भजनसंग्रह 108:1-13 NNRV2012 - Bible AI

1सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन [1] हे परमेश्‍वर, मेरो हृदय स्‍थिर छ, म गाउनेछु, र मेरो सम्‍पूर्ण प्राणले म राग बजाउनेछु।

2हे वीणा र सारङ्गी, जागा होओ! म प्रभातलाई जगाउनेछु।

3हे परमप्रभु, जातिहरूका बीचमा म तपाईंको प्रशंसा गाउनेछु, मानिसहरूका बीचमा म तपाईंको विषयमा गाउनेछु।

4किनकि तपाईंको करुणा महान्‌ छ, स्‍वर्गभन्‍दा पनि उच्‍च छ, र तपाईंको विश्‍वसनीयताले आकाशै छुन्‍छ।

5हे परमेश्‍वर, तपाईं स्‍वर्गभन्‍दा पनि उच्‍च हुनुहोस्‌, तपाईंको महिमा सारा पृथ्‍वीभरि व्‍याप्‍त होस्‌।

6तपाईंको दाहिने बाहुलीले हामीलाई बचाउनुहोस्‌ र मदत गर्नुहोस्‌, र तपाईंले प्रेम गर्नुभएकाहरूले छुटकारा पाऊन्‌।

7परमेश्‍वरले आफ्‍नो पवित्रस्‍थानबाट भन्‍नुभएको छ, “विजयमा शकेमलाई विभाजन गर्नेछु, र सुक्‍कोतका बेँसी नापेर छुट्ट्याउनेछु।

8गिलाद मेरो हो, र मनश्‍शे पनि मेरै हो, एफ्राइम मेरो टोप हो, यहूदा मेरो राजदण्‍ड हो।

9मोआब मेरो पानीको बाटा हो, एदोममाथि म आफ्‍नो जुत्ता फाल्‍छु। पलिश्‍तमाथि म विजयसाथ कराउँछु।”

10कसले मलाई किल्‍ला भएको सहरमा पुर्‍याइदेला? एदोमसम्‍म मलाई कसले डोर्‍याउला?

11हे परमेश्‍वर, तपाईं नै होइन, जसले हामीलाई त्‍याग्‍नुभएको छ, र अब हाम्रा सेनाहरूका साथमा जानुहुन्‍न?

12शत्रुहरूका विरुद्धमा हामीलाई सहायता गर्नुहोस्‌, किनकि मानिसको सहायता त व्‍यर्थको हुन्‍छ।

13परमेश्‍वरद्वारा हामी विजय प्राप्‍त गर्नेछौं, र उहाँले हाम्रा शत्रुहरूलाई कुल्‍चनुहुनेछ।

e>