1जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए।
2अनि स्वर्गबाट अचानक ठूलो बतासको झोक्काजस्तै एउटा आवाज आयो, र तिनीहरू बसेको पूरा घरै भरिदियो।
3आगोका जिब्राहरूजस्ता तिनीहरूकहाँ देखा परे, र भाग-भाग भएर तिनीहरू हरेकमाथि बसे।
4अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारणबमोजिम तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे।
5स्वर्गमुनि भएको हरेक देशबाट ईश्वरभक्त यहूदीहरू त्यस बेला यरूशलेममा बसेका थिए।
6तब यो आवाज सुनेर भीड जम्मा भयो। तिनीहरू आश्चर्यचकित भए, किनकि हरेकले आ-आफ्ना भाषामा तिनीहरू बोलिरहेका सुन्यो।
7तिनीहरू सबै आश्चर्यचकित भए, र अचम्म मानेर भन्न लागे, “के यी बोल्नेहरू सबै गालीलीहरू होइनन् र?
8त कसरी तिनीहरू हरेकले हाम्रा आफ्ना मातृभाषामा बोलेको हामी सुन्छौं?
9हामीहरू यहाँ पार्थीहरू, मादीहरू र एलामीहरू, र मेसोपोटामियाका, यहूदियाका, कापाडोकियाका, पोन्टस र एशियाका बासिन्दाहरू छौं।
10अनि फ्रिगिया, पामफिलिया, मिश्र र कुरेनीमा पर्ने लिबियाका कतिपय क्षेत्रहरू र रोमबाट आएका यहूदी र यहूदी मत मान्नेहरू दुवै छौं,
11क्रेटका बासिन्दाहरू र अरबीहरू पनि छौं, अनि हामी आ-आफ्ना भाषामा परमेश्वरका महान् कार्यहरूको चर्चा तिनीहरूले गरिरहेका सुन्दैछौं।”
12तिनीहरू सबै आश्चर्यचकित भए र अन्योलमा परेर एउटाले अर्कालाई यसो भन्न लागे, “यसको अर्थ के हो?”
13तर अरूहरूले हाँसो गरेर भने, “तिनीहरू नयाँ मद्यले मातेका छन्।”
14तर पत्रुसले एघार जनासँग खड़ा भएर उच्च सोरमा तिनीहरूलाई भने, “यहूदियाका मानिस हो, र यरूशलेमका जम्मै बासिन्दाहरू, तपाईंहरूलाई यो कुरा थाहा होस्, र मेरा कुरा सुन्नुहोस्।
15किनभने तपाईंहरूले ठान्नुभएझैँ यिनीहरू मातेका छैनन्, किनकि अहिले बिहानको नौ मात्र बजेको छ।
16तर योएल अगमवक्ताद्वारा भनिएको कुरा यही हो,
17
18
19
20
21
22“इस्राएलका मानिस हो, यी कुरा सुन्नुहोस्, नासरतका येशू यस्ता व्यक्ति हुनुहुन्थ्यो, जसलाई परमेश्वरले शक्तिशाली कामहरू, अचम्मका कामहरू र चिन्हहरूद्वारा तपाईंहरूका सामुन्ने प्रमाणित गर्नुभयो। तपाईंहरूलाई थाहै छ कि परमेश्वरले तपाईंहरूका बीचमा यी कामहरू उहाँद्वारा गर्नुभएको हो।
23परमेश्वरले ठहराउनुभएको निश्चित योजना र पूर्वज्ञानअनुसार पक्राउ पर्नुभएको यिनै येशूलाई अधर्मी मानिसहरूका हातद्वारा तपाईंहरूले क्रूसमा टाँगेर मार्नुभयो।
24उहाँलाई परमेश्वरले मृत्युको पीडाबाट छुटकारा दिएर जीवित पार्नुभयो। किनकि मृत्युको अधीनमा उहाँ भइरहनु असम्भव थियो,
