1यसपछि पृथ्वीमा वा समुद्रमा वा रूखमा बतास नचलोस् भनी चार स्वर्गदूतहरू पृथ्वीका चारै बतासलाई रोकेर पृथ्वीका चार कुनामा उभिरहेका मैले देखें।
2तब जीवित परमेश्वरको मोहोर साथमा लिई अर्को एक जना स्वर्गदूत पूर्वबाट उक्लेका मैले देखें। पृथ्वी र समुद्रलाई हानि पुर्याउने अख्तियार दिइराखेका चार स्वर्गदूतलाई यसो भनेर तिनले चर्को सोरले भने,
3“हामीले हाम्रा परमेश्वरका दासहरूका निधारमा मोहोर नलाउञ्जेल पृथ्वी, समुद्र वा रूखहरूलाई केही हानि नगर।”
4तब मैले मोहोर लगाइएकाहरूको संख्या सुनें। तिनीहरू एक लाख चवालीस हजार थिए, र तिनीहरू इस्राएलका सन्तानको प्रत्येक कुलबाट थिए।
5
6
7
8
9यसपछि कुनै मानिसले गन्न नसक्ने एउटा ठूलो भीड, जो हरेक जाति, सबै कुलहरू, मानिसहरू र भाषा बोल्नेबाट थियो, सेता पोशाक पहिरेर हातमा खजूरका हाँगा लिई सिंहासन र थुमाको सामुन्ने उभिरहेको मैले देखें।
10तिनीहरू उच्च सोरले कराए:
11अनि सिंहासन, धर्म-गुरुहरू र चार जीवित प्राणीहरूका वरिपरि सबै स्वर्गदूतहरू उभिए, र तिनीहरू सिंहासनको सामुन्ने घोप्टो परी यसो भन्दै परमेश्वरलाई दण्डवत् गरे।
12
13धर्म-गुरुहरूमध्ये एक जनाले मलाई सोधे, “यी सेता पोशाक लाउनेहरू को हुन्, र कहाँबाट आएका हुन्?”
14अनि मैले तिनलाई भने, “हजुर, तपाईं नै जान्नुहुन्छ।” तिनले मलाई भने, “यिनीहरू ती नै हुन्, जुनहरू महासङ्कष्टबाट आएका हुन्, र तिनीहरूले आ-आफ्ना पोशाकहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्।
15यसैकारण,
16
17