1अनि यी सब कुरा परमेश्वरले भन्नुभयो:
2“म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात् दासत्वको देशबाट निकालेर ल्याएँ।
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18जब सारा मानिसहरूले गर्जन, बिजुली र तुरहीको आवाज सुने र पर्वतबाट धूवाँ उठिरहेको देखे, तब तिनीहरू थरथर काँपे र टाढ़ै उभिरहे।
19तिनीहरूले मोशालाई भने, “तपाईं हामीसित कुरा गर्नुहोस् र हामी सुन्नेछौं, तर परमेश्वर हामीसित नबोलून्, नत्रता हामी मर्नेछौं।”
20मोशाले मानिसहरूलाई भने, “नडराओ, किनकि परमेश्वर तिमीहरूलाई जाँच्नलाई, र उहाँको भय तिमीहरूका सामु रहोस्, र तिमीहरूले पाप नगर भनेर आउनुभएको छ।”
21मानिसहरू टाढ़ै उभिरहे। परमेश्वर हुनुभएको त्यो बाक्लो बादलमा उहाँको नजिक मोशा गए।
22तब परमप्रभुले मोशालाई भन्नुभयो, “तैंले इस्राएलीहरूलाई यसो भन्नू: स्वर्गबाट म तिमीहरूसित बातचीत गरेको तिमीहरू आफैले सुनेका छौ।
23मसँगसँगै तिमीहरूले अरू देवताहरू नबनाउनू। तिमीहरूले चाँदीका देवताहरू, सुनका देवताहरू आफ्ना निम्ति नबनाउनू।
24“मेरो निम्ति माटोको वेदी बनाएर त्यसैमा तिमीहरूका होमबलि, मेलबलि, भेड़ाबाख्राहरू र गाईबस्तुहरू चढ़ाउनू। जहाँ-जहाँ म मेरो नाउँको आदर गराउनेछु, त्यहाँ-त्यहाँ आएर म तिमीहरूलाई आशिष् दिनेछु।
25तिमीहरूले मेरो निम्ति ढुङ्गाको वेदी बनाउँदा कुँदेको ढुङ्गाको वेदी नबनाउनू। किनकि त्यसमा तिमीहरूको हतियार चलाउँदा तिमीहरूले त्यसलाई अशुद्ध पार्नेछौ।
26र मेरै वेदीमा खुट्किलो बनाएर नउक्लनू। किनभने त्यसो गर्दा त्यसमाथि तिमीहरूको नग्नता उघ्रनेछ।