1शाऊल प्रभुका चेलाहरूका विरुद्धमा अझ पनि धम्की र हत्याको धुनमा प्रधान पूजाहारीकहाँ गए,
2र तिनले त्यस मार्गका पुरुष होस् वा स्त्री, जसलाई फेला पारे पनि तिनीहरूलाई बाँधेर यरूशलेममा ल्याउन पाऊँ भनी दमस्कसका सभाघरहरूको नाउँमा पुर्जी मागे।
3जब शाऊल यात्रा गर्दै दमस्कसको नजिक पुगे, अचानक स्वर्गबाट एउटा ज्योति तिनको वरिपरि चम्क्यो।
4तिनी भूइँमा लोटे, र तिनले यसो भन्ने सोर सुने,
5तिनले भने, “प्रभु, तपाईं को हुनुहुन्छ?”
6
7तिनको साथमा जाने मानिसहरूले सोरचाहिँ सुने, तर कसैलाई नदेख्दा अवाक भई उभिरहे।
8तब शाऊल भूइँबाट उठे र आँखा खोल्दा तिनले केही पनि देखेनन्, र तिनीहरूले तिनका हात समाती डोर्याएर तिनलाई दमस्कसमा ल्याए।
9अनि तीन दिनसम्म तिनी नदेख्ने भए, र न त खाना खाए न पानी पिए।
10दमस्कसमा हननिया नाउँ भएका एक जना चेला थिए। तिनलाई प्रभुले दर्शनमा भन्नुभयो, “ए हननिया।”
11तब प्रभुले तिनलाई भन्नुभयो,
12
13तर हननियाले भने, “प्रभु, यी मानिसले यरूशलेममा तपाईंका सन्तानहरूलाई कत्ति धेरै खराबी गरेका छन्, सो मैले धेरै जनाबाट सुनेको छु।
14यहाँ पनि तपाईंको नाउँ लिने सबैलाई बाँध्ने अधिकार मुख्य पूजाहारीहरूबाट तिनले पाएका छन्।”
15तर प्रभुले तिनलाई भन्नुभयो,
16
17तब हननिया गएर त्यस घरभित्र पसे, र तिनीमाथि आफ्ना हात राखेर भने, “भाइ शाऊल, जुन प्रभु येशू तिमी आइरहेको बाटोमा तिमीकहाँ देखा पर्नुभएको थियो, उहाँले नै तिमीले दृष्टि पाऊ र तिमी पवित्र आत्माले भरिपूर्ण होऊ भनी मलाई पठाउनुभएको छ।”
18तुरुन्तै तिनका आँखाबाट पाप्राजस्ता केही खसे, र तिनले फेरि दृष्टि पाए। तब तिनी उठे र बप्तिस्मा लिए,
19अनि भोजन खाएर तिनले बल पाए।
20अनि तुरुन्तै तिनले सभाघरहरूमा येशूको घोषणा यसरी गरे, “उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ।”
21तब सुन्नेहरू जति सबैले अचम्म मानेर भने, “यो नाउँ लिने जतिलाई यरूशलेममा संहार गर्ने र यहाँ पनि तिनीहरूलाई बाँधेर मुख्य पूजाहारीहरूकहाँ लैजाने अभिप्रायले आउने यही होइन र?”
