भजनसंग्रह 1:1-6 NNRV2012 - Bible AI

1धन्‍य हो त्‍यो मानिस, जो दुष्‍टहरूको सल्‍लाहमा हिँड्‌दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्‍ला गर्नेहरूको सङ्गतमा बस्‍दैन।

2तर परमप्रभुको व्‍यवस्‍थामा नै त्‍यो खुशी रहन्‍छ, र त्‍यसले दिनरात उहाँकै व्‍यवस्‍थामा मनन गर्छ।

3त्‍यो खोलाको किनारमा रोपेको बोटजस्‍तै हुन्‍छ, जसले आफ्‍नो ऋतुमा फल दिन्‍छ, अनि जसको पात कहिल्‍यै ओइलाउँदैन। त्‍यसले जे पनि गर्छ, त्‍यसमा त्‍यो सफल हुन्‍छ।

4दुष्‍टहरू त्‍यस्‍ता हुँदैनन्‌! तिनीहरू बतासले उड़ाएर लैजाने भुसजस्‍तै हुन्‍छन्‌।

5यसकारण दुष्‍टहरू न्‍यायको दिनमा टिक्‍नेछैनन्‌, र पापीहरूले धर्मीहरूको सभामा स्‍थान पाउनेछैनन्‌।

6किनकि परमप्रभुले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्‍छ, तर दुष्‍टहरूको मार्ग नष्‍ट हुनेछ।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
/div>