1तब मन्दिरबाट आएको एउटा चर्को सोरले सात स्वर्गदूतहरूलाई यसो भनिरहेको मैले सुनें: “तिमीहरू जाओ, र परमेश्वरका क्रोधका सात कचौरा पृथ्वीमाथि खन्याओ।”
2तब पहिलो स्वर्गदूतले गएर आफ्नो कचौरो पृथ्वीमाथि खन्याए, र त्यसले गर्दा त्यस पशुको छाप हुने र त्यसको मूर्तिलाई पुज्ने मानिसहरूलाई घिनलाग्दा र दुख्ने घाउ-खटिरा निस्के।
3दोस्रो स्वर्गदूतले आफ्नो कचौरो समुद्रमा खन्याए, र त्यो मरेका मानिसको रगतजस्तै भयो। अनि समुद्रमा भएका सबै जीवित प्राणीहरू मरे।
4अनि तेस्रो स्वर्गदूतले आफ्नो कचौरो नदीहरू र पानीका मूलहरूमा खन्याए, र ती रगतै भइहाले।
5तब पानीको जिम्मा लिने स्वर्गदूतले यसो भनिरहेका मैले सुनें,
6
7तब वेदीले यसो भनिरहेको मैले सुनें,
8त्यसपछि चौथो स्वर्गदूतले आफ्नो कचौरो सूर्यमाथि खन्याए, र मानिसहरूलाई अग्निले डढ़ाउने अनुमति सूर्यलाई दिइयो।
9मानिसहरू प्रचण्ड तापले डढ़े, र तिनीहरूले ती विपत्तिहरूमाथि अधिकार भएका परमेश्वरका नाउँको निन्दा गरे। तर तिनीहरूले पश्चात्ताप गर्न र उहाँलाई महिमा दिन इन्कार गरे।
10अनि पाँचौँ स्वर्गदूतले आफ्नो कचौरो त्यस पशुको सिंहासनमा खन्याए, र त्यसको राज्यमा अन्धकार छायो, र वेदनामा मानिसहरूले आ-आफ्नो जिब्रो टोके।
11तिनीहरूका वेदना र घाउ-खटिराले गर्दा तिनीहरूले स्वर्गका परमेश्वरलाई सरापे। तर आफूले गरेका कुकर्मबाट पश्चात्ताप गर्न तिनीहरूले इन्कार गरे।
12तब छैटौँ स्वर्गदूतले आफ्नो कचौरो महानदी यूफ्रेटिसमा खन्याए, र नदीको पानी सुकिहाल्यो र पूर्वबाट आउने राजाहरूका निम्ति मार्ग तयार भयो।
13तब मैले अजिङ्गरको मुखबाट, त्यस पशुको मुखबाट र झूटो अगमवक्ताको मुखबाट भ्यागुताहरूजस्ता तीन वटा घृणित आत्माहरू निस्किरहेका देखें।
14तिनीहरू चमत्कार देखाउने दुष्टात्माहरू हुन्। तिनीहरू समस्त संसारका राजाहरूकहाँ जाँदछन्, र सर्वशक्तिमान् परमेश्वरको महान् दिनमा युद्ध गर्नलाई तिनीहरूलाई भेला गर्छन्।
15
16तिनीहरूले राजाहरूलाई त्यस ठाउँमा भेला गरे जसलाई हिब्रू भाषामा आर-मागेड्डोन भनिन्छ।
17अनि सातौँ स्वर्गदूतले आफ्नो कचौरो हावामा खन्याए, र मन्दिरको सिंहासनबाट यसो भन्ने एउटा चर्को आवाज निस्क्यो, “अब सिद्धियो।”
18तब बिजुली चम्के, आवाजहरू र मेघ गर्जनहरू भए, र भयानक भूकम्प गयो, यति भयानक भूकम्प कि पृथ्वीमा मानिसहरूको उत्पत्ति भएदेखि यसो कहिल्यै गएको थिएन।
19त्यो महानगरी तीन भागमा टुक्रा-टुक्रा भयो, र देश-देशका सहरहरू ध्वंस-विध्वंस भए। परमेश्वरलाई महान् बेबिलोनको याद आयो, र उहाँले आफ्नो क्रोधको भयानक मद्यले भरिएको कचौरो त्यसलाई पिउन दिनुभयो।
20अनि हरेक टापू लोप भएर गयो र पहाड़हरू बेपत्ता भए।
21चालीस-चालीस किलोग्रामका असिना मानिसहरूमाथि ओइरिन लागे, र मानिसहरूले असिनाका विपत्तिको कारण परमेश्वरलाई सराप्न लागे। किनकि यो विपत्ति अति भयानक थियो।