1बजलेलले बबुल काठको सन्दूक बनाए। त्यसको लमाइ दुई हात आधा, चौड़ाइ एक हात आधा र उचाइ एक हात आधाको थियो।
2तिनले त्यसको भित्र र बाहिर निखुर सुनले मोहोरे, र त्यसको वरिपरि सुनको बिट बनाए।
3तिनले त्यसको निम्ति सुनका चार वटा मुन्द्रा ढाले, र ती त्यसका चार खुट्टामा लगाए— दुई वटा मुन्द्रा एकातिर र दुई वटा मुन्द्रा अर्कोतिर।
4तब तिनले बबुल काठका डन्डाहरू बनाएर ती सुनले मोहोरे।
5तिनले ती डन्डाहरू सन्दूकका दुवैतिर भएका मुन्द्राहरूमा त्यो बोक्नका निम्ति हाले।
6तिनले निखुर सुनको एउटा कृपा-आसन बनाए। त्यसको लमाइ दुई हात आधा र चौड़ाइ एक हात आधाको थियो।
7पिटेको सुनका दुई वटा करूबहरू तिनले बनाए। ती तिनले कृपा-आसनका दुवै किनारमा बनाए—
8एउटा करूब एक किनारमा र अर्को करूब अर्को किनारमा। ती दुई करूबहरू र कृपा-आसन एउटै टुक्रा सुनबाट त्यसका दुवै किनारमा बनाए।
9ती करूबहरूले आ-आफ्ना पखेटा माथितिर फिँजाएर पखेटाले कृपा-आसनमाथि छाया पारेका थिए। तिनीहरूका मुखचाहिँ आमनेसामने कृपा-आसनतिर फर्केका थिए।
10तिनले बबुल काठको टेबिल बनाए। त्यसको लमाइ दुई हात, चौड़ाइ एक हात र उचाइ एक हात आधाको थियो।
11तिनले त्यो निखुर सुनले मोहोरे, र त्यसका चारैतिर सुनको बिट लगाए।
12तिनले त्यसका चारैतिर चार अङ्गुल चौड़ा भएको एउटा घेरो बनाए, र घेरोका चारैतिर सुनको बिट लगाए।
13टेबिलको निम्ति तिनले सुनका चार वटा मुन्द्रा ढालेर बनाए, र ती मुन्द्राहरू त्यसका चार खुट्टा भएका चारै कुनामा लगाए।
14ती मुन्द्राहरू टेबिल बोक्ने डन्डाहरूका निम्ति ठाउँ हुनलाई घेरेको छेवैमा थिए।
15तिनले टेबिल बोक्नलाई ती डन्डाहरू बबुल काठका बनाएर तिनलाई सुनले मोहोरे।
16तिनले टेबिलका सामानहरू, अर्थात् थालहरू, धूपदानहरू, कचौराहरू र अर्घ खन्याउनका निम्ति करुवाहरू सबै निखुर सुनका बनाए।
17तिनले निखुर सुनलाई पिटेर सामदान बनाए। त्यसका आधार, डन्डा, फूलजस्ता कचौरा, कोपिला र फूलहरू सबै त्यही एउटै टुक्राबाट थिए।
18त्यसका छ वटा हाँगा बाहिरतिर निस्केका थिए— तीन वटा हाँगा सामदानको एकातिर र तीन वटा हाँगा अर्कोतिर।
19एउटा हाँगामा हाड़े-बदामका फूलजस्ता तीन कचौरा, र साथै कोपिला र फूलहरू थिए। अर्को हाँगामा पनि तीन वटा कचौराहरू थिए। सामदानबाट निस्केका ती छ वटा हाँगा एउटै किसिमका थिए।
20सामदानमा हाड़े-बदामका फूलजस्ता चार वटा कचौरा, आफ्ना-आफ्नै कोपिला र फूलसमेत थिए।
21सामदानबाट निस्केका छ वटा हाँगामध्ये पहिलो जोड़ी हाँगामुनि एउटा कोपिलो, दोस्रो जोड़ी हाँगामुनि दोस्रो कोपिलो, र तेस्रो जोड़ी हाँगामुनि तेस्रो कोपिलो थिए।
22सामदान, त्यसका कोपिला र हाँगाहरू निखुर सुनको एउटै टुक्राबाट ढालिएका थिए।
23तिनले त्यसका सात वटा दियाहरू र त्यसका सलेदोका चिम्टा र त्यसका मोसोदानी निखुर सुनका बनाए।
24तिनले सामदान र त्यसका सबै पात्रहरू एक तोड़ा
25तिनले बबुल काठको धूप-वेदी बनाए। त्यसको लमाइ एक हात र चौड़ाइ एक हातको थियो। त्यो वर्गाकार थियो, र त्यसको उचाइ दुई हातको थियो। त्यसका सीङहरू त्यही एउटै टुक्रा काठकै थिए।
26तिनले त्यसका माथिल्लो र चारैतिरका पाटाहरू त्यसका सीङहरूसमेत निखुर सुनले मोहोरे, र त्यसको निम्ति वरिपरि सुनको एउटा बिट बनाए।
27त्यो बोक्ने डन्डाहरूका निम्ति घर हुनलाई तिनले त्यसको बिटमुनि वेदीका दुवै पाटामा सुनका दुई वटा मुन्द्रा बनाएर त्यसका दुईतिर लगाए।
28डन्डाहरू बबुल काठका बनाएर ती तिनले सुनले मोहोरे।
29तिनले अभिषेक गर्ने पवित्र तेल र अत्तर बनाउनेले जस्तै सुगन्धित शुद्ध धूप बनाए।