1दाऊदको भजन [1] परमप्रभुले मेरा प्रभुलाई भन्नुहुन्छ, ⓩ ⓐ “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्याउँदिनँ।”
2परमप्रभुले सियोनबाट तपाईंको शक्तिशाली राजदण्डको विस्तार गर्नुहुनेछ, तपाईंका शत्रुहरूमाथि तपाईंले शासन गर्नुहुनेछ।
3तपाईंका युद्धको दिनमा तपाईंका प्रजाले स्वेच्छासाथ आफू-आफूलाई दिइहाल्नेछन्। तपाईं पवित्रताको वैभवमा सुशोभित भई, प्रभातको गर्भबाट तपाईंका जवानहरूको ओसलाई तपाईंले प्राप्त गर्नुहुनेछ।
4परमप्रभुले शपथ खानुभएको छ, ⓑ र आफ्नो मन बदल्नुहुनेछैन, “मल्कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्ति पूजाहारी हौ।”
5परमप्रभु तपाईंको दाहिने हाततर्फ हुनुहुन्छ, उहाँले आफ्नो क्रोधको दिनमा राजाहरूलाई चकनाचुर गर्नुहुनेछ।
6उहाँले लाशको थुप्रो लगाएर जाति-जातिहरूको न्याय गर्नुहुनेछ, अनि सारा पृथ्वीका शासकहरूलाई चकनाचूर पार्नुहुनेछ।
7उहाँले बाटोका छेउको खोलाको पानी पिउनुहुनेछ, त्यसकारण उहाँले आफ्नो शिर उच्च पार्नुहुनेछ।