भजनसंग्रह 113:1-9 NNRV2012 - Bible AI

1परमप्रभुको प्रशंसा गर। हे परमप्रभुका सेवक हो, प्रशंसा गर। परमप्रभुका नाउँको प्रशंसा गर।

2परमप्रभुका नाउँको अहिलेदेखि लिएर सदासर्वदासम्‍मै प्रशंसा भइरहोस्‌!

3सूर्योदयदेखि सूर्यास्‍तसम्‍मै परमप्रभुको नाउँको प्रशंसा हुनुपर्दछ।

4परमप्रभु सबै जाति-जातिहरूमा उच्‍च हुनुहुन्‍छ, र उहाँको महिमा स्‍वर्गभन्‍दा उच्‍च छ।

5परमप्रभु हाम्रा परमेश्‍वरको समान को छ र? उहाँ, जो उच्‍च स्‍थानमा विराजमान हुनुहुन्‍छ,

6जो आकाश र पृथ्‍वीमाथि दृष्‍टि गर्न निहुरनुहुन्‍छ।

7कङ्गालीहरूलाई खरानीको थुप्रोबाट उहाँले उठाउनुहुन्‍छ, र दरिद्रहरूलाई घुरानबाट उचाल्‍नुहुन्‍छ।

8उहाँले तिनीहरूलाई राजकुमारहरूसँग, र आफ्‍नै प्रजाका राजकुमारहरूका साथमा बसाल्‍नुहुन्‍छ।

9बाँझी स्‍त्रीलाई छोराछोरीका सुखी आमाको रूपमा स्‍थिर गरिदिनुहुन्‍छ। परमप्रभुको प्रशंसा गर।

>