1इस्राएलीहरूका सारा समुदाय एलीमबाट यात्रा गरेर मिश्रबाट निस्केको दोस्रो महिनाको पन्ध्रौँ दिनमा, एलीम र सीनै पर्वतको बीचमा भएको सीनको उजाड़-स्थानमा आइपुगे।
2तब सारा समुदाय त्यहाँ मोशा र हारूनसित गनगनाउन लागे।
3अनि इस्राएलीहरूले तिनीहरूलाई भने, “हामी मिश्रमा मासुका कराहीहरूका वरिपरि बसी अघाउञ्जेल खाना खान्थ्यौं। त्यसै बेला हामी परमप्रभुको हातबाट मरेका भएदेखि असल हुनेथियो। तर तपाईंहरूले हामी र हाम्रा यस जम्मै समुदायलाई भोकले मार्न उजाड़-स्थानमा ल्याउनुभएको छ।”
4तब परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीहरूका निम्ति स्वर्गबाट रोटी वर्साउनेछु। मानिसहरूले दिनहुँ बाहिर गएर एक दिनको हिस्सा बटुलून्। यसरी तिनीहरू मेरा आदेशमा हिँड्छन् कि हिँड्दैनन् सो म जाँच गर्न सकूँला।
5छैटौँ दिन तिनीहरूले जति बटुल्छन् त्यो तयारी पारिराखून्, र त्यो अरू दिनभन्दा दोबर होस्।”
6यसकारण मोशा र हारूनले सारा इस्राएलीहरूलाई भने, “बेलुकी तिमीहरूले थाहा पाउनेछौ, कि परमप्रभुले नै तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउनुभएको हो।
7अनि बिहानचाहिँ तिमीहरूले परमप्रभुको महिमा देख्नेछौ, किनकि परमप्रभुको विरुद्धमा गरेको गनगन उहाँले सुन्नुभएको छ। हामी को हौं र तिमीहरू हाम्रा विरुद्धमा गनगनाउँछौ?”
8फेरि मोशाले भने, “परमप्रभुले तिमीहरूलाई बेलुकी खानलाई मासु र बिहान अघाउञ्जेल रोटी दिनुहुनेछ, किनभने तिमीहरूले उहाँको विरुद्ध गरेको गनगन उहाँले सुन्नुभएको छ। हामीचाहिँ को हौं र? तिमीहरूको यो गनगन हाम्रो विरुद्धमा होइन, तर परमप्रभुको विरुद्धमा भएको छ।”
9तब मोशाले हारूनलाई भने, “इस्राएलीका सारा समुदायलाई भन्नुहोस्, ‘परमप्रभुको सामु आओ, किनभने उहाँले तिमीहरूको गनगन सुन्नुभएको छ’।”
10अनि इस्राएलका सारा समुदायसित हारून बोल्दा, तिनीहरूले उजाड़-स्थानतिर हेरे। त्यहाँ परमप्रभुको महिमा बादलमा देखियो।
11परमप्रभुले मोशालाई भन्नुभयो,
12“इस्राएलीहरूको गनगन मैले सुनेको छु। तिनीहरूलाई भन्, ‘बेलुकी तिमीहरूले मासु खानेछौ, र बिहान रोटीले अघाउनेछौ। तब म परमप्रभु तिमीहरूका परमेश्वर रहेछु भन्ने तिमीहरूले थाहा पाउनेछौ’।”
13तब बेलुकी बट्टाई चराहरू आएर छाउनी नै ढाके, र बिहानचाहिँ छाउनीका चारैतिर शीत परिरह्यो।
14जब त्यो शीत सुक्यो तब जमिनमा परेको तुसारोझैँ ससाना डल्ला उजाड़-स्थानभरि रहेछन्।
15इस्राएलीहरूले त्यो देखेर आपसमा भन्न लागे, “यो के हो?” किनकि तिनीहरूले त्यो के हो भनी जान्दैनथे।
16परमप्रभुले यो आज्ञा गर्नुभएको छ: ‘यसबाट हरेकले आफूले खाने जति बटुल। तिमीहरूका आ-आफ्नो पालमा हुने हरेकको निम्ति एक-एक ओमेर
17इस्राएलीहरूले त्यसै गरे, कसैले धेरै, कसैले थोरै बटुले।