25किनकि दाऊदले उहाँको विषयमा भन्दछन्,
26
27
28
29“भाइ हो, हाम्रा पुर्खा दाऊदको विषयमा म तपाईंहरूलाई निश्चयतासाथ भन्न सक्छु, कि उनी मरे र गाडिए, अनि आजको दिनसम्म उनको चिहान छँदैछ।
30यसकारण एक अगमवक्ता भएका हुनाले, उनले जान्दथिए कि परमेश्वरले शपथ खानुभएको थियो कि उनकै सन्तानबाट उनको सिंहासनमा एक जनालाई परमेश्वरले बसाल्नुहुनेछ।
31अघिबाटै यो देखेर उनले ख्रीष्टको पुनरुत्थानको विषयमा भने कि उहाँ न पातालमा छोडिनुभयो, न त उहाँको शरीर नै कुह्यो।
32यिनै येशूलाई परमेश्वरले जीवित पार्नुभयो। यस कुराका हामी सबै साक्षी छौं।
33यसैकारण परमेश्वरको दाहिने बाहुलीपट्टि उहाँ उच्च पारिनुभयो, र पिताबाट पवित्र आत्माको प्रतिज्ञा पाउनुभयो, र उहाँले यो खन्याइदिनुभएको हो, जे तपाईंहरू देख्नु र सुन्नुहुन्छ।
34किनकि दाऊद त स्वर्गमा चढ़ेनन्, तर उनी आफैले भन्दछन्,
35
36“त्यसैकारण इस्राएलको सारा परिवारले यो पक्का गरी जानोस्, कि येशू, जसलाई तपाईंहरूले क्रूसमा टाँग्नुभयो, परमेश्वरले उहाँलाई प्रभु र ख्रीष्ट बनाउनुभयो।”
37यो कुरा सुनेर तिनीहरूको हृदय छियाछिया भयो, अनि पत्रुस र अरू प्रेरितहरूलाई तिनीहरूले भने, “ए भाइ हो, हामीले के गर्ने?”
38पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ।
39किनकि प्रतिज्ञा तिमीहरूका निम्ति, तिमीहरूका सन्तानको निम्ति र टाढ़ा-टाढ़ामा रहेका सबैका निम्ति हो, प्रत्येक जसलाई प्रभु हाम्रा परमेश्वरले बोलाउनुहुन्छ।”
40अरू धेरै कुराहरूद्वारा उनले तिनीहरूलाई गवाही दिए, र यसो भनेर अर्ती दिए, “यस दुष्ट पुस्ताबाट तिमीहरूले आफैलाई बचाओ।”
41तब जस-जसले उनको कुरा ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए, र त्यसै दिन प्राय: तीन हजार मानिसहरू तिनीहरूको संख्यामा थपिए।
42तिनीहरू प्रेरितहरूका शिक्षा, सङ्गति र रोटी भाँच्न र प्रार्थनामा भक्तिसाथ लागिरहन्थे।
43हरेकको हृदयमा भय उत्पन्न भयो, र प्रेरितहरूद्वारा धेरै अचम्मका काम र चिन्हहरू भए।
44विश्वास गर्नेहरू जति सबै एकसाथ बस्थे, र तिनीहरूका सबै थोक साझा थिए।
45तिनीहरूले आफ्ना सम्पत्ति र मालमत्ता बेचिकन जस-जसलाई जे-जे कुराको खाँचो पर्थ्यो सबैलाई ती बाँड़िदिन्थे।
46तिनीहरू एकै मनका भई मन्दिरमा एकसाथ उपस्थित हुन्थे, र घर-घरमा रोटी भाँच्थे, र तिनीहरू खुशी र शुद्ध हृदयले मिलीजुली खान्थे,
47र परमेश्वरको प्रशंसा गर्दै, र सबै मानिसहरूबाट शुभेच्छा पाउँदै बस्थे। उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरूको संख्यामा थपिदिनुहुन्थ्यो।