1हे सारा पृथ्वीका मानिस हो, परमप्रभुको जयजयकार मनाओ।
2आनन्दसाथ परमप्रभुको आराधना गर, हर्षका गीत गाउँदै उहाँको सामुन्ने आओ।
3परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान। उहाँले नै हामीलाई बनाउनुभयो, र हामी उहाँकै हौं, हामी उहाँका प्रजा र उहाँको खर्कका भेड़ाहरू हौं।
4उहाँको भवनका द्वारहरूभित्र धन्यवादसाथ पस, र प्रशंसा गर्दै उहाँको मन्दिरमा प्रवेश गर। उहाँलाई धन्यवाद चढ़ाओ, र उहाँका नाउँको प्रशंसा गर।
5किनभने परमप्रभु भला हुनुहुन्छ, र उहाँको करुणा सदाकाल रहन्छ। ⓑ उहाँको विश्वसनीयता पुस्तादेखि पुस्तासम्म रही नै रहन्छ।