1यसपछि ठूलो अधिकार भएका अर्का एउटा स्वर्गदूत स्वर्गबाट तल आइरहेका मैले देखें। तिनको वैभवले पृथ्वी उज्यालो भयो।
2तिनले यसो भनेर शक्तिशाली सोरले कराए:
2“महानगरी बेबिलोनको पतन भयो, यो महानगरी भूतहरूको वासस्थान, हरेक अशुद्ध आत्मा, र हरेक अशुद्ध तथा घृणित पक्षीको अखड़ा भएको छ। ⓠ
3किनकि सबै जातिहरूले त्यसको अशुद्ध कामवासनाको मद्य पिएका छन्, र पृथ्वीका राजाहरूले त्यससँग व्यभिचार गरेका छन्, र पृथ्वीका व्यापारीहरू त्यसको विलासिताको प्रभावले धनी भएका छन्।” ⓡ
4तब मैले स्वर्गबाट यसो भनिरहेको अर्को आवाज सुनें: “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ, नत्रता त्यसका पापहरूसँग तिमीहरू पनि सहभागी हुनेछौ, र त्यसका विपत्तिहरू तिमीहरू भोग्नेछौ, ⓢ
5किनकि त्यसका पापहरू स्वर्गसम्मै थुप्रो लागेका छन्, र परमेश्वरले त्यसका अधर्महरू सम्झनुभएको छ। ⓣ
6त्यसले जे गरेकी थिई त्यही त्यसलाई देओ, त्यसले गरेका कामको दोबर त्यसलाई फर्काइदेओ त्यसले प्यालामा जे भरेकी थिई, त्यसको दोबर कड़ा हुने गरी त्यसलाई देओ। ⓤ
7त्यसले जत्ति गौरव र सुख-विलास गरेकी थिई, त्यत्तिकै त्यसलाई यातना र शोक देओ। किनकि त्यसले मनमा भन्दछे, ‘महारानी भएर म बसेकी छु, म विधवा होइनँ, मैले कहिल्यै शोक गर्नुपर्नेछैन।’ ⓥ
8‘यसकारण एकै दिनमा त्यसमाथि विपत्तिहरू आउनेछन्— मृत्यु, शोक र अनिकाल। आगोले त्यो भस्म पारिनेछे, किनकि त्यसको इन्साफ गर्ने परमप्रभु परमेश्वर शक्तिशाली हुनुहुन्छ।”
9त्यससँग व्यभिचार गर्ने र सुख-विलासमा रहने पृथ्वीका राजाहरू त्यो जलेको धूवाँ देखेर त्यसको निम्ति रुनेछन् र बिलौना गर्नेछन्। ⓦ
10“हाय! हाय! तँ महानगरी, तँ शक्तिशाली बेबिलोन! एकै छिनमा नै तेरो दण्ड तँमाथि पर्यो।”
11पृथ्वीका व्यापारीहरू त्यसको निम्ति रुनेछन् र बिलौना गर्नेछन्, किनभने कसैले पनि तिनीहरूका व्यापारका मालसामान फेरि कहिल्यै किन्दैनन्, ⓧ
12अर्थात् सुन, चाँदी, रत्न, मोती र मलमलका कपड़ाहरू, बैजनी कपड़ा, रेशम र चहकिलो रातो रङ्गका कपड़ाहरू, र सबै किसिमका सुगन्धित काठ, हरेक किसिमका हस्ति-हाड़का सामग्रीहरू, र हरेक बहुमूल्य काठका, काँसा, फलाम र सिङ्गमरमरका पात्रहरू, ⓨ
14तिनीहरूले भन्नेछन्, “ए बेबिलोन, तेरो मनले चाहेका फलहरू तँबाट गएका छन्, सबै स्वादिष्ठ भोजनहरू र समस्त चमकदमक तैंले गुमाइस्, र ती फेरि कहिल्यै प्राप्त हुनेछैनन्।”
15यी सामानका व्यापारीहरू जसले त्यस नगरीमा व्यापार गरेर धन कमाएका थिए, त्यसमाथि परिआउने यातनाको डरले टाढ़ै उभिएर यसो भन्दै तिनीहरू ठूलो सोरले रुनेछन् र विलाप गर्नेछन्, ⓩ
16“हाय! हाय! त्यो महानगरी, जो मलमल, बैजनी र चहकिलो रातो वस्त्र लगाएर सुन, रत्न र मोतीहरूले सिङ्गारिएकी थिई।
17किनभने एकै घड़ीमा यति धेरै धन नष्ट भएको छ।”
17हरेक जहाजको कप्तान, जहाजमा यात्रा गर्नेहरू, नाविकहरू र सामुद्रिक व्यापारीहरू टाढ़ै उभिए, ⓐ
18र त्यो महानगरी जलेर निस्केको धूवाँ देखेर यसो भनी कराए, “त्यो महानगरीजस्तो कुन सहर थियो?” ⓑ
19अनि तिनीहरूले आ-आफ्ना टाउकामा धुलो हालेर रुँदै र बिलौना गर्दै यसो भनेर कराए,
19“हाय! हाय! त्यो महानगरी जहाँ समुद्रमा जहाज हुने सबै जना त्यसको सम्पत्तिद्वारा धनी भएका थिए। एकै छिनमा त्यो नष्ट भएको छ। ⓒ
20हे स्वर्ग, त्यसको इन्साफमा रमाओ! हे सन्तहरू, प्रेरितहरू र अगमवक्ताहरू, तिमीहरूमाथि गरेका अन्यायको निम्ति परमेश्वरले त्यसको इन्साफ गर्नुभएको छ।” ⓓ
21तब एउटा शक्तिशाली स्वर्गदूतले ठूलो जाँतोजस्तै एउटा ढुङ्गा उठाए, र यसो भनेर त्यसलाई समुद्रमा फाले, “यसरी नै महानगरी बेबिलोन ठूलो वेगले फालिनेछे, र त्यो फेरि कहिल्यै पाइनेछैन। ⓔ
22वीणा बजाउनेहरू, गायकहरू, बाँसुरी बजाउनेहरू र तुरही फुक्नेहरूका धुन तँमा कहिल्यै सुनिनेछैन। र कुनै पनि शिल्पको शिल्पकार तँमा कहिल्यै पाइनेछैन। जाँतोको आवाज तँमा कहिल्यै सुनिनेछैन। ⓕ
23बत्तीको उज्यालो तँमा कहिल्यै चम्कनेछैन। दुलहा र दुलहीको सोर पनि तँमा कहिल्यै सुनिनेछैन। किनकि तेरा व्यापारीहरू पृथ्वीका ठूला-ठूला मानिसहरू थिए, र तेरा मन्त्रतन्त्रले जाति-जातिहरू ठगिएका थिए। ⓖ
24त्यसमा नै अगमवक्ताहरू, सन्तहरू र पृथ्वीमा मारिएकाहरू सबैको रगत पाइएको थियो।” ⓗ