको बेलामा पृथ्वीमा हरकिसिमका विपत्ति ल्याउने तिनीहरूसित शक्ति छ।
7तिनीहरूले आफ्नो गवाहीको काम सिद्ध्याइसकेपछि अतल कुण्डबाट निस्किआउने त्यस पशुले तिनीहरूसँग लड़ाइँ गरी तिनीहरूलाई जितेर मार्नेछ।
8तिनीहरूका लाशहरू त्यस ठूलो सहरको सड़कमा पड़िरहनेछन्, जुन सहरलाई सांकेतिक रूपमा सदोम र मिश्र भनिन्छ, जहाँ तिनीहरूका प्रभु क्रूसमा टाँगिनुभएको थियो।
9साढ़े तीन दिनसम्म तिनका लाशहरूलाई मानिसहरू, कुलहरू, भाषाहरू र जाति-जातिका मानिसहरूले हेर्नेछन् र ती लाशहरू गाड्न दिनेछैनन्।
10पृथ्वीमा रहनेहरू तिनीहरूका मृत्युमा रमाउनेछन्, आनन्द मनाउनेछन् र आपसमा उपहार लिने-दिने गर्नेछन्। किनभने ती दुई अगमवक्ताहरूले पृथ्वीमा रहनेहरूलाई सास्ती दिएका थिए।
11साढ़े तीन दिनपछि परमेश्वरबाट आएको जीवनको सास तिनीहरूभित्र पस्यो, र तिनीहरू आफ्ना गोडामा खड़ा भए, अनि तिनीहरूलाई देख्नेहरूमाथि ठूलो डर छायो।
12अनि तिनीहरूले स्वर्गबाट यस्तो एउटा ठूलो आवाज सुने, “यता माथि आओ।” र तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै तिनीहरू बादलमा स्वर्गतिर गए।
13त्यही घड़ी ठूलो भूकम्प गयो, र सहरको दशौँ भाग ढल्यो, र भूकम्पमा सात हजार मानिसहरू मारिए। अरू बाँचेकाहरू डराए र स्वर्गका परमेश्वरलाई महिमा दिए।
14दोस्रो विपत्ति बित्यो, “हेर, तेस्रो विपत्ति चाँड़ै आउँदैछ।”
15अनि सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, र त्यसपछि स्वर्गमा यसो भन्ने ठूला-ठूला आवाज गुञ्जिए,
16अनि परमेश्वरको सामुन्ने आ-आफ्ना सिंहासनमा बस्ने ती चौबीसै धर्म-गुरुहरूले घोप्टो परी परमेश्वरलाई दण्डवत् गरे,
17भन्न लागे,
18
19स्वर्गमा परमेश्वरको मन्दिर खोलियो, र उहाँको मन्दिरभित्र उहाँका करारको सन्दूक देखियो। बिजुलीका चमक देखिए। आवाज र मेघ गर्जनहरू सुनिए। भूकम्प गए र ठूला-ठूला असिना परे।