1तब तिनले मलाई स्फटिकजस्तै चहकिलो जीवनका पानीको नदी देखाए। त्यो नदी परमेश्वरको र थुमाको सिंहासनबाट निस्की
2त्यस सहरका सड़कको बीचबाट बगिरहेको थियो। त्यस नदीका किनारमा जीवनको वृक्ष थियो, जसले हरेक महिना बाह्रै किसिमका फलहरू दिइरहन्थ्यो। त्यसका पातहरूचाहिँ जाति-जातिहरूलाई निको पार्नका निम्ति थिए।
3अबदेखि उसो त्यहाँ कहिल्यै सराप हुनेछैन। परमेश्वर र थुमाको सिंहासन त्यहाँ हुनेछ, र उहाँका दासहरूले उहाँको आराधना गर्नेछन्।
4तिनीहरूले उहाँको मुहार देख्नेछन्, र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ।
5त्यहाँ फेरि रात हुनेछैन, तिनीहरूलाई बत्ती वा घामको उज्यालो चाहिनेछैन, किनकि परमप्रभु परमेश्वर नै तिनीहरूको उज्यालो हुनुहुनेछ, र तिनीहरूले सदासर्वदै राज्य गर्नेछन्।
6तिनले मलाई भने, “यी वचन भरपर्दा र सत्य छन्। अब चाँड़ै हुन आउने कुराहरू आफ्ना दासहरूलाई देखाउन परमप्रभु, अगमवक्ताहरूका आत्माका परमेश्वरले आफ्ना स्वर्गदूत पठाउनुभयो।”
7
8यी कुरा सुन्ने र देख्ने म यूहन्ना हुँ। जब मैले यी कुरा सुनें र देखें, तब मलाई यी कुरा देखाउने स्वर्गदूतको पाउमा दण्डवत् गर्न म घोप्टो परें।
9तर तिनले मलाई भने, “हेर, तिमीले यसो गर्नुहुँदैन। म त तिम्रो र अगमवाणी बोल्ने तिम्रा भाइहरू र यस पुस्तकका वचन पालन गर्नेहरूका सङ्गी-दास मात्र हुँ। परमेश्वरलाई दण्डवत् गर।”
10तब तिनले मलाई यसो भने, “यस पुस्तकको अगमवाणीका वचनमा मोहोर नलगाऊ, किनकि समय नजिकै छ।
11दुष्ट काम गर्नेले दुष्ट काम गरिरहोस्, अश्लील काम गर्नेले अश्लील काम गरिरहोस्, धर्मात्माले धार्मिक कार्य गरिरहोस्, र पवित्र जनचाहिँ पवित्र नै भइरहोस्।”
12
13
14
15
16
17पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस्।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस्।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस्।
18यस पुस्तकको अगमवाणीका वचन सुन्ने हरेक मानिसलाई म चेताउनी दिन्छु:
19अनि कसैले यस अगमवाणीको पुस्तकका वचनबाट केही घटायो भने, यस पुस्तकमा लेखिएका जीवनको वृक्ष र पवित्र सहरबाट त्यसले पाउने हिस्सा परमेश्वरले त्यसबाट खोस्नुहुनेछ।
20यी कुराको गवाही दिनेले भन्नुहुन्छ,
21प्रभु येशूको अनुग्रह सबै सन्तहरूसँग रहोस्। आमेन।