1त्यसपछि मैले स्वर्गबाट एउटा ठूलो भीड़ले चर्को सोरमा यसो भनिरहेको जस्तो सुनें,
2
3तिनीहरूले फेरि एक पल्ट उच्च सोरले भने,
4अनि ती चौबीसै धर्म-गुरु र ती चार जीवित प्राणीहरूले घोप्टो परेर सिंहासनमा विराजमान हुनुभएको परमेश्वरलाई यसो भनेर दण्डवत् गरे,
5तब सिंहासनबाट यसो भनिरहेको एउटा आवाज आयो,
6त्यसपछि एउटा ठूलो भीड़को सोरजस्तो मैले सुनें, उर्लंदो पानीहरूको आवाज र धेरै शक्तिशाली मेघ गर्जनको आवाजजस्तो मैले सुनें, जसले यसो भनिरहेको थियो:
7
8
9अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन्।” तिनले फेरि मलाई भने, “परमेश्वरका सत्य वचनहरू यी नै हुन्।”
10अनि तिनलाई दण्डवत् गर्न म तिनको पाउमा घोप्टो परें। तर तिनले मलाई भने, “तिमीले मलाई यसो गर्नुहुँदैन। म येशूको गवाही कायम राख्ने तिम्रा भाइहरूको र तिम्रो सङ्गी-दास मात्र हुँ। परमेश्वरलाई दण्डवत् गर! किनकि येशूको गवाही अगमवाणीको आत्मा हो।
11मैले स्वर्ग उघ्रेको देखें र त्यहाँ एउटा सेतो घोडा थियो। त्यसमाथि सवार हुनुहुने “विश्वासयोग्य” र “सत्य” कहलाइनुहुन्छ। धार्मिकतामा उहाँले इन्साफ र युद्ध गर्नुहुन्छ।
12उहाँका आँखा आगोका ज्वालाजस्ता थिए, र उहाँका शिरमा धेरै राजमुकुट थिए। उहाँमा एउटा नाउँ अङ्कित थियो, जो उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन।
13उहाँले रगतमा चोबलिएको पोशाक पहिरनुभएको थियो, र उहाँको नाउँ “परमेश्वरको वचन” थियो।
14स्वर्गका सेनाहरू सेता र स्वच्छ मलमलका वस्त्र पहिरिई सेता घोडाहरूमा चड़ेर उहाँको पछिपछि लागे।
15जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ, र उहाँले फलामको डन्डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ। सर्वशक्तिमान् परमेश्वरका क्रोधको दाख-कुण्ड उहाँले कुल्चनुहुन्छ।
16उहाँका पोशाक र तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” अङ्कित छ।
17तब मैले एउटा स्वर्गदूत सूर्यमा उभिरहेका देखें। तिनले मध्य आकाशमा उड्ने सबै पक्षीहरूलाई चर्को सोरले यसो भने, “आओ, परमेश्वरको ठूलो भोजमा भेला होओ।
18तिमीहरूले राजाहरू, कप्तानहरू, शक्तिशाली मानिसहरू र घोडाहरू र तीमाथि सवार हुनेहरू, फुक्का र कमारा-कमारीहरू, ठूला र साना सबैको मासु खानेछौ।”
19अनि घोडामा सवार हुने र उहाँका सेनाहरूका विरुद्धमा युद्ध गर्न त्यो पशु र पृथ्वीका राजाहरू र तिनका सेनाहरू भेला भएका मैले देखें।
20तब त्यो पशु र त्यसको उपस्थितिमा अचम्म काम गर्ने झूटो अगमवक्ता दुवै पक्राउ परे। यी अचम्मका कामहरूद्वारा त्यस झूटो अगमवक्ताले त्यस पशुको छाप लिने र त्यसको मूर्तिको पूजा गर्नेहरूलाई बहकाएको थियो। यी दुवै जलिरहेको गन्धकको अग्नि-कुण्डमा जिउँदै फालिए।
21बाँकी रहेकाहरूचाहिँ घोडामाथि सवार हुनुहुनेको मुखबाट निस्केको तरवारद्वारा मारिए, र सबै पक्षीहरूले तिनका मासु अघाउञ्जेल खाए।