1यसपछि मैले हेरें, र स्वर्गमा एउटा ढोका देखें, जो खुला थियो। मैले पहिले सुनेको सोर तुरहीको जस्तो आवाजमा मसँग यसरी बोलिरहेको थियो—
2म तुरुन्तै आत्मामा भएँ। हेर, स्वर्गमा एउटा सिंहासन थियो, र एक जना त्यस सिंहासनमा विराजमान हुनुहुन्थ्यो।
3त्यहाँ विराजमान हुनुहुनेको मुहार बिल्लौर र लालमणिजस्तै देखिन्थ्यो, र सिंहासनको वरिपरि पन्नाजस्तो इन्द्रेनी थियो।
4त्यस सिंहासनको वरिपरि चौबीस सिंहासनहरू थिए, र शिरमा सुनका मुकुटहरू र सेता पोशाकहरू पहिरेका चौबीस जना धर्म-गुरुहरू ती सिंहासनमा बसेका मैले देखें।
5त्यस सिंहासनबाट बिजुलीहरू, आवाजहरू र गर्जनहरू निस्केर आउँथे, र त्यस सिंहासनको सामुन्ने आगोका सात वटा बत्तीहरू बलिरहेका थिए। यी परमेश्वरका सात आत्माहरू हुन्।
6सिंहासनको अगि स्फटिकतुल्य काँचको समुद्रजस्तो थियो।
7पहिलो प्राणी सिंहजस्तै थियो, दोस्रो प्राणी बहरजस्तै, तेस्रो प्राणीको अनुहार मानिसको जस्तै र चौथो प्राणी उड़िरहेको गरुडजस्तै थियो।
8ती चारै वटा प्राणीका छ-छ वटा पखेटा थिए र चारैपट्टि र भित्रपट्टि आँखाहरूले भरिएका थिए। दिनरात तिनीहरू नथामिकन यसो भन्दै गाइरहन्छन्,
9जब-जब ती जीवित प्राणीहरूले सिंहासनमा विराजमान हुनुहुने र जो सदासर्वदा जीवित रहनुहुन्छ, उहाँलाई महिमा, आदर, धन्यवाद चढ़ाउँछन्,
10तब ती चौबीस जना धर्म-गुरुहरू सिंहासनमा विराजमान हुनुहुनेको सामुन्ने घोप्टो पर्दछन्, र सदासर्वदा जीवित रहनुहुनेलाई दण्डवत् गर्दछन्, र तिनीहरूका आ-आफ्ना मुकुट सिंहासनको सामुन्ने राखेर यसरी गाउँछन्:
11