22तर शाऊल अझ बढ़ी शक्तिशाली हुँदैगए, र येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने प्रमाण दिएर दमस्कसमा रहने यहूदीहरूलाई अकमक्क पारिदिए।
23अनि धेरै दिन बितेपछि यहूदीहरूले तिनलाई मार्ने षड्यन्त्र रचे।
24तर तिनीहरूको षड्यन्त्र शाऊललाई थाहा भयो। उनीहरू तिनलाई मार्न रातदिन सहरका ढोकाहरूमा ढुकेर बस्थे।
25तर तिनका चेलाहरूले तिनलाई राती नै डालोमा हाली पर्खालबाट ओह्रालिदिए।
26तिनी यरूशलेममा आएपछि तिनले चेलाहरूसँग मिल्ने प्रयत्न गरे। तर तिनीहरूलाई उनी चेला हुन् भन्ने पत्यार नहुँदा सबै तिनीसँग डराए।
27तर बारनाबासले तिनलाई साथमा लिएर प्रेरितहरूकहाँ लगे। अनि शाऊलले प्रभुलाई बाटोमा देखेका र प्रभु तिनीसँग बोल्नुभएको र तिनले दमस्कसमा साहससित येशूको नाउँमा प्रचार गरेका कुरा तिनीहरूलाई बताइदिए।
28शाऊल यरूशलेममा तिनीहरूसँगसँगै खुल्लमखुल्ला हिँड्न थाले, र साहससित प्रभुको नाउँमा प्रचार गर्न लागे,
29अनि तिनी ग्रीक-यहूदीहरूसँग वाद-विवाद गर्थे, तर उनीहरूले तिनलाई मार्न खोज्थे।
30तर यो थाहा पाएर भाइहरूले तिनलाई कैसरियामा ल्याए र त्यहाँबाट तिनलाई टार्ससमा पठाइदिए।
31त्यसरी सारा यहूदिया, गालील र सामरियाभरि मण्डलीमा शान्ति भयो र मण्डली सुदृढ़ भयो। प्रभुको भयमा हिँड्दै र पवित्र आत्माको सान्त्वना पाएर मण्डलीमा वृद्धि हुँदैगयो।
32पत्रुस यताउता सबै ठाउँमा यात्रा गर्दै लुड्डामा भएका सन्तहरूकहाँ पनि आइपुगे।
33तिनले त्यहाँ एनियास नाउँको कोही एक जना मानिसलाई भेट्टाए, जो आठ वर्षदेखि पक्षाघातको रोगले ओछ्यानमा पड़िरहेको थियो।
34पत्रुसले त्यसलाई भने, “ए एनियास, येशू ख्रीष्टले तिमीलाई निको पार्नुहुन्छ। उठ, र तिम्रो ओछ्यान मिलाऊ।” अनि त्यो तुरुन्तै उठिहाल्यो।
35लुड्डा र शारोनमा बस्ने जति सबै जनाले त्यसलाई देखेर प्रभुतिर फर्के।
36योप्पा नगरमा तबीता, अर्थात् डोरकास (हरिणी) भन्ने एउटी शिष्य थिइन्। तिनी असल काम गर्न र दान दिनमा लागिरहन्थिन्।
37ती दिनमा तिनी बिरामी भइन् र तिनको मृत्यु भयो, र मानिसहरूले नुहाइदिएर तिनलाई माथिल्लो तलाको एउटा कोठामा राखे।
38लुड्डा योप्पाको नजिक भएको हुनाले, चेलाहरूले पत्रुस त्यहाँ छन् भन्ने सुनेर तिनीकहाँ दुई जना मानिसलाई यस्तो बिन्ती गर्न पठाए, “हामीकहाँ ढिलो नगरी आउनुहोस्।”
39तब पत्रुस उठेर तिनीहरूसँग गए। त्यहाँ पुगेपछि तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे। विधवाहरू सबै तिनको नजिक उभिएर रुन लागे, र डोरकास तिनीहरूसँग हुँदा तिनले बनाइराखेका पोशाक र अरू वस्त्रहरू देखाए।
40तर पत्रुसले तिनीहरू सबैलाई बाहिर पठाएर घुँड़ा टेके अनि प्रार्थना गरे, र त्यस लाशतिर फर्केर भने, “तबीता, उठ!” अनि तिनले आँखा उघारिन्, र पत्रुसलाई देखी उठेर बसिन्।
41उनले तिनलाई आफ्ना हातले समाती जुरुक्कै उठाए, अनि सन्तहरू र विधवाहरूलाई बोलाएर तिनलाई जीवित प्रस्तुत गरे।
42अब यो कुरा सारा योप्पाभरि जाहेर भयो, र धेरैले प्रभुमा विश्वास गरे।
43अनि तिनी निकै दिनसम्म एक जना सिमोन भन्ने चर्मकारसँग योप्पामा बसे।