18जब तिनीहरूले त्यो ओमेरले नापे, तब धेरै बटुल्नेको ज्यादा भएन र थोरै बटुल्नेको कम भएन। तिनीहरू हरेकले आफूले खाने जति नै बटुले।
19तब मोशाले तिनीहरूलाई भने, “कसैले पनि त्यसबाट केही पनि बिहानसम्म नराखोस्।”
20तर तिनीहरूमध्ये कसैले मोशाको कुरा सुनेनन्, र तिनीहरूले त्यसबाट केही भाग बिहानसम्मै राखे। तर त्यसमा कीरा लागेर गन्हाउन लाग्यो। मोशा तिनीहरूसित क्रोधित भए।
21यसरी बिहान-बिहान तिनीहरू हरेक मानिसले आफूले खाने जति बटुल्थे, र घाम छिप्पिएपछि त्यो बिलाइहाल्थ्यो।
22छैटौँ दिनचाहिँ तिनीहरूले दोबर, अर्थात् हरेकको निम्ति दुई-दुई ओमेर बटुले, अनि समुदायका सबै नाइकेहरू आएर मोशालाई त्यो कुरा बताए।
23तब तिनले तिनीहरूलाई भने, “परमप्रभुले अह्राउनुभएको कुरा यही हो: ‘भोलि विश्रामको दिन हो, परमप्रभुको निम्ति एक पवित्र शबाथ हो। जे पकाउनु छ, सो पकाओ, र जे उमाल्नु छ, सो उमाल। जति उब्रिन्छ त्यो आफ्नो निम्ति बिहानसम्मलाई राख’।”
24मोशाले आज्ञा गरेझैँ त्यो तिनीहरूले बिहानसम्मै छोड़िराखे। त्यो गन्हाएन र त्यसमा कुनै कीरा पनि लागेन।
25तब मोशाले भने, “त्यो आज खाओ, किनकि आज परमप्रभुको निम्ति शबाथ हो। आज त्यो तिमीहरूले भूमिमा पाउनेछैनौ।
26छ दिनसम्म तिमीहरूले त्यो बटुल, तर सातौँ दिन शबाथ हो, र त्यसमा केही हुनेछैन।”
27तरै पनि सातौँ दिनमा मानिसहरूमध्ये कति जना त्यो बटुल्न गए, तर केही पाएनन्।
28तब परमप्रभुले मोशालाई भन्नुभयो, “कहिलेसम्म तिमीहरू मेरा आज्ञा र मेरा आदेशहरू मान्न अस्वीकार गर्नेछौ?
29याद राख, कि परमप्रभुले तिमीहरूलाई शबाथ दिनुभएको छ। यसैकारण परमप्रभुले तिमीहरूका निम्ति छैटौँ दिनमा दुई दिनको भोजन दिनुहुन्छ। सातौँ दिनमा तिमीहरू हरेक जहाँ छौ त्यहीँ नै बसिरहनू, कुनै पनि मानिस आफ्नो डेराबाट बाहिर नजाओस्।”
30यसकारण मानिसहरूले सातौँ दिनमा विश्राम गरे।
31इस्राएलीहरूले त्यस रोटीको नाउँ “मन्न”
32मोशाले भने, “परमप्रभुले यो आज्ञा गर्नुभएको छ: ‘जुन भोजन तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउँदा उजाड़-स्थानमा तिमीहरूलाई खुवाएको थिएँ, आउने पुस्ताहरूले त्यो देखून् भनेर त्यसबाट एक ओमेर पुस्तौँ-पुस्तौँसम्म राख’।”
33अनि मोशाले हारूनलाई भने, “एउटा भाँड़ो लिएर त्यसमा एक ओमेर मन्न हाल्नुहोस्, र आउने पुस्ताहरूका निम्ति परमप्रभुको अगाड़ि राख्नुहोस्।”
34तब परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम हारूनले गवाही-पाटीको सामु रहिरहोस् भनेर मन्न राखे।
35इस्राएलीहरूले मानिसले बसोबास गरेको जमिनसम्म नपुगुञ्जेल चालीस वर्षसम्म मन्न खाइरहे। कनान देशको सिमानामा नपुगुञ्जेल तिनीहरूले त्यो मन्न खाइरहे।
36(एक ओमेर आधा पाथी हो।)